के सारो हाउ …..??

शर्मिला खड्का दाहाल, (इटहरी, सङ्गीत चोक)

के सारो हाउ !’ यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयलेथेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ धरानका मानिसहरूको जनजिब्रोमा सजिलैझुण्डिने वाक्य हो यो । आफूलाई कुनै कुरा चित्र बुझेको छैन भने वा अलिक बढी नै लागेको छवा नकारात्मक भावना पोख्नु पर्यो भने अलिक स्ट्रेस दिएर यो वाक्य बोलिन्छ – ‘के सारोहाउ…।’

जब म घर पुग्छु साथीहरू सँगको भटघाटमा हराउँछु अनि यो ध्वनि श्रवण गर्न बाध्य हुन्छु ।
के सारो हाउ… फोनसोन पनि छैन । ‘के सारो हाउ…˜ माया मारेको ।’

मलाई भन्न मन लाग्छ ‘हो साथी जीवन सारो नै रहेछ । ओखर भन्दा पनि सारो । पीडाकोधनले जति हाने पनि नफोडि्ने, बरु कहिले उछि्टिएर धरान् इटहरी आइपुग्दो रहेछ फेरि कहिलेउता काठमाडौँ बजारिदो रहेछ । तर कहिले फुट्न सक्दोरहेनछ । जहिले पनि सारोको सारै ।शंकर लामिछानेले जीवनलाई कोमल प्याजको पत्रैपत्रमा तुलना गरेर गए । कसैले जीवनलाई केमातुलना गरे, कसैले के मा । तर म त जीवनलाई ओखरझैँ कडा देख्छु । यो कडा जीवनलेव्यवधान, हण्डर, पीडा सहँदा सहँदा पनि जस्ताको तस्तै छ । मेरो जीवनले यस्तै कडा चीजचपाइरहेको हुन्छ । कडा चीजले चपाइएको बस्तु पनि त स्वादिलै हुन्छ नि नरम चीजले चपाएरनिलेको भन्दा होइन र साथी – हो साथी  यही कडा जीवनले सारा विसँगति, विकृति,असत्यलाई स्वदिष्ट भोजनको रूपमा लिएर त्यसलाई पाचन र निर्मलीकरण गरेर अरुको जीवनलागि पौष्टिक तत्व सेचन गराउन तल्लीन छु म । त्यसैले म यही सारो जीवन मन पराउँछु । मयही सारो जीवनलाई कहिले नफुट्ने र नटुट्ने बनाउन चाहन्छु । तथापि कसैले कुनै बज्रले पनिमलाई टुटाउन सकून, फुटाउन नसकून ।

मेरो जीवन मात्र होइन साथी, हामी सबै नेपालीको जीवन सारो भएको छ – नरिवलको दानाबाँदरको हातमाझै । हामी नेपालीको जीवन जति नै बन्द , हडताल, लोडसेडिङ्ग, जाम रमहङ्गीको मारले हाने पनि नफुट्ने अनि हाम्रो नियत्तिचाहिँ बाँदरको हातमा नरिवलझै बनेको छ। ऊ नपालीको भाग्य फुटाउन खोज्छ तर सक्दैन । बरु नेपालीको भाग्य उछिटिएर कहिलेमरुभूमिको तातो हावा खान पुग्छ त कहिले युरोप अमेरिकाको चिसोमा कठङ्याग्रिन पुग्छ  अनिकहिले मुम्बईको कोठीमा पुग्छ ।  कहिलेकाही म अनलाइनको च्याटमा बसेको हुन्छु अनि विदेशमाबस्ने नेपालीहरूसँग कुरा गरेको हुन्छु । जब हजारौ नेपालीहरू आफनो देशलाई माया मारेरविदेशमा कामका लागि भौतारिएको थाहा पाउँछु अनि मेरो मन अत्यन्त मर्माहत बन्न पुग्छ ।देश, गाउँ, इष्टमित्र छोडेर विरानो देशमा अति हण्डर खाएर बाँच्नुपरेको नेपालीको भाग्य देखेरम अनायासै भन्न पुग्छु- ‘के सारो हाउ.. नेपालीको भाग्य ।’ त्यस्तै कहिले घरेलु कामदारकोरूपमा खाडी मुलुक गएका नेपाली नारीहरूको आर्तनाद सुन्दा मेरो मन सयौ मनको भारीलेथिचेजस्तो हुन्छ । त्यस्तै कहिले आफनो गाउँठाउँ, आफन्त र मायालुलाई छोडेर विदेशमामायालुको सम्झनाले तडपिएको आत्मा पढ्न पुग्छु अनि अनायासै मेरो मुखबाट निस्कन्छ – ‘केसारो हाउ…। ‘

नेपालीको भाग्य किन यति सारो भयो म मनन गर्न पुग्छु । वास्तवमा नेपालीको भाग्य कसरीयति सारो भयो – यसको पनि कुनै ऐतिहासिक कथा हुनु पर्छ । किनभने नेपालीको सबै कुरासारो छ सारो नभई केही हुनेवाला छैन । त्यसपछि म वैचारिक धर्मशास्त्र पल्टाउन पुगेँ म ।
त्यहाँ मैले एउटा यस्तो ऐतिहासिक कथा पाए जुन यसप्रकारको छ – धेरै समय अघिको कुरो हो। त्यस बेलाको कुरो हो । भगवान महादेव र पार्वती घुम्न भनेर युरोप र अमेरिका पुग्नुभएछ ।त्यहाको विकसित समाज देखेर छक्क परनु भएछ । प्रसन्न भएर त्यहाका मानिसलाई के वरमाग्छौ माग भन्नुभएछ । अनि उनीहरूले भनेछन् – ‘प्रभु हामीहरूसँग सबै कुरा भयो तर कामगर्ने कामदार भएनन् । हामीले अह्राउने खटाउने मान्छे पाएनौ । त्यसपछि महादेव भगवानलेभन्नुभएछ तिमीहरूको इच्छा पूरा हुनेछ । यति भनेर महादेव पार्वती र्फकनुभएछ । त्यसपछिमहादेव भगवान त्यस्तो मानिस कहाँ सिर्जना गर्न सकिन्छ भनेर देश विदेश घुम्न थाल्नु भएछ ।तर कतै उपर्युक्त ठाउ नभेटेपछि नेपाल आइपुग्नु भएछ । पक्कै पनि यो देशमा कामदार मानिससिर्जना गर्न सकिन्छ । त्यसपश्चात उहाँले बुद्धि खियाउनु भएछ । उहाँले उही ‘सारो’ शब्दक्षेप्यास्त्रको रूपमा सिर्जना गर्नु भएर नेपालमा प्रक्षेपण गर्नुभएछ । अब नेपालमा सबैकुरा सारो हुँदैगयो । र्सवप्रथम त्यो ‘सारो’ शब्दको विष्फोटबाट निस्किएको विकिरणले नेपालको भूगोल रहावापानीमा असर पारेछ । उत्तरतिर पहाडैपहाड बनउनु भएछ अनि दक्षिणतिर सम्मैसम्म ।पहाड पनि अन्त कतै नभएको ‘के सारो पहाड र हिमाल ‘ भनेझै बनेछन् । त्यसपश्चात’सारो’ शब्दले हावापानीलाई असर पारेछ । हावापानीमा ऋतु परिवर्तन हुदा उही सारो शब्दनभई अर्को ऋतु परिवर्तन नै नहुने भएछ । कसरी भने चिसो ऋतुमा चिसो वतासमात्र नभईशीतलहर र कठ्याङग्रिने चिसोले भुतुक्कै पार्दछ । अनि हामी भन्न पुग्छौ ‘के सारो चिसो ‘ ।यो सारो नभइ अर्को ऋतु परिवर्तन हुने कुनै छाट नै देखिदैन । त्यस्तै वसन्तमा हावा र हुरीलेउग्र रुप लिन्छ । चारैतिर हुण्डरीले ताण्डव नुत्य लिन्छ । धेरै ठाउँ आगलागि हुन्छ र सुख्खालेचारैतिर सन्त्रास फैलाउँछ अनि मात्र अर्को ऋतु बदलिन्छ । त्यस्तै गर्मीको प्रचण्ड रापलेहायलकामल पार्दछ । अनि हामी भन्न पुग्छौ ‘के सारो गर्मी, ‘ त्यस्तै ग्रीष्ममा वर्षाले चारैतिरसम्राज्य फैलाउँछ । यति मात्र होइन बाढी पहिरो र डुबानले उग्ररूप लिएपछि हामी भन्न पुग्छौ’के सारो पानी.. ,’ यसरी र्सवप्रथम सारो शब्दले हावापानीमा आक्रमण गयो  त्यसपश्चातनेपालको राजनीतिमा यसले हस्तक्षेप गर्‍यो । त्यो ‘सारो’ शब्दको क्षेपास्त्र भगवानले सिहदवारमाहान्नु भएछ राष्ट्रलाई सचालन गर्ने सिहदरवारमा त्यो शब्दको प्रभाव नेताहरूमा पर्न गएछ त्यसपछि सबै कुरा सारो हुँदै गएछ । त्यस समयसम्म नेपालमा राणा शासन सुरु भइसकेको थियो ।राणा शासकले आफनो शासनकाल यति निरंकुस बनाए कि उनीहरूले नेपालीकोजीवन ढुंगा जस्तो कडा र स्थिर बनाए । राणा शासनको अत्याचार नापी नसक्नुको भयो । अनिनेपालीहरू ‘के सारो हाउ…।’ भन्दै आन्दोलित बन्न पुगे । उनीहरू सारो फुटाउन एकजुट भए। । उनीहरूले त्यो विकिरणयुक्त , सारो फुटाए । अनि  पञ्चायती व्यवस्थालाई ल्याए ।पञ्चायती व्यवस्थालाई  पनि सिहदरवार छिरेपछि उही सारोले आक्रमण गरी हाल्यो । पुनपञ्चायती व्यवस्था फेरि सारो बन्न पुग्यो । यसले नेपाली हक अधिकार बाधिदियो । तानाशाहीप्रवृत्तिमा देश चल्न थाल्यो । भष्ट्रचार  र कमिशनखोरले देशलाई थाङ्थिलो पारे ।  फेरिनेपालीहरू ‘के सारो हाउ..’ भन्दै एक जुट हुन थाले । सारो फुटाउन नेपाली जनताहरूलेकसैले हतियार उठाए, कसैले कलम उठाए, कसैले औजार उठाए । केही नहुनेले आवाज उठाए ।अनि बहुदल व्यवस्था ल्याए ।  पुन: सारो लाई पन्छाएर केही नरम बन्न थाले नेपाली जनता ।तर त्यो नरम फलामझैँ तातिदा नरम हुने मात्र थियो । बहुदलीय व्यवस्थाले नेपाली जनतालाईफलामझैँ सारो बनाइदिए । तातिने जति नरम हुन्थे अनि जता मोडेयो उतै मोडिन्थे |नतातिनेहरूको जीवन फलामझैँ कडा बन्यो । सिहदरवार छिरेको बहुदल व्यवस्थालाई पनि सारोलेआक्रमण गरिहाल्यो ।

राजनैतिक अस्थिरता, जनयुद्धको मारले नेपाली जनताको जीवन फेरिकडा बन्यो । धेरै जनताकोरगत होली बनेर बग्यो । अब फेरि के सारो भन्दै जनता जुर्मुराए शान्तिको लागि । नेपालीजनताको भाग्यभन्दा धेरै टाढा थियो, शान्ति , सुव्यवस्था र सुख । अब धेरै नेपालीहरू  युरोपअमेरिका र धेरै जसो अरब  गइसकेका थिए । अझ जाने क्रम छ । अहिले नेपालीको जीवनकोप्रत्येक पलपल उही ‘सारो’ ले आक्रमण गरिरहेको छ ।

के सारो महङ्गी हाउ…,’ ,

के सारो , लोडसेडिङ्ग हाउ…।’

के सारो विकृति र विसँगति, अनि के सारो बिग्रेको राजनीति ।’

‘के सारो अशान्ति…।,’

आज प्रत्येक नेपालीको मानसिकतामा विदेशमा कामदार भएर बाँच्ने सोचाइ प्रत्येक दिन उम्रिरहेकोछ ।

मलाई भन्न मन लाग्छ  । यो कथा सत्य नहोस् । भए पनि शिवजीले यो सराप फिर्ता लिउन रनेपाली जनताले विदेशको भूमिमा छातीभरि देशको माया, परिवारको माया बोकेर बाँच्न नपरोस्। सिहदरवार छिरेको ‘सारो’ क्षेप्यास्त्र शिवजीको जटामा जाउन् र नेपालीले सुख र शान्तिलेबाँच्न पाउन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: