आजबाट बडा दशैं सुरु


आजबाट हिन्दु नेपालीहरूको महान् चाड बडा दसैं सुरुभएको छ । असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमा सम्म दुर्गा भवानीको पूजा आराधना गरी दसैं मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ ।

आ–आफ्ना घरको पूजाकोठा तथा दसैंघरमा विधिपूर्वक दियो, कलस र गणेशको पूजासहित माटोको घडामा गाईको गोबर टा“सी जौ र मकै रोपेर घटस्थापना गर्ने चलन छ । विजया दसमीका दिन मान्यजनबाट टीका ग्रहण गर्दा समृद्धिको प्रतीक पहे“लो जमरा प्रयोग गरिन्छ । आज राखेको जमरा दसमीमा मान्यजनको हातबाट लगाइन्छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने दसैं पर्वमा आजबाट नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैं घरमा पूजाअर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । तराईका विभिन्न ठाउ“मा मधेसी ममुदायले दुर्गा पूजा एवम् नवरात्री पूजा गरेर यो पर्व धुमधामका साथ मनाउ“दैछन् । विजया दसमीका अवसरमा धनुषाको जनकपुरधामस्थित राजदेवी, सप्तरीको छिन्नमस्ता, शक्रेश्वरी र कंकाल्नी, सिरहाको मिर्चैयास्थित दुर्गा मन्दिर, वीरगञ्जको माइस्थान मन्दिर, नेपालगन्जको बागेश्वरी मन्दिरका साथै विभिन्न शक्तिपीठहरूमा आज विहानैदेखि पूजा पाठ सुरुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: