डिजिटल प्रविधिसँगै धराशयी बन्यो नेपाली संगीत बजार

 

कुनै बेला त्यस्तो पनि थियो एउटा गीति एल्बम बेचेरै लाखौं आम्दानी हृुने गथ्र्यो । हरेकका घरमा चलेका गायक गायिकाका एल्बम संकलन गरेर राखिएको हुन्थ्यो । तर समय अहिले त्यस्तो रहेन । यहि संगीत बजारमा ३ लाख क्यासेट विक्रि गरेर म्यूजिक नेपालको रेकर्ड तोडेका रामकृष्ण ढकाल अहिले निरन्तरताका लागि मात्रै एल्बम निकाल्छन् । आशिर्वाद, आशा जस्ता एल्बम बेचेरै आफ्नो आर्थिक हैसियतमा नाटकिय परिवर्तन गरेका ढकाल समेत यतिबेला एल्बम निकाल्नु अघि १० पटक सोच्न थालेका छन् । प्रबिधिको बिकासले एल्वमको महत्व कम भएकाले गायक गायिका मर्कामा परेका हुन् । अचम्मलाग्दो कुरा त बजार छैन, लगानी उठ्दैन भन्ने थाहा हुँदाहँुदै पनि गायक गायिकाका एल्बम बजारमा आउने क्रम भने बढिरहेको छ ।

साताको दर्जनका हाराहारीमा एल्बम सार्वजनिक भईरहेका छन् । यद्यपी अधिकांशले एल्बम बेचेकै भरमा लगानीको एक चौथाई पनि उठाउन सकेका छैनन् । च्याउ जस्तै बजारमा नयाँ एल्बम किन भित्रिएका होलान् ? यसका धेरै पक्ष छन्,, यसको लेखाजोखा अहिलेको आवश्यकता हो । सरोकारवाला निकाय र गीत गाएर ऋणमा डुब्नेहरु नै यो मुद्दामा उदाशिन बनेपछि सागरमा हराएको जहाज जस्तो बनेको छ, नेपाली संगीत बजार । गायक भरत सिटौला कलाकारीतालाई पेशाका रुपमा टिकाउन नसकेर दर्जनौ संगीतकर्मी विदेशिएका बेला बैदेशिक रोजगारीबाट फर्कनेहरु चाहि शौखमा एल्बम निकालेर संगितको भिडमा हराउन थालेका छन् । जसलाई आजभोलि लाहुरे सिंगरका रुपमा चिनिन्छ । पैसा भएपछि गायक बन्न सकिन्छ भन्ने मान्यता बिकास भएको अहिलेको परिप्रेक्ष्यमा बैदेशिक रोजगारबाट फर्केकालाई शौख पूरा गर्ने सजिलो माध्यम बनेको छ, एल्वम निकाल्ने काम । गीत राम्रो भए एक दुई दिन संचारमाध्यममा बज्छन्, त्यसैमा दङ्ग प¥यो, नभए गायकको पगरी आफै गुथ्यो अनि गजक्क बन्नु बाहेक हातलाग्यो शुन्य ।

दर्शक–स्रोताको संख्या घटेर संगीत बजार ओरालो लागेको पक्कै होइन, प्रविधिको छलाङ्गलाई नियमन र अनुगमन गर्ने संयन्त्र नभएकैले सर्जकका दिनदशा सुरु भएका हुन् । एल्बम र सिडीलाई सानो चिप्स र मेमोरीकार्डले विस्थापित गरेपछि एल्बमको विक्रि न्यून भएको हो । डिजिटल बजारलाई नियमन गर्न नसक्दा हात–हातमा ब्लुटुथका माध्यमबाट सयौं गीत सजिलै सयर गरिरहेका छन् । पैसा तिरेर गीत सुन्ने जमाना कुनै बेला थियो तर अब त्यो इतिहास बनेको छ । एउटा एल्बम निकाल्दा ३ देखि दशौं लाखसम्म खर्च हुन्छ तर खै त यसको प्रतिफल ? त्यसैले त दिनदिनै नयाँ गायक गायिका यो भिडमा देखा पर्छन्, हराउनकै लागि । कसैले पत्तै नपाउने गरि गुमनाम बन्छ, उनीहरुको एल्बम पनि । हिजो घर घरमा क्यासेट संकलन गर्नेहरु अहिले ब्लुटुथ र कम्प्युटरको डिभाईसबाट हात–हातमा रहेका सेल फोनमा सयौं गीतहरु संकलन गर्न थालेपछि गीत गाएर बाच्न खोज्नेहरुको गास खोसिएको छ । सर्जक मात्रै होइन यो बजारमा स्थापित दर्जनौ म्युजिक कम्पनीसमेत डुबेका छन् । कुनै बेला संगीत बजारमा राज गर्ने सान्तना रेकर्डिङ, ताल म्यूजिक, हिमालय अडियो हाउसजस्ता दर्जनौ म्यूजिक कम्पनी बन्द भईसकेका छन् । संगीत बजारमा आएको यो कहालीलाग्दो परिदृष्यले सहजै अनुमान गर्न सकिन्छ, बाँकी रहेका अन्य कम्पनीको भविष्य पनि राम्रो छैन । गीत गाएरै नाम र दाम कमाएका कर्णदास, यमबराल, संजिव प्रधान, जगदिश समाल, दिपेश किशोर भट्टराई, राजु लामा लगायत अन्य दर्जनौं नाम चलेका गायक विदेश पलायन भएका छन् । पलायनका कथा थपिदो छ । डिजिटल प्रबिधिलाई सर्जकको फाइदासंग जोडन नसक्ने हो भने रहर र शोखले चल्ने संगीत बजार कहिले सम्म धानिएला र ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: