सरकारलाई माओवादीबाटै दिनगन्तीको चेतावनी

नेपाल समाचारपत्र (काठमाडौं) एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टर्राईको नेतृत्वमा सरकार बनेको एक हप्ता नबित्दै माओवादी लडाकूका हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयाई लिएर माओवादी उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा सडक आन्दोलन प्रारम्भ भएको छ।

– भट्टर्राई सरकारविरुद्ध माओवादी वैद्य पक्षद्वारा चक्काजाम र
मसाल प्रदर्शन
– वैद्यको पक्षमा नलाग्न अध्यक्ष प्रचण्डको अपिल
– वैद्य पक्षद्वारा सरकारमा सहभागी नहुने धम्कीपछि शुक्रबार पनि मन्त्रिपरिषद् विस्तार भएन
– सरकारविरुद्ध उत्रिएका माओवादी कार्यकर्ता पक्राउ

माओवादी लडाकूका हतियारको साँचो विशेष समितिलाई बुझाउने निर्णयो विरुद्ध उभिएका उपाध्यक्ष वैद्यलगायत ६ जना नेताले शुक्रबार समस्या समाधानका लागि बोलाइएको स्थायी समिति बैठक नै बहिष्कार गरिदिएका छन्। माओवादी नेताहरूले स्थायी समिति बैठक नै बहिष्कार गरेको यो पहिलो घटना हो।

सरकारविरुद्ध चक्काजाम र मसाल प्रदर्शन गरी पार्टीत्रकै एउटा सशक्त पक्षले विरोध प्रारम्भ गरेपछि प्रधानमन्त्री डा. भट्टर्राई शुरूमा नै अप्ठेरोमा पर्नुभएको छ। मधेसी मोर्चाको सहयोगमा प्रधानमन्त्री हुनुभएका डा. भट्टर्राईले पार्टीत्रकै विवाद र असहयोगका कारण मन्त्रिपरिषद् विस्तारसमेत गर्न सक्नुभएको छैन।

माओवादीभित्रको विवाद र असहयोगले गर्दा प्रधानमन्त्री डा. भट्टर्राईबाट मुलुकका लागि केही काम हुने आशा र अपेक्षा गरेका जनतामा छिट्टै निराशा उत्पन्न हुन थालेको छ। यद्यपि प्रधानमन्त्री डा. भट्टर्राईले शान्तिप्रक्रियालाई टुंग्याएरै छाड्ने अठोट र प्रतिबद्धतालाई पुनः दोहोर्याउनुभएको छ।

माओवादी उपाध्यक्ष वैद्यले सरकारविरुद्ध सडक आन्दोलन आ≈वान गरेर प्रेस विज्ञप्ति नै जारी गरेपछि पार्टीध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ ले त्यसलाई प्रतिवाद गर्नुभएको छ।
पार्टीनर्ण्र्ाावपरीत पार्टीपाध्यक्ष वैद्य पक्षधरहरू आन्दोलनमा उत्रिएपछि छलफल गर्न शुक्रबार बोलाइएको पार्टीथायी समिति बैठकमा समेत उपाध्यक्ष वैद्य पक्षधर ६ सदस्य अनुपस्थित रहेका थिए। बैठकमा उपाध्यक्ष वैद्य, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, सचिव सीपी गजुरेल, स्थायी समिति सदस्य देव गुरुङ र नेत्रविक्रम चन्द अनुपस्थित रहनुभएको प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो।

वैद्य समूहका स्थायी समिति सदस्य गुरुङले कसैसँग सल्लाह र तयारीबिना बोलाएको स्थायी समिति बैठकमा आफूहरू नगएको बताउनुभयो
उपाध्यक्ष वैद्य पक्ष अनुपस्थित भएपछि बैठक अनौपचारिक रूपमा बसेको थियो र अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरी पार्टींक्तिलाई निर्देशित गर्ने र वैद्य पक्षको आरोपको प्रतिवाद गर्ने सहमति भएको थियो।

ँविशेष समितिको निर्णयपार्टीे निर्णयवपरीत भन्दै उपाध्यक्ष वैद्यले र्सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेको कुराले पार्टीतब्ध भएको छ’, प्रचण्डले विज्ञप्तिमा भन्नुभएको छ- ँउपाध्यक्ष वैद्यद्वारा प्रकाशित वक्तव्य एवम् पार्टीद्धति र निर्णयवपरीतका क्रियाकलापबाट उत्तेजित नभई धर्ैय एवम् दृढतापर्ूवक आधिकारिक निर्णया पक्षमा कायम रहन सम्पर्ूण्ा पार्टीक्ति, जनमुक्ति सेना र आमजनसमुदायसित हार्दिक अपिल गर्दछौं।’

अध्यक्ष प्रचण्डले असार १० देखि साउन ९ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले शान्तिप्रक्रिया तथा संविधान निर्माणप्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउनेबारे गरेको र्सवसम्मत निर्णयो परिधिभित्र रही यही भाद्र ८ गतेको स्थायी समितिको बैठकले पाँचबुँदे प्रस्ताव एवम् प्रतिबद्धतासमेत र्सवसम्मत रूपमा र्सार्वजनिक गरेको स्मरण गराउँदै माओवादी सेनाका लडाकूहरूको समायोजन र पुनःस्थापनाबारे भन्ने बुँदामा ँमाओवादी नेतृत्वमा सरकार गठनलगत्तै लडाकू, हातहतियार र कन्टेनर मर्ूत रूपमा विशेष समितिलाई हस्तान्तरण गर्ने भन्ने निर्णयर्सवसम्मत भएको उल्लेख गर्नुभएको छ।’

अध्यक्ष प्रचण्डले पार्टीपाध्यक्ष भट्टर्राईको नेतृत्वमा सरकार गठन भइसकेपछि नेपाली जनतासामु प्रकट गरिएका प्रतिबद्धताहरूलाई सम्मान गर्नु जिम्मेवार पार्टीे दायित्व भएकाले यही भाद्र १४ गते विशेष समितिको बैठक बसी ँमाओवादी सेनाका लडाकूहरू, हतियार र कन्टेनरलाई मर्ूत रूपमा विशेष समिति मातहत ल्याउन विशेष समिति मातहतका सम्बन्धित शिविरहरूमा रहेका अनुगमन टोलीलाई २०६८ भाद्र १५ गते हस्तान्तरण गर्ने’ भनी गरिएको निर्णयपार्टीनर्ण्र्ाावपरीत नभएको तथ्य स्पष्ट नै भएको उल्लेख गर्नुभएको छ।

अध्यक्ष प्रचण्डको अपिलका बाबजुद शुक्रबार साँझ वैद्य पक्षले देशव्यापी रूपमा मसालजुलुस निकालेको छ। वैद्य पक्षीय नेता खड्गबहादुर विश्वकर्माले मसालजुलुस देशव्यापी रूपमा भव्यताका साथ सम्पन्न भएको जानकारी गराउनुभएको छ।
एकीकृत नेकपा -माओवादी), नेपाली कांग्रेस र नेकपा -एमाले) को तीन दलीय सहमतिअनुरूप माओवादी लडाकू रेखदेख, समायोजन तथा पुनर्स्थापना विशेष समितिले माओवादी लडाकूका हतियार रहेका कन्टेनरका साँचो विशेष समितिलाई बुझाउने निर्णयलिएपछि माओवादी उपाध्यक्ष वैद्य पक्ष भने माओवादी जनसेना भंग गर्ने आत्मर्समर्पणवादी नीति पार्टी लिएको भन्दै त्यसलाई असफल बनाउन भन्दै आन्दोलनमा उत्रिएको हो।
वैद्य पक्षका नेता नेत्रविक्रम चन्दले प्रधानमन्त्री भट्टर्राईले अहिलेको जस्तै निर्णयगर्दै गए उहाँको सरकारको दिनगन्ती शुरू हुने चेतावनी दिनुभएको छ।

जनसञ्चार अभियानमा शुक्रबार बोल्दै नेता चन्दले धोबीघाट बैठकको निर्णयनुरूप भट्टर्राई प्रधानमन्त्री हुनुभए पनि अहिले भट्टर्राईले जंघार तरेर लौरो बिर्सिएको जस्तो व्यवहार थाल्नुभएको टिप्पणी गर्नुभयो। नेता चन्दले अध्यक्ष प्रचण्डले एकतर्फी रूपमा साँचो हस्तान्तरणको निर्णय गरेपछि जनताहरू स्वतःस्फूत रूपमा आन्दोलनमा उत्रिएको दाबी गर्नुभयो।

माओवादीभित्र विवाद चर्किएपछि छुट्टाछुट्टै गोप्य भेला पनि हुन थालेका छन्। प्रधानमन्त्री भट्टर्राई र वैद्य पक्षका भेलाहरू शुक्रबार भएका थिए।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: