भड्किलो बन्दै छ तिज

image

आर्थिक आडम्बरकै कारण तिज भड्किलो बन्दै गएको छ । जो-कोहीले मान्नै नसक्नेगरी झन् खर्चिलो र खोक्रो आडम्बरी बन्दै गइरहेको तिज कतै सम्भ्रान्त परिवारको मात्रै त होइन भन्ने प्रश्न उठ्न थालेको छ ।

 

हिन्दू नारीहरूको महान् पर्व तिज आउन महिना दिन बाँकी रहँदादेखि नै जताततै तिजको रमझम छाइसकेको आभास हुन्छ । विभिन्न संघसंस्थाले आयोजना गरेका तिज विशेष कार्यक्रममा सहभागी हुन रातो साडी, चुरा पोतेमा चट्ट सजिएर हिँड्ने महिलाको चहलपहल हिजोआज सहर-बजारमा निकै बढेको देखिन्छ । एउटी बुहारीले बन्धनरूपी जीवन बिताउँदा भोग्नुपरेका पिर, व्यथा र बेदनाबाट मुक्ति पाउने आशमा केही दिनका लागि भए पनि आप\mनो माइतीमा रमाइलो र स्वतन्त्रताको अनुभूत गर्न पाइने हेतुले मनाइने पर्व तिजले धार्मिक र सांस्कृतिक विशेष महत्त्व बोकेको पाइन्छ । विशुद्ध नारी वेदनालाई गीतका माध्यमबाट व्यक्त गरी नाचगान र रमाइलो गर्ने परम्पराले यसको  सांस्कृतिक पक्षलाई झल्काउँछ ।

धार्मिक महत्त्व बोकेको यस चाडलाई हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई स्वामिका रूपमा पाऊँ भनी निराहार व्रत बसी गरेको कामना पूरा भएबाट प्रभावित भएर हिन्दू नारीले पनि यही धार्मिक विश्वासलाई आधार मानी तिजमा निराहार व्रत बस्ने प्रचलन आएको हो । पार्वती ईश्वरीय शक्तिसम्पन्न देवी हुन् । फेरि देवी-देउतामा निराहार त के भोक, प्यास, निद्रा, घाम, पानी नभनी वर्षौँसम्म तपस्या गर्नसक्ने शक्ति हुन्छ भन्ने कुरालाई हामीले चटक्कै बिर्सेर त्यही परम्पराअनुसार आज पनि निराहार र निर्जल व्रत बस्नु कति सुहाउने कार्य हो ?

भनिन्छ, तिजमा निराहार व्रत बस्नाले पतिको दीर्घायु हुन्छ रे ! मलाई लाग्छ यो अन्धविश्वास हो । यदि व्रत बसेर श्रीमान्को दीर्घायु हुने भए आज समाजमा एकल महिलाले एक्लो जीवन बाँच्न बाध्य हुनुपर्थेन होला । कुनचाहिँ पत्नीले आप\mनो पतिको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दिन होला ? मैले यसो भनिरहँदा व्रतको विरोध गर्न खोजेकी होइन, मात्र व्रत बस्ने तरिकाको विरोध गरेकी हुँ । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका श्रीमान्/श्रीमतीबीच यसरी उपबासद्वारा एक-अर्कालाई आकर्षर्ित गर्नुभन्दा विश्वास र मायाको बलियो डोरिले बाँध्न सक्नु राम्रो हो । स्वास्थ्यमा समेत बाधा पुग्नेगरी यसरी निराहार व्रत बस्नुभन्दा शुद्ध मनले पानी र फलफूल खाएर व्रत बसे पनि पाप लाग्दैन । विवाहित नारीले पतिको दीर्घायुको कामना र अविवाहित युवतीले सुयोग्य वर पाइयोस् भनी पूजा-अर्चनासमेत गर्ने चलन छ आमहिन्दू नारीमाझ । वर्षमा एकदिन मात्रै समर्पित हुनुभन्दा जीवनभरि सदाबहार भएर समर्पित हुन सकेमा हामी महान् हुन सक्छौँ ।

तर, यतिमा मात्रै सीमित राखेर हामीले परम्परा धान्न सकेनौँ कस्तो विडम्बना ! वा भनौँ हामीले जानेर वा नजानेर हाम्रो संस्कृति, रीतिरिवाज र चाडपर्वलाई संरक्षण र सम्बर्द्धनका नाममा अझ बढी विकृतिलाई भित्र्याएका छौँ, यसमा दुईमत छैन । पक्कै पनि समय परिवर्तनशील छ, समाजले परिवर्तन चाहन्छ र समयसापेक्ष परिवर्तन हुनु पनि पर्छ । तर, परिवर्तनका नाममा भित्रिने विसंगति, विकृति र आर्थिक आडम्बरले भने हामी चेतनशील प्राणीलाई नराम्ररी गाँजेको तीतो यथार्थ भने समाजमा यत्रतत्र छर्लंग छ । आर्थिक आडम्बरकै कारण आज महान् पर्व तिज पनि भड्किलो बन्दै गएको कुरा कसैले नकार्न सक्दैन । जो-कोहीले मान्नै नसकिनेगरी झन्-झन् खचिर्लो र खोक्रो आडम्बरी बन्दै गइरहेको तिज पनि कतै सम्भ्रान्त पारिवारको मात्रै त होइन ? भन्ने भान जनमानसमा पर्न थालेको देखिन्छ । चाड आउनु एक महिनाअघिदेखि टोल-टोलमा पार्टी प्यालेस बुक गर्दै दर खान भनेर हिँड्ने हुनेखाने वर्गका नारीकै कारण तिज धेरै महँगो बनेको हो । महँगा साडी र गरगहना प्रदर्शन गर्ने, महँगा महँगा उपहार बाँड्ने होडबाजी नै चलाएर समाजमा धनी र गरिब वर्गबीचको ठूलो खाडल खनिरहेका छन्, उनीहरू ।

नारी एकता जिन्दवाद ! र नारी एक हौँ भनी नारा लगाउने र भाषण ठोक्ने नारी अधिकारवादी सचेत नारीले यस्ता विकृति र विसंगतिप्रति किन आवाज नउठाएका होलान् ? जोसँग पैसा छ, जसले पैसाको आडम्बर र तागत देखाउन चाहन्छ, उसले गर्न सक्छ दिनदिनै पार्टी भोज त्यसमा कसैको टाउको दुखाइको विषय नहोला, तर चाडबाडका नाममा हुँदा न खाँदाको विकृति भित्र्याउनु राम्रो होला ? महिनौँदेखि खाइने भोजलाई दर पनि नभनौँ किनकि ‘दर’ शब्दको अपमान हुनेछ । ‘दर’ केवल तिजको अघिल्लो राति -१२ बजेसम्म) मात्रै खाइने विशेष प्रकारको आडिलो र पोषलिो खानेकुरा हो, जुन दर खाने दिन एकदिन मात्र खाइन्छ । यदि हुनेखाने वर्गका नारीका कारण दिनभर जोहो गरेर साँझ छाक टार्ने वा भनौँ हुँदा खाने वर्गलाई असर पर्छ र यो महान् पर्वबाट वञ्चित हुनुपर्छ भने सभ्य, शालीन र साधारण तरिकाबाट तिजलाई भव्य र उल्लासमय बनाउने प्रयास गरौँ । यो मेरो अनुरोध हो- सबै नेपाली महिला दिदी-बहिनीलाई । सबैले बुझौँ कि यो समाजमा हुँदा खाने वर्गका मानिस पनि बस्ने गर्छन् । समजमा अनेकता होइन, एकताको भावना सिर्जना गरौँ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: