जात्रैजात्राको भक्तपुर नगर

“भक्तपुर नाचगानको राजधानी हो” जगदीशसम्शेर राणाको यो भनाईबाट के प्रष्ट हुन्छ भने भक्तपुर यस्तो शहर हो जहाँ कला र सस्कृतिले भात्र धनी नभई नाचगान, जात्रा तथा पर्वहरुको पनि थलो हो ।

राजधानी सँगै जोडीएको जिल्ला, भक्तपुर । अझ, भक्तपुर भन्ने वित्तिकै राज्यको सानो जिल्लाको रुपमा परिचित छ । तर, पछिल्लो समयममा भक्तपुर जिल्ला राज्यको सानो जिल्लाको रुपमा भन्दा पनी ऐतिहासीक तथा कला र सँस्कृतिको जर्गेना गरेको शहरका रुपमा परिचीत छ । यहाँ बर्षौदेखि मनाईने पर्व तथा जात्राका कारण यो शहर अझ बढी चर्तित छ ।

विशेष गरी मल्लकालीन अवस्थादेखि संचालन भएका नाच, जात्रा, तथा पर्वहरुका कारण यो शहर प्रख्यात रहेको छ । भक्तपुरमा साउन र भाद्र महिना अझ विशेष गरी रमाईलो हुन्छ । यहाँ प्रत्येक दिन या राती मनाईने जात्रा अथवा नाचका कारण यो शहर झनै रमझममय हुन्छ ।

उपत्यका आधुनिकताले छोएर घर घरमा टिभी, एफएम तथा बिलासिताका साधन भए पनि भक्तपुरमा मनाईने परमपरागत नृत्यमा न त कमी आएको छ न त तिनका दर्शकहरुमा नै कमी छ । यसो हुनुको प्रमुख कारण यहाँको कला र सँस्कृतिप्रति स्थानिय बासिन्दाको प्रगाढ माया र चासो रहेको युवा सँस्कृतकर्मी ओम धौभडेल बताउँछन् ।

भक्तपुर नगरमा साउन तथा भाद्र महिनामा गाईजात्रा, घण्टाकर्ण, भैरव नाच, ख्याक नाच, मध्यपुरको बोडेमा निलबाराही नाच मनाउने गरिन्छ । भक्तपुर नगरमा मनाईने नाच अन्तर्गत भैरव तथा ख्याक नाचहरु बनेपा समेत लगेर देखाउने चलन रहेको छ । पहिले-पहिले उपत्यका तिनै शहरका बिभिन्न स्थानमा लगेर देखाईने भएता पनि हाल असुरक्षाका कारण निश्चित स्थानमा मात्र जात्रा देखाईने गरेका जात्राका नाईकेहरुको तर्क छ ।

शब्द/तस्विरः भरतबन्धु थापा

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: