न्यूयोर्कमा एक नेपालीको रहस्यमय मृत्यु

१३ जुन, न्यूयोर्क । न्यूयोर्कमा एक नेपालीको रहस्यमय मृत्यु भएको छ । डिभी परेर अमेरिका पुगेका ३१ वर्षीय अर्जुन पौडेलको रहस्यमय मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका-३ रानीगाउँ घर भएका पौडेल शनिबार साँझ बाथरुममा मृत अवस्थामा फेला परेका हुन् ।

पौडेल किङ्स्टनस्थित एक ग्यास स्टेशनमा काम गर्थे । पौडेल सँगै बस्ने गणेश श्रेष्ठले जुन ११ बेलुकी ६ बजेतिर आफ्नो ड्युटी सकाएर कोठा फर्कंदा बाथरुममा अर्जुन लडिरहेको अवस्थामा भेटिएका थिए । उनले बोलाउँदा बेहोस जस्तो देखिएका उनले कुनै जवाफ नफर्काएपछि आफ्नो ग्यास स्टेशनको मालिकलाई फोन गरी प्रहरीलाई बोलाइएको थियो ।

पौडेललाई तीन वर्षअघि डिभी परेको थियो । त्रिभुवन विश्वविद्यालयबाट गणितमा एमए गरेका उनि शिक्षक र ट्युसन पेशा छाडी अमेरिका गएका थिए ।

यसैविच उनकी श्रीमती लक्ष्मी पौडेलले उनलाई नेपाल फर्किन आग्रह गरेको बुझिएको छ । उनले घर फर्कन आग्रह गर्दै मोवाइलमा सन्देश पठाएकी थिईन् । ‘म तिमीलाई धेरै सम्झिराखेको छु । म तिमीलाई माया गर्छु । कृपया घर फर्किनोस् । पैसा सबैथोक हैन । हामी सँगै भयौं भने धन सम्पत्ती फेरि जोड्न सकिन्छ,’- लक्ष्मीले अंग्रेजीमा लेखेको सन्देशमा लेखिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: