रोजी हत्याको विरोधमा प्रदर्शन

image

ज्यापू समाज र रोजीका आफन्तले ललितपुरमा निकालेको विरोध जुलुस । तस्बिर: नयाँ पत्रिका

 

छानबिन समिति गठन

नयाँ पत्रिका

काठमाडौं, २७ साउन

कुपन्डोलकी २१ वषर्ीया रोजी महर्जनको हत्याको विरोधमा शुक्रबार उनका आफन्तले ललितपुर बन्द आह्वान गरी आन्दोलनमा उत्रिएका छन् । दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै उनीहरूले बन्द गराएका हुन् ।

घटनाको छानबिन गर्न महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको अध्यक्षतामा चार सदस्यीय छानबिन टोली गठन गरेपछि दिउँसो बन्द फिर्ता लिइएको थियो । प्रहरीले गठन गरेको छानबिन समितिमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक हृदय थापा, महानगरीय प्रहरी परिसर ललितपुका प्रहरी नायब उपरीक्षक रमेशकुमार बस्नेत र प्रहरी निरीक्षक फिरोज बस्नेत सदस्य छन् ।

हत्याको विरोधमा बिहीबारबाट नै रोजीका आफन्त आन्दोलनमा उत्रिएका थिए । ज्यापू समाज यल र उनको आफन्तले गरेको बन्दको क्रममा झन्डै दुई दर्जन सवारी साधन तोडफोड गरिए । बन्दले ललितपुरको जनजीवन पूरै प्रभावित भएको थियो । बिहान करिब ७ बजे जिल्लाका तीन स्थानबाट निस्केको जुलुसले नगर परिक्रमा गरी कुपन्डोलस्थित रोजीको घरनजिक सभामा परिणत भएको थियो । च्यासल, ट्यागल र मंगलबजारबाट निस्किएको एकीकृत जुलुसले हत्यारालाई कडा कारबाही गर्नुपर्ने माग गर्दै विभिन्न स्थानमा बन्द गरेको थियो ।

प्रदर्शनकारीले मंगलबजार, कुपन्डोल, च्यासल, जावलाखेल, लगनखेल, पाटनढोका, ग्वार्कोलगायत जिल्लाका अधिकांश स्थानमा सवारी आवागमनमा रोक लगाएका थिए । बन्दको क्रममा झन्डै तीन दर्जन सवारी साधन तोडफोड भएका छन् । बन्दले गर्दा रक्षामन्त्री विष्णु पौडेल हिँडेरै कार्यालय गएका थिए । साइकल चढेर गन्तव्यतर्फ जाँदै गरेका साइकलको समेत हावा खुस्काएका प्रदर्शनकारीले सबै पसल, कलकारखाना, विद्यालय बन्द गराएका थिए । प्रहरीले जबरजस्ती तोडफोड र पसल बन्दै गराउँदै हिँडेको अवस्थामा करिब पाँच दर्जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै रिहा गरिसकेको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी उपरीक्षक भोगबहादुर थापाले बन्दमा कुनै अपि्रय घटना नभएको बताउँदै केही स्थानमा जबरजस्ती बन्द गराउँदै हिँडेकालाई पक्राउ गरी छाडिएको जानकारी दिए । बन्द आयोजक ज्यापु समाज यलका उपाध्यक्ष मंगल महर्जनले हत्याकाण्डमा फरार अभियुक्तलाई तत्काल खोजी गरी कारबाही गर्न र शान्ति सुरक्षा कायम गराउन सरकारलाई दबाब दिन बन्द गरिएको बताए ।

प्रेममा खटपट भएपछि त्यसको प्रतिशोध लिन र फिरौती असुल्न सुभाष उप्रेतीले गत २० गते सोमबार आफ्नै प्रेमीका रोजीको लेले नजिकै जगलमा लगी गोली हानी हत्या गरेका थिए । रोजीको हत्यापछि अभियुक्तहरूले सुरुमा एक करोड माग्ने योजना बनाए पनि पछि ३० लाख र अन्त्यमा २० लाख मागेका थिए । सुभाषले आफ्ना साथी सचिन खड्का, हुसेन राई, कुमार तामाङ, राजु लोहरसँग मिलेर हत्या गरेका थिए । जसमध्ये तामाङ र लोहर फरार छन् । पक्राउ परेकालाई कर्तव्य ज्यान, अपहरण र हातहतियार तथा खरखजनामा समेत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: