नेपाली राहदानीमा हजारभन्दा बढी तिब्बती बिदेसिए

image

नेपाली भिआइपीलाई समेत भिसा ँरिजेक्ट’ गर्ने अमेरिकी दूतावासले नक्कली नेपाली राहदानी बोकेका तिब्बतीलाई कसरी खुरुखुरु भिसा दिइरहेको छ ? प्रहरीले अनुसन्धान गरिरहेको छ

नवराज मैनाली

काठमाडौं, ११ साउन

…नेपाली नागरिकता र राहदानी बनाई एक हजारभन्दा बढी तिब्बती शरणार्थी अमेरिकालगायतका देश गएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय, परराष्ट्र मन्त्रालय तथा अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा शरणार्थीलाई उडाउने गिरोहका नाइके प्रहरी फन्दामा परेका छन् ।

बुधबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली राहदानीमा अमेरिका उड्न लागेका दुई शरणार्थी र राहदानी बनाउने गिरोहका एकजनालाई पक्राउ गरेपछि तथ्य खुलेको हो । सिआइबीले शरणार्थीद्वय जयाङ तेन्जिङ र टेस्रिङ लिम्बोलाई अमेरिका जाने क्रममा बुधबार राति साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनीहरूलाई अमेरिका उडाउने व्यवस्था मिलाउन गएका मुस्ताङ स्थायी घर भएका छिरिङ टासी गुरुङ पनि पक्राउ परेका छन् । प्रहरीले तेन्जिङको ५२१८२४६ नम्बरको टेस्रिङ ल्याहमोको ५२१८२४१ नम्बरको राहदानी र बोर्डिङ पास बरामद गरेको छ । दुवैले अध्यागमन पार गरिसकेकाले राहदानीमा डिपार्चर स्टिकरसमेत टाँसिएको थियो ।


१. मंगलबार राति विमानस्थलमा पक्राउ परेका शरणार्थी जयाङ तेन्जिङ र टेस्रिङ लिम्बोको नेपाली राहदानी । २. उनीहरूलाई तिब्बेतीयन रेफ्युजी वेलफेयर कार्यालयले दिएको सिफारिसपत्र । ३. विमानस्थलमा अध्यागमनका कर्मचारीलाई घुस दिन उनीहरूले बोकेको ५० हजार रुपैयाँ । ४. अमेरिकी दूतावासले दुवै शरणार्थीलाई दिएका कागजपत्र ।

दुवैजना शरणार्थीको जन्मदर्ता र तिब्बेतीयन रेफ्युजी वेलफेयर कार्यालयको सिफारिसपत्रलगायतका कागजात पनि बरामद गरिएको छ । त्यस्तै दलाल गुरुङको साथबाट प्रहरीले अध्यागमनका कर्मचारीलाई घुसस्वरूप दिन लागिएको ५० हजार रुपैयाँ बरामद गरेको छ ।  सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रवीण पोखरेलका अनुसार २५ हजारका दरले दुईजना शरणार्थीलाई चेकजाँच पास गराएबापत ५० हजार दिने सहमति भएको थियो । शरणार्थीलाई प्रहरीले ‘ह्यान्ड एरिया’बाट पक्राउ गरेको हो । जहाँ अध्यागमनबाट सम्पूर्ण जाँच पूरा भइसकेको हुन्छ । दलाल गुरुङले आफूहरूले यसैगरी एक हजारभन्दा बढी शरणार्थीलाई विदेश उडाइसकेको बताएका छन् ।

प्रहरीको स्थलगत अनुसन्धानमा अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलेमतो रहेको भेटिएको थियो । यसअघि पनि सभासद्को रातो राहदानीमा अन्य व्यक्तिलाई विदेश उडाउन अध्यागमनका कर्मचारीको मिलेमतो देखिएको थियो । तत्कालीन एयरपोर्ट अध्यागमन प्रमुख खडानन्द ढकालसहित सातजना कर्मचारीलाई अख्तियारले दायर गरेको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ । ढकाल धरौटीमा रिहा भएका छन् ।

प्रहरी अधिकारीका अनुसार तिब्बतीलाई नेपाली राहदानी दिएको विषयमा परराष्ट्र मन्त्रालयका कर्मचारीको सहभागिताबारे छानबिन भइरहेको छ । पक्राउ परेका गुरुङले ९० हजारमा नक्कली राहदानी बनाउने गरेको बताएकाले परराष्ट्र कर्मचारीको मिलेमतोको बलियो सम्भावना रहेको प्रहरी अधिकारीको भनाइ छ ।

पक्राउ परेका शरणाार्थीले सेप्टेम्बर २०१० मा परराष्ट्र मन्त्रालयबाट हस्तलिखित राहदानी लिएको देखिएको छ । प्रहरीका अनुसार अन्य व्यक्तिको राहदानीमा नभई आफ्नै नाममा नागरिकता बनाएर उनीहरू विदेश जाने गरेको देखिएको छ । उनीहरूले राहदानी लिँदा पेस गरेको कागजात प्रहरीले बुधबार नै परराष्ट्रसँग मागिसकेको छ । नागरिकतामा उनीहरूको ठेगाना सिन्धुपाल्चोकको किउल गाविस वडा नं. २ लेखिएको छ ।

‘गाविस-सचिवदेखि अध्यागमनका कर्मचारीलाई आर्थिक प्रभावमा पारी शरणार्थीलाई विदेश उडाउने गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । सिआइबीका निर्देशक डिआइजी राजेन्द्रसिंह भण्डारीले परराष्ट्र, अध्यागमन र जिल्ला प्रशासनका कर्मचारीमाथि पनि छानबिन सुरु गरिएको बताए । उनीहरूको साथबाट प्रहरीले अमेरिकन दूतावासले दिएका कागजातहरू पनि बरामद गरेको छ । तर, दूतावासको रोहवरमा मात्र ती कागजात खोलिने प्रहरीले जनाएको छ ।

घटनामा काठमाडौंस्थित अमेरिकन दूतावासको पनि शंकास्पद भूमिका देखिएको प्रहरी अधिकारीको भनाइ छ । भिआइपीलाई समेत भिसा ‘रिजेक्ट’ गर्ने अमेरिकन दूतावासले नेपाली राहदानीमा विदेश जाने शरणार्थीलाई कसरी सजिलै भिसा दियो शंकास्पद देखिन्छ,’ सिआइबीका एक अधिकारीले बताए । डिआइजी भण्डारीले पनि तिब्बती शरणार्थीलाई नेपाली भिसामा उडाउने धन्दामा ठूलो गिरोह सक्रिय रहेको र त्यसको खोजी गरिरहेको बताए ।

आइतबारमात्र प्रहरीले टर्की जान लागेका तीन तिब्बती शरणार्थीलाई पक्राउ गरेको थियो । विमानस्थल प्रहरीले खुक्तेन लामा, तिर्सना वाग्देन शेर्पा र ग्याल्चेन थिन्लेलाई पक्राउ गरेको थियो । गल्फ एयरबाट बहराइन हुँदै उनीहरू टर्की जान लागेको अवस्था नागरिकता र राहदानी नक्कली भएको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको नागरिकता र राहदानीको अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसपी केदार रिजालले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: