प्रचण्डविरुद्ध बहुमत पुगेन

image

वैद्य-बाबुराम समूह बहुमत हस्ताक्षर जुटाउन असफल भएको प्रचण्डपक्षको निष्कर्ष, बुधबार थपिएका दुईसहित अहिलेसम्म ६३ केन्द्रीय सदस्यको मात्र हस्ताक्षर, पम्फा भुसालको हस्ताक्षर बाँकी, दीनानाथ शर्माद्वारा हस्ताक्षर गर्न अस्वीकार

प्रचण्डको नयाँ प्रस्ताव आउने, प्रस्तावमा राजनीतिक कार्यदिशामा एकरुपता कायम भए संसदीय दलको नेतासमेत छाडेर ‘सबैको अहंको रक्षा हुने गरी’ नयाँ कार्यविभाजनको अठोट, १४ भदौअघि नै माओवादी सेनाको ‘रिग्रुपिङ’ र संविधानको एकीकृत प्रारम्भिक मस्यौदा, ‘उधारो’ कार्यविभाजन नमान्ने वैद्य-बाबुराम पक्षको दाबी

बजेटका कारण बिहीबार केन्द्रीय समिति बैठक बस्ने सम्भावना न्यून, स्याथी कमिटी बैठकको सम्भावना

विद्रोही मसालबाट आएका डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने र तेजप्रकाश कँडेलसँग वैद्य-बाबुराम समूहले हस्ताक्षरका लागि गरेको आग्रह अस्वीकृत 

नयाँ पत्रिका

काठमाडौं, २९ असार

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय समिति बैठकमा १४ भदौअघि नै माओवादी सेनाको ‘रिग्रुपिङ’ गरी संविधानको एकीकृत प्रारम्भिक मस्यौदा ल्याउने प्र्रस्ताव राख्ने भएका छन् । राजनीतिक कार्यदिशामा एकरुपता कायम भए संसदीय दलको नेतासमेत छाडेर ‘सबैको अहंको रक्षा हुने गरी’ नयाँ कार्यविभाजन गर्ने उनको प्रस्ताव छ । केन्द्रीय समितिमा बहुमत जुटाएर पार्टीमा नियन्त्रण कायम गर्ने संघर्ष चलिरहेका वेला प्रचण्डले यस्तो प्रस्ताव ल्ल्याउन लागेका हुन् ।

प्रचण्डले राजनीतिक कार्यदिशामा एकरुपता कायम भए कार्यविभाजन गरी दलको नेतासमेत छाड्ने प्रस्ताव गरे पनि उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईले ‘उधारो’ कारोबार नगर्ने मनस्थिति बनाएका छन् ।

दुवैपक्षका आ-आफ्ना तयारी र अडान कायम रहँदा तीन सातापछि बस्न थालेको केन्द्रीय समिति बैठक बुधबार पनि स्थगित गरिएको छ । केन्द्रीय समितिमा एजेन्डामा सहमति जुटाउने तथा अध्यक्षले तयार पार्ने प्रस्तावका लागि गृहकार्य नपुगेको भन्दै बुधबारको केन्द्रीय समिति बैठक पनि स्थगित गरिएको थियो ।

केन्द्रीय समिति बैठक स्थगित गर्नुपूर्व प्रचण्ड र किरणबीच झन्डै १० मिनेट कुराकानी भएको थियो । स्थगित बैठक बिहीबार बस्ने भनिए पनि बिहीबार बजेट आउने भएकाले बैठक बस्ने सम्भावान न्यून छ । तर, माओवादी उच्च स्रोतले स्थायी कमिटी बैठक भने बस्न सक्ने दाबी गरेको छ ।

केन्द्रीय समिति बैठकमा प्रचण्डले यसअघि पेस भएका एजेन्डाका विषयमा नयाँ प्रस्ताव गर्दै छन् । प्रचण्डको प्रस्तावमा अध्यक्षलाई दलको नेताबाट अपदस्थ गरेको मनोविज्ञान नबन्ने र दबाबमा आएर दल नेता छाडेको भन्ने सन्देश नजाने अनि विश्वासको वातावरण बनाएर यसलाई हल गर्ने, तत्कालका लागि संसदीय दलको उपनेता बनाएर सरकारको नेतृत्व उपाध्यक्ष बाबुराम भट्टराईलाई गर्न दिने, संगठन विभागमा उपाध्यक्ष किरणलाई लैजाने गरी कार्यविभाजन गर्न सक्ने अध्यक्षको प्रस्तावमा छ । तर, अध्यक्षको पछिल्लो प्रस्ताव ‘उधारो’ मा कारोबार गर्नेखालको रहेको भन्दै किरण, बाबुरामले त्यसलाई स्वीकार गरिसकेका छैनन् ।

‘विन-विनको पोजिसनमा कार्यविभाजन गरौँ भन्ने अध्यक्षको प्रस्ताव छ,’ माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, ‘बहुमत अल्पमतमा गएर राम्रो हुँदैन, रुपान्तरणसहितको एकताका लागि सबैले मान्ने गरी जानुपर्छ ।’ उनले प्रचण्डले तत्काल दलका नेता नछाडने र एउटा विश्वासको वातावरण बनाएपछि यो विषयलाई हल गर्न सकिने बताए ।

अध्यक्षनिकट मानिएका नेता वर्षमान पुन अनन्तले अहिले दलको नेता फेर्न नसकिने, विश्वासको वातावरण बनाएपछि सहजढंगले हस्तान्तरण गर्न सकिने बताए । कार्ययोजनामा एकरुपतापछि त्यस्तो वातावरण बन्ने अनन्तले बताए । ‘कार्ययोजनामा एक ठाउँमा नआउने हो भने पार्टी यही ठाउँमा रहँदैन, त्यसका लागि बीचको बाटो अपनाउनुपर्छ भन्ने हो,’ अनन्तले भने, ‘अहिले दलको नेता फेर्नुहुँदैन, विश्वासको वातावरण बनेपछि सहजढंगले हस्तान्तरण गर्न सकिन्छ, यसलाई प्रतिष्ठाको विषयमा बनाएर जानुहुँदैन ।’

उपाध्यक्ष भट्टराईनिकट पोलिटब्युरो सदस्य राम कार्कीले मध्यमार्गी बाटोबाट सहमति खोज्ने सूत्रको खोजी भइरहेको बताए । ‘नयाँ फर्मुला निकालौँ भन्ने तहबाट कुरा भएको छ,’ उनले भने । कार्कीका अनुसार कार्यविभाजन पनि हुने, बहुमत/अल्पमतको प्रक्रिया पनि नदेखिने र अध्यक्षलाई अपमानित गरेको नदेखिने गरी नयाँ सूत्र खोज्न सकिने भए पनि अध्यक्षले पहिला प्रस्ताव ल्याएपछि त्यसमा छलफल हुने बताए । उनले १४ जेठपछि दलको नेता हस्तान्तरण गर्ने कुरा व्यावहारिक नभएकोे पनि बताए ।

माओवादीका अर्का पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरले शान्ति र संविधानको कार्यनीतिबारे अध्यक्षले नयाँ प्रस्ताव ल्याउने र त्यसैअनुसार कार्यविभाजन हुने बताए । ‘शान्ति र संविधानको कार्यनीतिमा सहमति भएपछि त्यसैअनुसारको कार्यविभाजन हुन्छ,’ प्रभाकरले भने, शान्ति र संविधानबारे अध्यक्षबाट ठोस प्रस्ताव आउँछ, नयाँस्तरबाट एकतासहित कार्यविभाजनको पहल भएको छ ।’

पार्टी प्रवक्ता शर्माले अहिले नै संसदीय दलको नेताबाट हटाउने भन्ने विषयमा मतभेद रहेको बताए । उनले १४ भदौसम्म शान्ति र संविधानको एजेन्डामा केन्दि्रत हुने र त्यसपछि विश्वासको वातावरण बनाएर जान सकिने अध्यक्षको प्रस्ताव रहेको जानकारी दिए ।

‘दलको नेता परिवर्तन हुँदैन, परिवर्तन गर्दा अर्कोपक्ष असन्तुष्ट हुन्छ भन्ने जटिलता छ, त्यसलाई नेतृत्वले बुझ्नुपर्छ,’ प्रभाकरले भने, ‘शान्तिप्रक्रियाको नेतृत्व प्रचण्डले नै गर्नुपर्छ, उहाँले यो प्रक्रियाको नेतृत्व गर्नुभएन भने अन्तर्राष्ट्रिय जगतले माओवादीको शान्तिप्रक्रियाको लाइनमा अविश्वास गर्छ, यस्तो जटिलतामा नेतृत्वले लापरबाही गर्न मिल्दैन ।’

उता किरण बाबुरामपक्षले सुरु गरेको हस्ताक्षर अभियानमा बहुमत सदस्य पुर्‍याउने कसरत असफल भएको प्रचण्डपक्षको दाबी छ । यो पक्षले उपाध्यक्ष प्रकाश, बाबुरामनिकट मानिएका प्रवक्ता तथा स्थायी समिति सदस्य शर्मा, स्थायी समिति सदस्य अमिक शेरचन, लीलामणि पोखरेलहरूले हस्ताक्षर गर्न नमानेपछि अभियान असफल भएको निष्कर्ष निकालेको थियो ।

मंगलबारको भेलामा ६१ केन्द्रीय सदस्यको हस्ताक्षर गरेका किरण बाबुरामपक्षले आफूहरूको पक्षमा बहुमत पुग्ने दाबी गरेको छ । किरण र बाबुरामबीच भदौ १४ सम्म शान्ति र संविधानका लागि प्रयत्न गर्ने तथा वैचारिक मतभेदलाई महाधिवेशनमा लगेर टुंग्याउने गरी सहमति बनिसकेको सो समूहका नेताहरूको दाबी छ । ‘उत्तर दक्षिण धुव्र मिले भन्ने होइन, विचारको कुरा महाधिवेशनमा टुंग्याउने तथा शान्ति र संविधानलाई अगाडि बढाउनेमा दुवैपक्ष सहमत भएका छन्,’ बाबुरामनिकट मानिने एक पोलिटब्युरो सदस्यले भने ।

कार्यविभाजनमा अध्यक्षका विपक्षमा उभिएका उपाध्यक्षद्वय किरण, बाबुराम, प्रकाश र बादलबीच कुराकानी भएको थियो ।

माओवादी नेता दीनानाथ शर्माले हस्ताक्षर अभियानमा आफ्नो फरक धारणा रहेको पनि प्रस्टाए । ‘शान्ति र संविधानको पक्षमा छौँ, त्यो ऐजेन्डाबाट विचलित भएको छैन, वैज्ञानिकढंगले कार्यविभाजन गर्नुपर्छ भन्नेमा म पनि छु,’ प्रवक्ता शर्माले भने, ‘हस्ताक्षर अभियान कति माक्र्सवादसंगत हो भन्ने विषयमा मेरो स्पष्ट धारणा बनेको छैन, हस्त्ाक्षर गरेको छैन ।’

सूत्रका अनुसार माओवादी पोलिटब्युरो सदस्यहरू हितमान शाक्य र देवेन्द्र पौडेललगायतका नेताहरू शर्माको हस्ताक्षर लिन मंगलबार साँझ शर्मानिवास पुगेका थिए । तर, शर्माले हस्ताक्षर अभियानमा आफ्नो ‘रिर्जभेसन’ रहेको भन्दै हस्ताक्षर गर्न मानेका थिएनन् । यसैगरी विद्रोही मसालबाट एकीकृत डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने र तेजप्रकाश कँडेलसँग वैद्य-बाबुराम समूहले सहस्ताक्षरका लागि गरेको आग्रह ती नेताले अस्वीकार गरेका छन् ।

क-कसले गरे प्रचण्डविरुद्ध हस्ताक्षर ?

वैद्यपक्ष

मोहन वैद्य

सिपी गजुरेल

देव गुरुङ

नेत्रविक्रम चन्द

नारायणप्रसाद पौडेल

हरिभक्त कँडेल

कुलप्रसाद केसी

धर्मेन्द्र बास्तोला

इन्द्रमोहन सिग्देल

हितमान शाक्य

हर्कबहादुर शाही

सन्तोष बुढा

पूर्णबहादुर घर्ती

श्रीराम ढकाल

सूर्य सुवेदी ‘पथिक’

जोखबहादुर महरा

ईश्वरी दाहाल

जयपुरी घर्ती

यशोदा सुवेदी

अमृता थापा

मायाप्रसाद शर्मा

सरला रेग्मी

उमा भुजेल

सुरेश आलेमगर

श्रीनाथ अधिकारी

चन्द्रहरि सुवेदी

पवनमान श्रेष्ठ

दिलीप प्रजापती

अनिल शर्मा ‘विरही’

कुमार दाहाल

महेन्द्र पासवान

कृष्णदेव सिंह

पदम राई

सावित्री काफ्ले

दिनेश शर्मा

भरत वम

कृष्णध्वज खड्का

रेखा शर्मा

महेश्वर दाहाल

किसन शर्मा

 

बाबुरामपक्ष

बाबुराम भट्टराई

सविन अर्याल

कृष्ण शर्मा

बाबुराम नेपाली

नवराज सुवेदी

वेदनिधि अधिकारी

रामरिझन यादव

कुमार पौडेल

प्रभु शाह

गंगा श्रेष्ठ

भक्ति पाण्डे

डोरप्रसाद उपाध्याय

खगराज भट्ट

वामदेव क्षेत्री

सोनाम साथी

भीमप्रसाद गौतम

राम कार्की ‘पार्थ’

देवेन्द्र पौडेल

हिसिला यमी

टोपबहादुर रायमाझी

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: