हरिभक्त काराखेती एन आर एन इटलिको उपध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

दिनेश बाला श्रेष्ठ, रोम, इटाली – बिगत् एक दशक देखि इटली बसोबास गर्दै आउनु भएका रोम समाजका पूर्व उपध्यक्ष्य श्री हरि भक्त काराखेती ज्युले येसै महिनाको अन्त्यमा हुने एन आर एन इटली समन्वय समितिको उपाध्यक्ष्य पदको लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ। निपुर्ण स्वस्छ छबि तथा बिचार भएका काराखेती सुरु देखि नै सामाजिक सेवामा लाग्नु भएको थियो।
केही बर्ष यता इटलीमा नेपाली संख्यामा आएको आमुल परिबर्तन सँग संगै समयानुरुप नेपालीको लागि अति अबश्यक एक कुतनैतिक सस्था नेपाली राज्दुताबासको स्थापनाको लागि उहाँले अबस्यक गृहकार्य गर्नु भएको थियो। फलत: आज इटलीमा नेपाल दुताबास स्थापनाको सम्भाबना बन्दै गएको छ। यसै कार्यमा सुरु देखिनै कुतनैतिक सामाजिक तथा अर्थिक लगाब दिनुभएका कराखेतीले निकट भबिश्य मै दुताबास स्थापना हुने बिस्वास गर्नुहुन्छ। बिगत् २ बर्षको अबधीमा रोम समाजको उपध्यक्ष्य पदको कार्यकाल सफलता पुर्बक सम्पन्न गर्नु भएका काराखेतीले अध्यक्ष्यको अनुपस्थितीमा लामो समय सम्म आफै रोम समाजको अध्यक्षको कार्यभार सम्हाल्नु भएको थियो।
भाषिक रुपमा सम्पुर्ण नेपालीलाई सम्पन्न बनाउने उदेस्यले आफ्नो उपाध्यक्ष्यको कार्यकालमा नेपालीहरुलाई इटालियन भाषाको कक्षा सन्चालन गरि आफै पढाउने तथा आबस्यक ब्यबस्थापन गर्नु भएको थियो। यति मात्र हैन इटलीमा अर्को प्रमुख समस्याको रुपमा रहेको पासपोर्ट तथा अध्यगमन समस्यामा देखिएको दलालीको घोर बिरोध गर्दै आउनु भएको छ। कुनै पनि नेपालीमा पारेको पासपोर्ट समस्या अध्यगमन समस्यालाई आफै लागि परि उचित कानुनी सल्लाह सहयोग तथा सुझाब दिदै आउनु भएको छ। पेसाले ल्याब टेक्निसियन काराखेती रोम स्थित biopharma roma भन्ने इटलीको चर्चित औषधी उत्पादक कम्पनीमा काम गर्दै आउनु भएको छ।
मिलनसार स्वभाबका काराखेतीले इटलीमा बिधमान नेपाली दलालिपन तथा शोषनलाई अन्त्य गर्नु पार्ने बताउनु भयो। यसको लागि उहाँले आबस्यक पहल गर्ने इटाली भरीका सम्पुर्ण नेपालीलाई एकजुट बनाइ नेपालीबाट नेपालीका लागि भन्ने एन आर एनको नारालाई वास्तविकतामा उतार्ने बताउनु भएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: