नानो कारको नेपालमा बिक्री सुरु

काठमाडौ, असार १३ । नेपालीहरुका लागि एउटा खुसीको पल थपिएको छ । कारका सौखिन नेपालीहरुका लागि संसारकै सबैभन्दा 

altसस्तो कार नानो बजारमा आएको छ । 

नेपालका लागि यसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबारदेखि कारको बुकिङ खुला गरेको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी नेपालमा आधिकारिक रूपमा भित्रिएको नानोको आगामी १० दिनसम्म बुकिङ खुला रहने ट्रेडिङका अध्यक्ष सिद्धार्थशमशेर राणाले बताए । 

नेपाल आइपुग्दा भन्सारमा लाग्ने विभिन्न शुल्कका कारण भारतीयभन्दा यहाँका ग्राहकले धेरै रकम खर्चिनुपर्ने भएको छ । नानाको सबैभन्दा कम सुविधा भएको स्ट्यान्डर्ड नानो कारको मूल्य नेपाली बजारमा ७ लाख ९८ हजार रुपैयाँ तोकिएको छ । यसैगरी सेमी अप्सन नानो सिएक्सको ९ लाख ९८ हजार र फुल अप्सन नानो एलएक्सको मूल्य ११ लाख ७८ हजार रुपैयाँ तोकिएको छ । 

नानो स्ट्यान्डर्ड बुकिङ गर्न १० हजार, नानो सिएक्सका लागि २० हजार र एलएक्सका लागि ३० हजार बुझाउनुपर्ने सिप्रदीले जनाएको छ । ‘अहिले बुकिङ भएका गाडी जुलाई अन्त्यसम्म ग्राहकले पाइसक्ने छन् । कार किन्न फाइनान्सको सुविधा लागि विभिन्न १० बैंकसँग सहकार्यको भइरहेको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले जानकारी दिए । नानो स्ट्यान्डर्डका लागि मासिक किस्ता ११ हजार १ सय ११ पर्ने दाहालले बताए । सुरुमा भुक्तान गर्ने रकम र भुक्तानी अवधिले यो रकम तलमाथि हुन सक्ने पनि कम्पनीले जनाएको छ । 

यो कम्पनीले नानो कारको ४ वर्ष अथवा ९० हजार किलोमिटरसम्मको वारेन्टी पनि दिएको छ । ६ सय २४ सिसीको नानो कारले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने बताइएको छ । 

नानो कार बाहिरबाट अन्य कारभन्दा सानो देखिए पनि भित्र २१ प्रतिशत बढी ठाउँ रहेको छ । जमिनबाट १ दशमलव ८३ मिमिमाथि भएकाले कच्ची सडकका लागि पनि उपयुक्त हुने दाबी कम्पनीको रहेको छ । 

नानो कारको नेपालमा ९ वटा सर्भिस सेन्टरहरु रहेको बताइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: