नेपालको संक्रमण कालीन राजनीतिका कारक पक्ष


नेपालको शासकीय इतिहासलाई हेर्दा यसले अनेक आरोह अबरोहहरु पार गरेको देखिन्छ । पृथ्बीनारायण शाहले राज्य एकिकरणको गुरुत्तर जिम्मेवारी ग्रहण गर्नुभन्दा पहिले बाइसे र चैबिसे राज्यहरु थिए । विकासले गति लिन सकेको थिएन । जनघनत्व अत्यन्तै कम थियो । कृषि प्रणाली आधुनिक बन्ने संभाबना थिएन । पत्रपत्रिका रेडियो, टेलिभिजन जस्ता सुचना संयन्त्रको कल्पनै गरिएको थिएन । फलत शासकले जसरी शासन चलाए पनि केहि फरक पर्दैनथ्यो ।

अलिकति मात्र शक्ति पनि भएका मानिस शासकिय रवाफका निम्ति राज्य चलाउन सुर कस्ने परम्परामा बाइसे चौबिसे राज्यको उत्पति भएको देखिन्छ । पृथ्वीनारायण शाहको राज्य एकिकरणको नेतृत्व पश्चात एउटा सिंगो नेपालको निर्माण पछि पृथ्वीनारायण शाहकै नाताले शाहवंशीय शासन शुरु भएको हो ।

शाहवंशीय राज्य व्यवस्थाको क्रममा नै अनेक प्रकारमा दरवारीया षडयन्त्रको परिणामस्वरुप जंगबहादुर राणाको उदय भएपछि शहा राजाहरुलाई आफ्नो ठाउँमा ठेगान लगाएर क्रमश नेपालको राजनीतिक सत्ता राणाहरुको हातमा गएको देखिन्छ । यद्यपि समयको अन्तरालमा करिव १०४ बर्ष पछि २००७ सालमा तत्कालिन राजा र नेपाली जनताको संयुक्त प्रयासपछि राणा शासनको अन्त्य त भयो तर बास्तबीक अर्थमा नेपाली जनताले मुक्ति प्राप्त गर्न सकेनन् समयले गति लिन सकेन । फेरी नेपाली राजनीतिमा संक्रमण काल देखा पर्यो । र लामो समयपछि २०१५ सालमा संसदीय चुनाव हुँदा नेपाली काँग्रेसले दुई तिहाई बहुमत त प्राप्त गर्यो तर त्यो टिक्न सकेन ।

२०१७ सालमा तत्कालीन कथित राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईरालालाई सत्ताच्युत गरि शासनको बागडोर हातमा लिए । फलत नेपाली जनताको प्रजातन्त्र प्राप्तीको सुनौलो सपना चकनाचुर भयो र देशले ३० बर्षिय पञ्चायती कालरात्रीको सामना गर्नु पर्यो । अनेक प्रकारका घुषखोरी, भ्रष्टाचार, उदण्डता र पारीवारीक स्वार्थमा केन्द्रीत पञ्चायती राजनीतिका बिरुद्धमा जनदवाब बढदै गएपछि २०६३ सालताका जनमत संग्रह त भयो तर कपटपूर्ण ढंगले फेरीपनि सुधारीएको पञ्चायती व्यबस्था नै जनताको चाहना भएको पुष्ट्याई गरियो । र यस्तो लाग्छ कि बहुदलका पक्षका सबैमतहरु कोशीको भंगालोमा रातारात बगे होलान यसको लागि इतिहास साक्षी छ ।

त्यसपछि कांग्रेस तथा बामोर्चाको संयुक्त प्रयासबाट छेडिएको क्रान्तीको आँधिहुरीले पञ्चायतलाई सतहिरुपमा बडारेर त लग्यो । तर जुनसुकै बहानामा २०४६ सालपछि पनि नेपाली जनताले स्वतन्त्र रुपमा सत्ता चलाउन सकेनन् । अघोषित रुपमा राजतन्त्र हावी भएरह्यो ।

२०४६ को कथित परिर्वतनपछि २०४७ मा संविधान जारी भएर चुनाव सम्पन्न भएपनि बहुमतको सरकारले पुरा समय देश हाँक्न सकेन आपसि झै झगडा बेमेल र आन्तरीक किचलोले पार्टी हरु फुटाले तहसनहस भएपछि असन्तुष्ट पक्षले एउटा यस्तो गोप्य योजना बनायोकि त्यो २०५२ फागुन १ गते पछि माओबादी जनयुद्ध नामको हतियारधारी ससष्त्र क्रान्तीका रुपमा सतहमा देखा पर्यो । रोल्पा बाट शुरु भएको यो क्रान्तीले तत्कालीन काँग्रेस तथा एमालेको रवैया र भ्रष्टाचारी  प्रबृत्तिबाट आहत भएका बेरोजगार तथा दमित यति धेरै युवालाई समेटयो कि २०५७ सालसम्म आउँदा यसले पुरै देशमा संगठन विस्तार मात्र फैलाएन एकातिर लालआतंक बढदै गयो भने अर्को तिर यो क्रान्ती अन्तराष्ट्रिय कारण भई विश्वव्यपी समेत भयो ।

यसक्रममा रणनीतिक प्रत्याक्रमणको योजना सहित सरकारसंग माओबादीले गरेका सबै बार्ता सबै असफल हुँदै गएपछि विरेन्द्र राजाको परिवारलाई समुल नष्ट गरि सत्तामा बसेर महत्तकांक्षि योजना बनाएका ज्ञानेन्द्रले राजनीतिक दललाई असक्षम भन्दै सत्ताकब्जाको योजनामा लागेर पूर्वपञ्चहरु सबै सक्रिय हुन थाले । यस्तो परिस्थीतीका कारण गाउँगाउँमा माओबादी आतंक बढदै गयो र जनहत्याका श्रृंखलाहरु रोकिएनन् । आर्मी र नेपाल प्रहरी को ज्जादती यहाँसम्म बड्यो कि आतंककारीको नाममा नाममात्रै मिल्ने निर्दोष नागरिक पनि शिकार भए । वास्तबमा राज्यले नागरिकको सुरक्षा गर्न नसक्नु संक्रमणकाल भन्दा पनि भयानक अबस्था हो ।

यसै सन्र्दभमा राजाले आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन समेत गरर कृतिनिधि विष्ट र तुलसी गिरीहरु सक्रिय भएपछि बडो सुझबुझपुर्ण ढंगले संसदबादी भनिएका एमाले र काँग्रेस सहित का राजनीतिक दल र माओबादी विद्रोहिहरु बीच गोप्यवार्ता भयो । र १९ दिनसम्म राजा तथा प्रतिगमनका विरुद्ध संगठित आन्दोलन चर्कियो । र देशमा लोकतन्त्र नामको अर्को संक्रमण सुरुवात भयो ।

नेपाली जनता विश्वव्यापी चेतनाका दृष्टीले प्रौढ भैसकेको आजको आबस्थामा देश संचालन प्रक्रिया अस्तव्यस्त भइरहेको संबिधानसभाको चुनाब सम्पन्न भयो । बिद्रोही माओबादीहरु सबैभन्दा ठुलो दलका रुपमा व्यबस्थापीका संसदमा उपस्थित भए । माओबादी नेतृत्वमा सरकार बन्यो । बिघटन भयो । देशमा राष्ट्रपती र उपराष्ट्रपति छानिए । संविधान सभा गतिशिल हुन सकेन ।

एमाले नेतृत्वमा सरकार बन्यो । बिघटन भयो । संविधान सभाको म्याद थपियो । फेरी सकिन लाग्यो । फेरी २० औं चरणको चुनाब र नियमावली संसोधन पछि एमालेकै नेतृत्वमा अपुर्ण र अपांग सरकारले देशमा रजाई गरिरहेको अबस्था बिद्यमान छ ।

यसरी २००७ सालयता लगातार देश संक्रमण कालमा नै छ । यसको मुल कारक नेपाली अदुरदर्शी राजनीतिक नेतृत्व र बिदेशी अनाबश्यक चालखेल तथा माओबादी अपरिपक्व राजनीतिक रवैया नै हो ।

रामचन्द्र भट्टराई
पाँचथर

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: