अमेरिकामा १/२ डलर माग्दै गरेका नेपाली पनि भेटेको छु


–नारायण श्रेष्ठ, संचारकर्मी, साहित्यकार

गोरखा घ्याल्चोकमा स्थायी घर भएका नारायण श्रेष्ठ सफल पत्रकार र साहित्यकार समेत हुनुहुन्छ । पत्रकारिताको सिलसिलामा श्रेष्ठ अमेरिका, बेलयातसहित देशविदेशका धेरै ठाउँ पुग्नुभएको छ । बीबीसी वर्ल्ड सर्भिस ट्रष्टको लोकप्रिय ‘साझा सवाल’ कार्यक्रमका प्रस्तुतकर्ताका रुपमा नारायणलाई धेरैले चिन्छन् । प्रस्तुत छ पत्रकार तथा साहित्यकार नारायण श्रेष्ठसँग  मिलन तिमिल्सिनाले गरेको अमेरिका संवाद ।

अमेरिका पहिलोपटक कहिले के शिलशिलामा जानुभएको थियो ?

पहिलोपटक सन २००८ को जुन महिनामा गएको थिएं, अमेरिकामा रहेका नेपालीहरुको संगठन ‘एसोसोएसन अफ नेपालीज ईन अमेरिका¬ए (एएनए) को सम्मेलनमा सहभागि हुनका लागि । अमेरिकाको पूर्वि शहर बाल्टिमोरमा त्यो सम्मेलन भएको थियो ।

कतिपटक पुग्नुभयो अमेरिका र कति समय बस्नुभयो ?

¬अहिलेसम्म तीनपटक अमेरिका पुगेको छु । सन् २००८, २०१० र २०१० मा गरि तीन पटक फरक-फरक प्रसङ्गमा त्यहाँ पुगेको हुँ । तर ती यात्राहरुमा एक महिनादेखि दुई महिनासम्म म त्यहाँ बसेको छु । पहिलो पटक जाँदा एक महिना बसेको थिएँ । दोश्रो र तेश्रो पटक जाँदा अलि लामो बसाई भयो ।

तपाईलाई अमेरिकाको के कुरा राम्रो लाग्यो ?

¬त्यहाँको सामाजिक सुरक्षा प्रणाली र कर प्रणालीले मलाई धेरै प्रभावित गर्यो । कर उठाउने तरिका निकै बैज्ञानिक छ उनीहरुको । सबैले कर तिर्नैपर्छ । तर बार्षिक आम्दानी निश्चित रकम (करिव ३६ हजार अमेरिकी डलर जुन वर्षै पिच्छे परिवर्तन हुन पनि सक्छ) भन्दा कम हुनेले वर्षभरि तिरेको कर फिर्ता पाउँछन । यो कामका लागि उनीहरुले सूचना प्रविधि र ईन्टरनेटको अधिक उपयोग गरेका छन् । हामीकहाँ कर नतिर्ने, कर छल्ने र भ्रष्टाचार गरेको घटनाहरु निरन्तर आईरहंदा त्यस्तो तरिका अपनाउन सकियो भने कति राम्रो हुन्थ्यो जस्तो मलाइ लाग्छ । त्यस्तो प्रणाली अपनाउन सके कसैले पनि आफूले तिर्नुपर्ने कर छल्न सक्दैन । भ्रष्टाचारका काण्डहरु पनि सायद कम होलान् । कसैले भ्रष्टाचार गरिहाल्यो भने पनि संवन्धित निकायलाई खोज्न सजिलो हुनेछ ।

त्यसबाहेक त्यहाँ सरकारी प्रणालीहरु एक अर्काबीचमा जोडिएको, ईन्टिग्रेटेड भएको पनि मलाई मन पर्यो । जस्तो तपाईले ट्राफिक नियम उलंघन गर्नुभयो भने त्यसको असर तपाईले तिर्नुपर्ने वार्षिक स्वास्थ्य बिमादेखि करको दायरासम्म पर्दो रहेछ । यसले गर्दा मानिसहरुलाई दूर्घटना कम गर्न वा कुनै आपराधिक काममा संलग्न नहुन प्रेरित गर्दो रहेछ । यो कुरा पनि मलाई निकै अनुकरणीय लाग्यो । र त्यहाँको सडक संजाल त साँच्चै नै विशाल छ ।

अनि मन नपरेको कुरा नी ?

¬अमेरिकी समाज एकदम चलायमान छ । यो अमेरिकी समाजको मुख्य गुण नै हो । प्रतिष्पर्धात्मक छ । तर त्यो जहिले पनि पैसा र नाफाको पछि कुदिरहे जस्तो मलाई लाग्यो । मानिसहरु नितान्त व्यक्तिवादी लागे । भौतिक सुख र बजारलाई सबैकुराको केन्द्रमा राखेको मलाई त्यती राम्रो लागेन ।

 नेपालीको अबस्था कस्तो पाउनुभयो अमेरिकामा ?

¬ फरक फरक अवस्थाका नेपालीहरुलाई मैले त्यहाँ भेटेको छु । कोही साँच्चै राम्रो आर्थिक र सामाजिक हैसियतमा छन भने कोहि त्यो समाजमा आफूलाई स्थापित गराउन संघर्षरत छन । धेरैजसो विद्यार्थीहरु पढाईखर्च जुटाउनमै तल्लीन छन् । विश्वविद्यालयका प्राध्यापकदेखि सडकमा माग्न बसेकासम्मलाई भेटें । न्यूयोर्कमा कुलतमा फसेर नसाले चूर एकजना तत्रेरीलाई मैले १/२ डलर माग्दै गरेको भेटेको छु । तर एउटा रमाईलो पक्ष के देखें भने हरेक जसो नेपालीले त्यहाँ बसेर पनि एकआपसमा भेट हुँदा नेपालको बारेमा कुरा गरेकै हुन्छन, चिन्ता देखाएकै हुन्छन् भलै त्यो चिन्ता सतही वा देखावटी मात्र किन नहोस् ।

त्यहाँ रहेका पत्रकाहरुले संचारसंस्था पनि चलाईरहेका छन्, त्यसले नेपाललाई चिनाउन कत्तिको सहयोग पुर्याएको छ ?

¬अमेरिकाका प्रायः प्रत्येक शहरमा रहेका नेपालीहरुले पत्रिका निकाल्ने वा अनलाईन र अनलाईन रेडियो चलाएका छन् । संचारमा नेपालीहरुको यस्तो संलग्नताले एक त चलायमान अमेरिकी समाजको गुणलाई नेपालीले पनि पक्डन खोजेजस्तो देखिन्छ भने अर्को, नेपाली नेपाली बीचको सम्पर्क र समुह निर्माणका लागि त्यस्तो गतिविधिले उनीहरुलाई सघाएको छ । कति शहरमा त आ¬आप्mनो गुट निकटको प्रकाशन पनि छ । यस्तो चैं न्यूयोर्क जस्तो पचासौं हजार नेपाली भएको शहरमा सम्भव छ । ती संचार माध्यमहरुले खासमा नेपाली पाठकलाई नै लक्षित गरेर कन्टेण्ट छाप्ने र प्रसारण गर्छन । त्यस अर्थमा ती सामग्रीहरु अमेरिकाको अरु समुदाय भन्दा पनि नेपाली र नेपाली अमेरिकीहरुकै लागि लक्षित छन् । त्यसैले यसले त्यहाँको बृहत्तर अमेरिकी समाजमा नेपाली विषय वा नेपाली समाज चिनाउने कुरा अहिलेकै लागि चैं यथार्थ भन्दा अलि बढि कल्पना हो कि जस्तो लाग्छ । तैपनि केहि प्रकाशनले स्थानीय राजनीतिक दल वा समाजमा केही प्रभाव सिर्जना गर्न प्रयास गरेका छन र तिनीहरु केहि हदसम्म सफल पनि भएका छन् ।

अर्को कुरा अमेरिकी समाजमा नेपालीलाई चिनाउन त्यहाँको मिडियाले सक्ने या नसक्ने भत्रे चाहिं कति ठूलो नेपाली समाज बनेको छ र त्यो सोसाईटिको अर्थतन्त्र कति बलियो छ भन्ने कुराले पनि निर्धारण गर्छ । नेपाली अमेरिकी समाजको त्यस्तो हैसियत अहिल्यै बनिसकेको छैन । त्यसैले मिडियाले नेपाली पहिचान स्थापित गरिदिने भत्रे पाटो त्यती सक्षम छ जस्तो मलाई लाग्दैन । तैपनि भविष्यमा नेपाली समाज बढ्दै गयो भने यो सम्भव हुन पनि सक्छ ।

कस्ता विषयलाई प्राथमिकता दिएका छन् ती सञ्चारमाध्यमले ?

¬त्यहाँका अधिकाँश मिडिया नेपाली पाठक र श्रोताका लागि लक्षित भएकाले त्यसको कन्टेन्ट पनि नेपाली नै हो । धेरैजसो पत्रिकाको समाचार श्रोत नेपालबाटै र डिजाईन पनि काठमण्डौमै हुन्छ । त्यसैले पत्रिका अमेरिकामा छापिए पनि त्यसमा काठमाण्डौ बोल्छ, नेपाल छापिन्छ । ती खबरहरुले नेपाली पाठकहरुलाई सूचित गरेका हुन्छन् । त्यसमा राजनीति, नेपाली सिनेमा अनि खेलकुदका खबरहरु छापिएका हुन्छन् ।

त्यहाँ गएर संचारमाध्यममा काम गर्नु कत्तिको सजिलो रहेछ ?

¬बिल्कुल सजिलो छैन । किनभने अधिकाँश सञ्चारमाध्यममा काम गर्ने नेपालीहरुका लगि संचारकर्म पूर्णकालिन पेशा हैन । उनीहरुको पेशा छुट्टै हुन्छ । नेपालमा हुँदा पनि संचारमै काम गरेको हुनाले केहि गरौं न त भत्रे मोहका कारण अधिक पत्रिका छापिएका हुन् । भत्रुको मतलव उनीहरुले पुरा समय सञ्चारमाध्यमलाई दिन सक्दैनन् । मात्रै आप्mनो मुख्य कामबाट बचेको समय दिने हो । यो त फ्रिलान्स वा पार्टटाईम काम जस्तो हो । त्यसबाहेक खबरको श्रोत नेपाल भएकाले त्यहाँ बसेर समाचार पाउन पनि कठिन हुने नै भयो ।

त्यसबाहेक विदेशी संचारमाध्यम जस्तो सिएनएन वा फक्स च्यानल आदिमा नेपाली संलग्नताको कुरा गर्ने हो भने तिनीहरुमा नेपाली उपस्थिती झण्डै सून्य छ भन्दा पनि हुन्छ । नेपालीहरुलाई भाषा लगायतको समस्याले यस्तो पर्खाल खडा भएको हो । तर पछिल्लो समयमा केही तन्नेरी युवाहरुले सिएनएनमा काम गरेको मैले भेटेको पनि छु ।

नेपाल र अमेरिकावीच राम्रो र नराम्रो पक्षमा तुलना गर्दा के पाउनुभयो ?

¬अमेरिकाको अर्थतन्त्र राम्रो छ । सडक लगायत भौतिक पूर्वाधार राम्रा छन् । काम गर्न निश्चित तरिका वा प्रणाली छन् । बाँच्न पाउने अधिकार सुनिश्चित छ । कुनै एकजना भएपनि आप्mनो नागरिक अप्ठेरोमा पर्यो भने सरकारले त्यसको रेखदेख वा सोधखोज गर्छ । यी अमेरिकी समाजका केही राम्रा पाटा हुन् । तर नराम्रा पाटा पनि छन् । जस्तो समाज अत्यन्त व्यक्तिवादी बत्राले एकले अर्काको कत्ति पनि मतलव नगर्ने ब्यक्तिबादी सोच छ । अमेरिकाका ती बैभव नेपालसंग छैन । नेपालमा सरकारले आफ्ना नागरिकको ख्याल गर्न पनि सक्दैन । तर नेपालको संस्कार नागरिक आफैले एकअर्काको ख्याल गर्छ, निकट सम्वन्ध बनाउँछ । यो पक्ष नेपालको राम्रो छ । सारमा भन्दा उनीहरुको व्यक्तिगत जिन्दगी भद्रगोल भएपनि सार्वजनिक जीवन संयमित छ भने यतातिर जीवनको सार्वजनिक पाटो भद्रगोल भएपनि व्यक्तिगत पाटो भने संयमित र भद्र छ ।

हजारौं युवा हरेक बर्ष अध्ययन र रोजगारीका लागि अमेरिकातिर पलायन हुन्छन । उनीहरु नेपाल फर्कन सक्छन त अब ?

¬अन्यन्तै कमलाई छोडेर बाँकी सबै अमेरिका पुगेका युवा नेपाल फर्केलान जस्तो मलाई लाग्दैन । खाली स्वदेश फर्कनु पर्छ भत्रे भावनामा बगेर त कोही नफर्कलान ! नफर्कनुमा आधारहरु छन् । स्वच्छ मनले सोचौं न¬ अमेरिकाबाट फर्किनलाई के छ त आधार नेपालमा ? दिनको १६ घण्टा बिजुली बल्दैन । केही गर्न खोज्यो कि त घुस खुवानु पर्छ कि अधिकारको मात्रै कुरा गर्ने युनियनले हतोत्साही पार्छ । जताततै बेथिती छ, चन्दा आतंक छ । यसो भन्दा फर्कन ईच्छुकहरुलाई हतोत्साही पार्न खोजेको हैन । नेपाल आउन चाहनेहरुले के तयार हुनुपर्छ भने सबै बेथिती, हजार तगाराहरु छन घरभित्र र पनि म त्यसलाई सकारेरै केही गर्छु भत्रे मानसिकता बनाउनु पर्छ । त्यो मानसिक तयारीपछि आएकाहरु मात्रै टिक्न सक्छन । हैन भने बाँकी फेरी पलायन हुन्छन् ।

हैन देशमा स्थिरता हुने, आर्थिक उत्रतितर्फ देश लाग्ने हो भने चीन र भारतमा युवाहरु फर्के जस्तै नेपालमा पनि फर्किन्छन् । अन्यथा कोरा देशभक्तिको गाना बजानामा आजका युवा ‘आफ्नै देश महान’ भनेर बस्लान जस्तो मलाई लाग्दैन । यद्यपी ती युवाहरु फर्किन्छन जसको सामाजिक पहिचान नेपालमै बनिसकेको छ, वा त्यस्तो पहिचान नेपालमै बनाउन मन लाग्नेहरु फर्किन्छन् ।

अमेरिका भ्रमणका बेला तपाईंको कुनै रोचक घटना छ ?

¬थुप्रै छन् । म न्यूयोर्कको एउटा घटना सम्झन्छु । संसारको ठूला शहर मध्येको एक हो न्यूयोर्क । एकपटक त्यहाँको एउटा नेपाली रेष्टुरेन्टमा जाँदा मैले टेवुलमा उडुस देखें । संगैको नेपाली साथीलाई त्यो देखाएँ । साथीले भनेपछि थाहा पाएँ कि न्यूयोर्क त संसार भरबाट जम्मा भएका थरिथरिका मान्छेको भन्दा ज्यादा उडुसको सहर रहेछ । र त्यसबेलाका नगरप्रमुखले सहरबाट उडुस मार्न ठूलै बजेट पनि छुट्याएका रहेछन । नेपाली साथीको अपार्टमेन्टमा दिउँसोको उडुस घटना सुनाएको त झण्डै मलाई बासै नदिएका ! कारण गजवको रै’छ । प्mयाल्टमा एउटा मात्र उडुस छि¥यो भने पनि त्यसले हजारौं फुल पार्ने र केहि दिनमै पुरै प्mयाल्ट उडुसमय हुन सक्दो रहेछ । त्यस्तो भएको खण्डमा पुरै फ्ल्याट सर्नुको बिकल्प नहुँदो रहेछ । तै दयाले हो कि साथीले त्यस रातको बास चैं दिए ।

अर्को सन २००८ मा जुनमा जाँदा अमेरिकाको पूर्वि तटिय शहर तातो बाफमा डुबेजस्तो थियो । त्यस्तो गर्मी नेपालमा कहिल्यै महसुस गरेको थिईन । तर त्यही शहरमा सन २०१० को अगष्टमा जाँदा दुई फिट अग्लो हिंउ जमिरहेको थियो । खपिनसक्नु जाडो थियो । त्यस्तो मौसम नेपालको कुनै भागमा पनि छैन ।

अमेरिका बसोबास गर्ने नेपालीहरुलाई के सुझाव दिनुहुन्छ ? नेपालको बिकाशमा उनीहरु कसरी सरिक हुन सक्छन ?

¬अमेरिकामा वसोबास गर्ने नेपाली वा नेपाली अमेरिकी, तपाईंहरु सबैको जरा नेपाल हो । पहिलो पुस्ताका नेपाली अमेरिकीबीचमा नेपालको बारेमा कुराकानी भएपनि दोश्रो पुस्ता लागेपछि त्यो नेपाली जरा, नेपालीपना पुस्तान्तरण नहुन सक्छ । त्यसैले तपाईहरुले आफ्ना सन्ततीहरुलाई अमेरिकी संगै नेपालीपना र संस्कृति पनि सिकाईदिनुस् ता कि तिनले भविष्यमा आप्mनो रुटलाई नबिर्सिउन् । अर्को अहिले गैर आवासीय नेपालीहरुका लागि नेपाल सरकारले लगानीका लागि आकर्षित गर्ने प्रयास गरिरहेको छ । अमेरिकामा वस्ने नेपालीहरु जसले राम्रो कमाउनुभएको छ, उहाँहरुले यहाँ लगानी गर्न सक्नुहुन्छ । बाँकीले पनि तपाईको आप्mनो गाउँको एउटा धारो, स्कूलको एउटा कोठा वा सानो पुस्ताकालय जस्ता काम गर्न सघाईदिन सक्नुहुन्छ । त्यति मात्र गर्न सक्नुभयो भने पनि एउटा एउटा साना कामले सिंगो नेपालमा ठूलो परिवर्तन ल्याउन सघाउनेछ । म त विदेशमा रहनुभएका नेपाली दाजुभाइलाई त्यहि अनुरोध गर्न चाहन्छु

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: