चश्मा लगाएपछि कुखुरा मर्न छाड्यो

जनावर वा चराले चश्मा लगाएको तपाईले कहिकतै देख्नु भएको छ ? अवश्य पनि छैन होला । यदि कसैले देखेको दाबी गरे पनि धेरैले विश्वास नै गर्दैनन् । तर यो सत्य हो कि चराले पनि लगाउन मिल्ने चश्मा आजभन्दा झण्डै ६ दशकअघि नै बनेको थियो । जाङ नामका एक चीनियाँ किसानले पनि अहिले घरमा पालेको कुखुरालाई मर्नबाट जोगाउन चश्मा लगाइ दिने गरेका छन् । एकअर्कासाग जुध्दै हरेक दिन झण्डै १० कुखुरा मर्न थालेपछि प्लास्टिकको चश्मा लगाइ दिने गरेको जाङले बताए ।

चश्माले गर्दा सिधा हेर्न गाहृो भई कुखुराहरुले जुध्न छोडेको सिअमेनमा बस्दै आएका जाङले आफ्नो अनुभव साटे । साच्चै भन्दा चश्माले कुखुरालाई हेर्नमा मदत भने गरको छैन । बरु उल्टै हेर्न मात्र हैन, हिडडुल गर्न पनि कठिन बनाएको छ । कुखुराहरु दायाँ या बायाँ मात्र हेर्न सक्छन् । ‘यो नौलो बिचार मलाई मेरै चश्मा हेरेर आएको हो । मलाई लाग्यो कि कुखुरालाई अगाडि हेर्नबाट रोक्न सके जुधाइमा कम आउने थियो,’ जाङले खुसी मुद्रामा भने, ‘अनि कुखुराहरु एकअर्कासाग लड्ने वा जुध्ने थिएनन् ।’

चश्माले काम नगरेको भए बक्सिङ ग्लोभ -पञ्जा) लगाइ दिने सोचेको जाङले बताए । तर परिणाम आफूले सोचेजस्तो भए पछि अब जाङको चिन्ता हटेको छ । यद्यपी कुखुरा जोगाउन चश्मा प्रयोगमा ल्याइएको यो पहिलो घटना भने होइन । १९५० को दशकमा पनि पश्चिमेली मुलुकका किसानहरुले यस्तै उपाय अपनाएका थिए । यस्तै खाले प्लास्टिकको चश्मा लण्डनस्थित ब्रिटिस अप्टिकल असोसिएसन म्युजियममा पनि प्रदर्शनको लागि राखिएको छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: