जापानमा विदेशीको संख्या घट्दो

टोक्यो । जापानमा वैधानिकरूपमा बस्ने विदेशीहरूको संख्या लगातार घट्दै गएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कानुनीरूपमा रजिस्ट्रेसन गरी जापान बस्ने विदेशीहरूको संख्या २०१० को अन्तसम्ममा २१ लाख ३४ हजार १ सय ५१ रहेको छ । यो एक वर्षअघिको विदेशी नागरिकको संख्याभन्दा ५१ हजार ९ सय ७० ले कमी हो ।

२००८ मा विश्वभर छाएको आर्थिकमन्दीका कारण जापानको उत्पादन क्षेत्रहरूमा गरिएको रोजगार कटौतीसँगै ठूलो संख्यामा विदेशी श्रमिक आफ्नै घर फर्किएको मन्त्रालयको तथ्यांक छ । जापानमा तेस्रो ठूलो संख्यामा रहेको ब्राजिलका कामदारको संख्या ३६ हजार ९ सय ४ ले घटी (१३ दशमलव ८ प्रतिशत) २ लाख ३० हजार ५ सय ५२ मा झरेको छ । त्यस्तै, दोस्रो ठूलो संख्यामा रहेको कोरियनको संख्या १२ हजार ५ सय ६ ले घटेर (२ दशमलव २ प्रतिशत) ५ लाख ६५ हजार ९ सय ८९ मा सिमित भएको छ । यद्यपि सबैभन्दा बढी रहेको चिनियाँहरूको संख्या भने १ प्रतिशतले बढेर (६ हजार ६ सय ३८) ६ लाख ८७ हजार १ सय ५६ पुगको छ ।

प्रिफेक्चरअनुसार हेर्दा अइचीमा सबैभन्दा बढी ९ हजार ९ सय ८० विदेशीको संख्या घटी २ लाख ४ हजार ८ सय ३६ मा घटेको छ । यसैगरी, शिजुओकामा ७ हजार ३ सय ४१ विदेशीको संख्या घटी ८६ हजार १ सय ५८ झरेको मन्त्रालयले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: