सँगीता यादव

उनी पर्दामा निकै छुच्ची रुपमा प्रस्तुत हुन्छिन् । हाँस्य टेलीफिल्म तितोसत्यमा निर्वाह गरेको मधेसी महिला सभासद्को भूमिकामा कम्ता छुच्ची देखिएकी छैनन् । तर बास्तविक जीवनमा उनीको मन कोमल छ । पछिल्लो समय हाँस्य भूमिकाका कारण चर्चामा आएकी यी अभिनेत्री हुन सँगीता यादब । बिराटनगर-११ मधुमाराकी सँगीता पछिल्लो सयम विभिन्न भूमिकाका कारण चर्चामा छिन् । तथापि उनलाई तितोसत्यको महिला सभासद्को भूमिकाले अहिले निकै चर्चित बनाएको छ । उमेरले २२ बसन्तमा यात्रारत उनी कलाकार बन्नकै लागि बिराटनगरबाट राजधानी छिरेकी रहिछन्, ‘कलाकार बन्न निकै हन्डर खाईयो । तर दिपाश्री निरौला दिदीको सहयोगले आज तितोसत्य मार्फत चर्चित बन्न पाएकोमा खुसी छु ।’ उनले गँभिर भावमा भनिन् ।


यो क्षेत्रमा आर्थिक र मानसिक शोषण भएको अनुभव उनीसँग छ,’तर भगवानको कृपाले अहिलेसम्म शारीरिक शोषित हुनु परेको छैन र त्यस्तो दिन पनि देख्नु नपरोस ।’ उनले भनिन् । सेक्सलाई उर्जा मान्ने सँगीता सेक्सबारे भन्छिन्,’प्रकृतिले सृष्टिलाई निरन्तरा दिन नै सेक्सको सृजना गरेका हुन् । यदी सेक्समा त्यो सुखभोग भगवानले नदिएको भए न प्राणीले सन्तन जन्माउँथ्यो, न सृष्टि चल्थ्यो ।’ त्यसैले सेक्स प्रकृतिको उपज हो भन्छिन उनी,’यसो भन्दैमा विवाह अघि यौन सम्बन्ध राख्नु पर्छ भन्दिन म । यदी विवाह पूर्व नै यौनसम्बन्ध राख्दै हिँड्ने हो भने विवाह किनु गर्नु पर्‍यो र हैन त ?’ निकै लामो हाँसोका खित्का छाड्दै उनले प्रति प्रस्न गरिन् ।
त्स्विरः रमेश सुबेदी
सृङ्गारः बिनी लिम्बु, यु-नि-क हेयर एन्ड
ब्युटिकेयर सेन्टर बागबजार
पहिरनः कस्तुप फेन्सी स्टोर नयाँ बानेश्वर

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: