जो जे हौ, सुन र गुन

रु, दुई र फुई तीन चीज
चाहिन्छ जाडामहाँ
दुःखी छु रुई, फुई छन् तर पनि
दुई नहुँदा महाँ ।
यी हरफ रच्ने शीतकालीन एकल वैरागी मोतिराम भट्ट हुन् क्यारे । संस्कृतका न्वारानकर्मी पण्डितहरूले यिनलाई ‘शृंगारिक’ कविको पगरी गुथाइदिए । यो क्लिष्ट पगरी हो । मोतिराम बाजेलाई भन्नुपर्ने त रसिक कवि वा झिल्के कवि पो हो । यी रसिक कविले सरस भाषामा सरल झिल्के कविता रचेर साहित्यलाई जनसाधारणछेउ पुर्‍याए । भनुँ भने यो साहित्यको जनवादीकरणतर्फको ठूलै फड्को हो ।
जाडो याम थियो । मेरो घरमा रुई र दुईको दुःख थिएन । तर, उमेर घर्किंदै जाँदा दुईको आंगिक मिलन तटस्थ हुँदै जाँदो रहेछ । मेरो पनि कथा यस्तै छ । यो एमाले र मधेसी दलहरूको जस्तो कतैबाट निर्देशित रोबोटीय तटस्थता होइन । यो वानप्रस्थउन्मुख नैसर्गिक तटस्थता हो । म तटस्थताकर्मीको आँगनमा साँझको हल्का अँध्यारो झर्‍यो । सम्साँझै रुईभित्र डल्लो पर्ने कुरो भएन । लोडसेडिङ आतंकले गर्दा घरबाट फुई हराएको थियो । सोचेँ, नवनरेशजस्ता लाग्ने यादव र माधवका दरबारमा त फुईको प्रचूर राप र ताप होला नै, मजस्ता अकिञ्चन जनहरूका घरमा छैन । छ त केवल अन्धकार, ठन्डी र उराठमात्र छ । अब गर्ने के ? सुत्नुअघि थुप्रो समय बाँकी छ । तर, समय बियाँल्ने साधन केही छैन । पुस्तक, कम्प्युटर, टेलिभिजन सबै नै लोडसेडिङ आतंकको छायामा परेर मूच्छिर्त अवस्थामा छन् । फुई नहुनाको दुःखले वैराग्यको मुद्रामा म घरबाट बाहिर निस्केँ । र, पुगेँ म दिक्छेन भोटेको चिया कम सुरा पसलमा । त्यहाँ फुई भए हल्का तरल तत्त्वका साथ पढेर समय बिताउनुपर्ला भनेर मैले एउटा पुस्तक बोकेको थिएँ ।
जाडाको अतिशय चापले होला, पसल सुनसान थियो । पसलमा नवप्रवेशी काँचा वाइसिएलहरू थिएनन्, जग्गाविद्हरू थिएनन्, ट्यापेहरू थिएनन्, तस्करहरू थिएनन् । न त राजभक्त मण्डलेहरू नै थिए । मलाई रुघा लागेको थियो । र, जाडाले कठाङ्गि्रएको थियो मेरो ज्यान । कालो कफी मागेँ । र, मागेँ एक पेग रम र एक गिलास तातो पानी पनि । पसलमा फुई हाजिर थियो र सिलिङमुनि धमिलो बत्ती पिल्पिल् बलिरहेको थियो । टेबुलमा रिजार्च हुँदै गरेको इमर्जेन्सी लाइट बालेँ । र, कालो कफी र न्यानो रमको समानान्तर चुस्कीसँगै म पुस्तक पढ्न थालेँ । पसलको शान्ति र मेरो एकाग्रतामाथि बलात् आक्रमण गर्दै हठात् तुफानी गतिमा दुई थान मनुवा आए । ‘दाइ’ र ‘सर’को साइनो लाएर तिनले मलाई अभिवादन टक््रयाए । गडेर हेरेँ, एउटा मैमत्त भाले अर्नाजस्तो छ, अर्को छ झम्टाकारी चितुवाजस्तो । सके ती जग्गाजग्गामा हिटर ताप्दै आएका हुँदा हुन् । तिनका कुराबाट लख काटेँ, ती थुनामुक्त भएका आप\mना आदर्श नायक पारसको जयजयकार गरेर फर्केका रहेछन् । ती विजयोन्दमा थिए । तिनले धरती छाडेका थिए ।
यता म सुन्दो छु, उता तिनको वार्तालाप सुरु भयो । तिनले राजनीतिक दलका नेताहरूलाई छारस्ट गाली गरे । पहिले खाने एउटा थियो, अहिले छ सय एकजना चिमोटी-चिमोटी खाएर मुलुकलाई कंगाल बनाउँदै छन् । यिनलाई कुट्नुपर्छ, यिनलाई काट्नुपर्छ, यिनलाई एकै चिहान बनाउनुपर्छ । बस्, तिनको वार्ताको मंगलाचरण यसरी भयो । त्यसपछि तिनको वार्ता राष्ट्रियतातर्फ लहसियो । राष्ट्रियता खतरामा छ, तिनले उद्घोष गरे । र, सनातनी भाकामा तिनले नेपालको ‘सिक्किमीकरण’, ‘भुटानीकरण’, ‘फिजीकरण’, ‘अफगानीकरण’ आदि नानावली करणहरूको वचनवषर्ा गरे । र, यी सब करणहरूको आसन्न खतराबाट मुलुकलाई जोगाउने एकमात्र देशभक्त, ओजस्वी र तेजस्वी वीर ‘श्री ५ ज्ञानेन्द्र’ हुन् भनी तिनले ठोकुवा गरे । तिनको टेबुल थरीथरीका पाक-परिकारहरूले टनाटन भरियो । र, त्यो ह्वीस्कीको फुल बोतलले शोभायमान पनि भयो । आँबाट अलंकार बुझ्दै मैले महसुस गरेँ — तिनले त्यो सब मलाई सुनाएका हुन् ।
यहाँनेर तिनले आप\mनो राष्ट्रवादी सहयात्रीको चिनारीको सगर्व खुलासा गरे । चितुवा-मानवले भन्यो — यो देशमा खाँट्टी राष्ट्रवादी कि हो हाम्रा कमल थापाको राप्रपा, कि हो माओवादी, अरू कुनै भाते होइन । भावुक भएर उसले यसो भन्न पनि भ्याइहाल्यो — राप्रपा-कमलले केही गर्न नखोजेे म सुरुसुरु माओवादीमा जान सक्छु । कुराको दुरुह चुरो बुझ्न मैले गम खाएँ । र, माओवादीले घुमाउरो पाराले राजावादीको हंसमा राष्ट्रवादीको अंश छ भन्ने गरेको प्रसंग मेरो मथिंगलमा मडारियो । मलाई दिगमिग लाग्यो । र, भनन्न रिँगटा लाग्यो मलाई । अनि मलाई टेबुलमाथि उभिएर गगनभेदी स्वरमा मोहनराज शर्माको शैलीमा चिच्याउन मन लाग्यो, सुन, सुन र सुन ! पश्चगामी, राष्ट्रवादी सहयात्रीको कथन प्रचण्ड सुन, किरण सुन, बाबुराम सुन ! सुन, गुन र राष्ट्रवादको परिभाषा नढाँटीकन जगत्लाई भन !
विषाक्त वार्ता जारी थियो । वार्ताकार मात्तिँदै गए र पात्तिँदै गए । अर्ना-मानवले सर्वनासी क्रोधको चरम् चुलीमा उभिएर भन्यो, अब यो देशमा केही हुन्छ, बेर लाग्दैन । यति भनेर उसले मलाई पुलुक्क हेर्‍यो । के हुन्छ, बन्धु ? मैले जान्न खोजेँ । के हुन्छ होइन, के हुनुपर्छको कुरा हो यो । शब्दशब्दमा जोड दिएर उसले भन्यो । के हुनुपर्छ त ? मैले जिरह गरेँ । यो मुलुकमा आगो बल्नुपर्छ, आँधी उठ्नुपर्छ, बबन्डर हुनुपर्छ, सारा सडकमा रगतका खोला बग्नुपर्छ । कसरी पर्छ, बन्धु ? मैले कुत्कुत्याएँ । त्यसपछि अर्नाले जे भन्यो, त्यो सुनेर झन्डै मेरो होस गुम भयो । उसले भन्यो, कुरो सजिलो छ । पशुपतिको मन्दिरमा एउटा गाई काट्नुपर्छ । घन्टाघरछेउको मस्जिदमा एउटा सुँगुर काट्नुपर्छ । र, कुनै गिर्जाघरमा एउटा बाइबल पोल्नुपर्छ । बस्, अनि पर्लय हुन्छ । त्यो पर्लयको गर्भबाट केको जायजन्म हुन्छ, बन्धु ? सानो साइजमा बसेर मैले सोधनी गरेँ । राजतन्त्रको, ओठका टुप्पामा झुन्डिएको उत्तर उसले टेबुलमा पछार्‍यो ।
म हतप्रभ भएँ । त्यो चरम् हतासा, त्यो कुत्सित कामना, त्यो मानवद्रोह, त्यो नरसंहारमोह — कति कुरूप र भयावह थियो त्यो ! चनाखो हुँदै चितुवाले इसाराले अर्नालाई केही भन्यो । र, अर्नाले मौन व्रत धारणा गर्‍यो । अनि तिनको वार्ताको विषय राष्ट्रवादबाट जग्गा दलालीको अंशभागतर्फ मोडियो । तिनले मल्लयुद्ध गर्ने मुद्रा धारण गरे । र, मूर्खसँग दैव डराको उक्ति सम्भ“mदै काखीमुनि पुस्तक च्यापेर म फुईविहीन गुँडतिर कुदेँ ।
अलि दिनपछि उही थलो र उस्तै परिवेशमा अन्य दुई मन्डले बन्धुको वार्ता भयो । वार्ताको अन्तर्यमा उही पुरानो विषयको निरन्तरता थियो । मलाई सुनाउने मनसुवाले मोटे मन्डलेले भन्यो — जे गर्छन्, हाम्रा पञ्चपान्डवले गर्छन् । तिनका पञ्चपान्डवलाई चिन्न मलाई औधी खसखस लाग्यो । र, सोधेँ — राजमहलका पञ्चपान्डव कोको परे
बन्धु ? ज्ञानेन्द्र शाह, रुक्मांगद कटवाल र कमल थापा — उसले फटाफट भन्यो । यी तीनोटै नामका अगाडि उसले झल्झलाकार अलंकार जडान गरेको थियो । अनि बाँकी दुई पान्डव ? मैले प्रश्न तेस्र्याएँ । भन्नुहुने हो कि होइनको भावमा वार्ताकारले मुखामुख गरे । र, च्याँसे मन्डलेले प्वाक्क भन्यो, हाम्रा बाँकी दुई पान्डव खड्गप्रसाद ओली र खुमबहादुर खड्का हुन् । अहो ! त्यो सुनेर मैले आप\mनै कानलाई पत्याउन सकिनँ । खड्गप्रसाद ओली र खुमबहादुर खड्का पश्चगमनको कुरुक्षेत्रका दुई पान्डव ! हो, मोटेले रहस्य खुलायो । पहिले यी कुमार्गमा थिए, अहिले बुद्धि फर्केर यी हाम्रो सुमार्गमा आए । यी हाम्रा आशाका केन्द्र हुन् । यी हाम्रा भरोसाका खम्बा हुन् । आखिरीमा ढलेको सिंहासनलाई उठाइदिने हाम्रा ‘धीर’, ‘गम्भीर’, ‘वीर’ र ‘उदार’ मानव यिनै हुनेछन् ।
अहो ! संसार कहाँबाट कहाँ पुगिसकेछ ? विद्रूप कुराको वीभत्स चुरोबारे गम्दै मैले मुख छोपेँ । अनि, खड्गप्रसाद र खुमबहादुर नारिएका राजनीतिक दलका अन्य नेताबारे मैले जान्न खोजेँ । तिनमध्ये केहीलाई तिनले आप\mना मान्छे भने । र, अरूलाई दिल्लीका दलालमा थान्को लगाए । र, तिनलाई कुट्नैपर्ने, काट्र्नेपर्ने र तिनको एकै चिहान बनाउनुपर्ने उही पुरानो रट तिनले दोहोर्‍याए । सुनेर म संज्ञाशून्य भएँ । राजनीतिको सतहमुनि फत्किन लागेको यो पश्चगामी खिचडीको सन्देश के हो ? मलाई टेबुलमाथि उभिएर गगनभेदी स्वरमा चिच्याउन मन लाग्यो, सुन, सुन र सुन ! कांग्रेसीगणका सुशील दा सुन, शेरबहादुर सुन, रामचन्द्र सुन ! एमालेमहलका झलनाथ सुन, वामदेव सुन, घनश्याम सुन ! सुन, गुन र भन, तिमीहरू को हौ र कता हिँडेका हौ ? तिमीहरू कसका आप\mना र कसका परचक्री हौ ?

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: