मुस्ताङमा बहुमूल्य युरेनियम भण्डार / उत्खनन गरे मुलुकको कायापलट प्रधान न्यायाधीश नै लबिङमा

विकास भट्टर्राई (काठमाडौं) प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ युरेनियममार्फ नेपाललाई अति धनी देश बनाउन विभिन्न निकाय तथा व्यक्तिलाई गुहार्न थाल्नुभएको छ। उहाँले युरेनियमका बारेमा अति चासो दिई सरकारका उच्च पदाधिकारीसँग पनि छलफल थाल्नुभएको छ।

मुस्ताङको लोमाथाङकामा प्रशस्त युरेेनियम भएको प्रधान न्यायाधीशलाई विश्वास रहेको छ। त्यहाँबाट युरेनियम उत्पादन गरी देश सम्वृद्ध भएको हर्ेन प्रधान न्यायाधीश चाहनुहुन्छ।
प्रधान न्यायाधीश श्रेष्ठ १० वर्षघि पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीश हुँदा संयुक्त राष्ट्रसंघमा जागिरे भएका भारतीय एक वैज्ञानिकले लोमाथाङकामा अत्यधिक मात्रामा युरेनियम भएको उहाँलाई बताएका थिए।

हाल उहाँ न्यायपालिकामा सर्वोच्च पद सम्हालेपछि यसबारेमा सम्बन्धित सरकारी निकायको ध्यान खिच्न विभिन्न उपाय गर्दै आउनुभएको छ। प्रधान न्यायाधीश श्रेष्ठले यसबारेमा आफूले सक्दो कोसिस गर्ने बताउनुभएको छ।

भारतीय ती वैज्ञानिकले नेपालले यदि लेमाथाङकाबाट युरेनियम उत्पादन गरेमा नेपाल अति धनी देश हुने बताएका प्रधान न्यायाधीशले जानकारी दिनुभयो। युरेनियम उत्पादन गर्न थालेमा नेपाली जनतासँग एक सय वर्षम्म पनि एक पैसा कर नलिए पनि हुने भनी आफूलाई ती वैज्ञानिकले बताएका प्रधान न्यायाधीश श्रेष्ठले नेपाल समाचारपत्रलाई उल्लेख गर्नुभयो।

प्रधान न्यायाधीश श्रेष्ठले ती वैज्ञानिकले लेमाथाङकाबाट माटो लगी परीक्षण गरेपश्चात आफूलाई युरेनियमको बारेमा बताएका जनाउनुभयो। वैज्ञानिकले पाँच किलो माटो लेमाथाङकाबाट कसैले लगेमा झन्डै ७० हजार भारतीय रुपियाँबराबरको नेपाललाई नोक्सान पर्ने पनि आफूलाई बताएका श्रेष्ठ उल्लेख गर्नुहुन्छ।
न्यायिक उच्च पदमा रहेका श्रेष्ठले यसबारेमा जानकारी दिन सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवलगायत उच्च पदस्थ व्यक्तिलाई केही दिनअघि आŠनो कार्यालय सर्वोच्च अदालतमा डाकी विभिन्न किसिमबाट छलफल गर्नुभएको थियो।

उहाँले भन्नभयो- ँमैले सरकारका उच्च पदमा रहेका पदाधिकारीसँग यसबारेमा गहन रूपमा छलफल गरेको छु। उनीहरू सकारात्मक भएका मैले पाएको छु।’

मुख्य सचिवले पनि यसबारेमा विभिन्न ठाउँमा युरेनियमको बारेमा छलफल अगाडि बर्ढाई चासो दिइरहनुभएको आफूले पाएको प्रधान न्यायाधीश श्रेष्ठले बताउनुभयो।

प्रधान न्यायाधीश श्रेष्ठले कुरा गर्दै भन्नुभयो- ँभारतीय ती वैज्ञानिकले त्यत्तिकै हचुवाको भरमा त्यो कुरा भनेका होइनन्। उनको भनाइमा एकदम सत्यता छ भन्ने मैले विश्वास गरेको छु।’ आफूले यसबारेमा लगातार कुरा उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: