दुताबासमा भुतावास !

नेपाल-भारत संबन्ध बिग्रनुको कारण राजनैतिक नभएर धार्मिक र साँस्कृतिक रहेको तथ्य फेला परेको छ । कामठण्डौमा सम्पन्न एसियाली झाँक्रीको संस्था ‘इस्क्याप’को प्रथम सम्मेलनले यो निचोड निकालेको हो । काठमाण्डौ स्थित भारतीय दुताबास छेउमै भएको जमीम शाहको हत्या, कलकत्तामा कान्तिपुरको प्रिन्टप्रतिको रोकावट, दुताबासबाट सभासद् रामकुमार शर्मालाई आएको ज्यानमार्ने धम्की, रियलजुसको ‘किराकाण्ड’मा पत्रिकाहरुमाथीको गाली गलौजजस्ता घटनाहरुको बिश्लेषण गर्दै उक्त संस्थाले भनेको छ- ‘उपरोक्त सबै घटनाहरु दुताबास परिसरमा रहेका ‘अतृप्त आत्माहरु’ कारणले भएको हो, बेलैमा मन्साउन नसके नेपाल-भारत संबन्ध थप बिग्रन सक्छ ।’  भुटानका बरिष्ठ झाँक्री लामा ग्याल्बो नवाङ् भन्छन्-‘एम.आर.पी.भारतमा छाप्ने कुरो ठप्प भएपछि काठमाण्डौस्थित भारतीय दुताबास परिसरमा भूतको चलखेल बढेको राष्ट्रिय झाँक्री परिषदले जनाएको छ । दुताबास छेउमै जमीम शाहको’अज्ञात शक्ति’द्धारा हत्या भएपछि परिषद भूतको खोजीमा सक्रिय भएको थियो । लगत्तै माओवादी सभासद् रामकुमार शर्मालाईं दुताबासबाट ज्यान मार्ने धम्की आएपछि दुताबास स्वयमले पनि छानबिन समिति बनाएको थियो । समितिले पनि कुनै अधिकारीबाट नभईं ‘अज्ञात भुत’ले त्यो फोन गरेको आशंका गरेको छ । दुताबासका नाममा कलकत्ता परिसरमा कान्तिपुरको कागज रोक्ने, भारतीय कम्पनीको रियल जुसमा किरा मिसाउने समाचार छाप्दा पत्रिकालाई पनि धम्क्याउनेजस्ता घटनाहरु बढ्न थालेपछि ‘नेपाल – भारत झारफुक मंच’ भुतप्रेत पन्छाउने उपाय खोजिरहेकाछन् ।  प्रधानमन्त्रीका बिशेष दुत , सरकारका दुत वा राजदुत, अमुल दुधजस्ता दुतहरु नेपाल आउने क्रम बढि रहेको सन्दर्भमा उपरोक्त गतिबिधिमा पनि कुनै भूतकै हात रहेको ‘राष्ट्रिय ज्योतिष मंच’का अध्यक्ष राधारमण उपाध्याय बताउँछन् । उनि भन्छन – ‘पक्कैपनि यसमा यमदुतको हात हुनुपर्दछ ।’ केहीले यो भूत देखेको पनि बताएकाछन् । अग्लो, कालो दाह्री पालेको, ख्याउटे रुपको यो भूत बेला बेला बिभिन्न राजनैतिक पार्टीका नेताका घरमा छिर्ने,सरकारी सचिबलाइ हप्काउने गर्दछ । बेलैमा ढ्याङ्ग्रो ठटाएर प्रेतलाई नमन्साउने हो भने नेपाल-भारत थप संकटमा पर्ने कुरा ‘दक्षिण एसियाली धामी-झाँक्री ऐक्यवद्धता अभियान’ अध्यक्ष नकिउल्लाह प्रसाद शेर्पाले बताएकाछन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: