दीपकको गाउँमा दीपावली

काठमाडौं, मंसिर ७ (नागरिक)- सतुंगल गाविसको बोसिगाँउ यतिखेर चर्चामा छ। आफ्नो गाउँलाई देशव्यापी चर्चामा ल्याउने काम गरेका छन्, मुक्केवाज दीपक महर्जनले। आफ्नोसँगै दीपकले गाउँको नाम राख्‍न सकेकोमा स्थानीयवासी दंग छन्। उनले चीनको ग्वाङझाउमा जारी एसियाली खेलकुदबाट देशका लागि कम्तीमा कांस्य पदक पक्का गरिसकेका छन्।
तर, सिंगो देशसँगै उनको गाउँ चाहन्छ दीपकले त्योभन्दा ठूलो उपलब्धि हासिल गरून्। त्यसैले एसियाडमा दीपकलाई थप सफलता मिलोस् भनेर बोसिगाँउका बासिन्दा मंगलबार साँझ दीपकको घरअगाडि अवस्थित भैरव मन्दिरमा भेला भएर दीप प्रज्वलन गरे। बाक्लो उपस्थिति र स्थानीय धिमेबाजाको तालसँगै साँझमा दीप प्रज्वलन गरेर स्थानीय बासिन्दाले दीपकको सफलता कामना गरे।
पुरुष ८१ केजीमा प्रतिस्पर्धा गरिरहेका बक्सर दीपक बुधबार फाइनल पुग्न भारतीय खेलाडी दिनेश कुमारसँग भिड्दै छन्। ‘गाउँको मात्र होइन दीपकले देशकै इज्जत राखेको छ। हामी निकै गौरवान्वित भएका छौं,’ बोसिगाउँ स्पोर्टस क्लबका सल्लाहकार निश्चित महर्जन भन्दै थिए, ‘एसियाडमा थप सफलताका लागि हामी आज यहाँ जम्मा भएर दीप प्रज्वलन गरिरहेका छौं। ‘
शुक्रबार थाई खेलाडमाथि ४-० को प्रभावशाली जित पाएपछि दीपकले सन् १९९० बेइजिङ एसियाडपछि बक्सिङबाट पहिलो पटक पदक पक्का गरेका हुन्। चीनको बेइजिङबाट अन्त्य भएको नेपाली खेलाडीको बक्सिङ पदकको सिलसिलालाई दीपकले चीनकै ग्वाङजाउमा पुगेर जोडेका छन्।
‘वास्तवमा भन्ने हो भने दीपकले बक्सिङको मात्र होइन सारा देशबासीको शिर उच्च पारेका छन्,’ नाताले दीपकका दाजु एवम् कराते प्रशिक्षक संघरत्न महर्जनले भने, ‘अहिलेसम्म पदक पक्का गर्ने त दीपक मात्र भए। उसले देशकै खेलको इज्जत जोगाउन काम गरेका छन्। यतिखेर बोसिगाउँका बासिन्दा खुसी हुनु स्वाभाविक हो। उसले पाएको सफलतामा खुसी मनाउन र थप सफलताको कामना गर्न यो दीप प्रज्वलन गरेका हौं। ‘
भाइको हौसला बढाउन सबै गाउँले जम्मा भएकोमा दीपकका दाजु श्यामकृष्ण खुसी छन्। ‘भाइको सफलतामा सबै खुसी छन्,’ उनले भने, ‘उसले गर्दा हाम्रो नाम पनि रहन गएको छ। अझै खेलमा प्रगति गरोस् भन्ने चाहना छ। ‘
फलामे टाउको
दीपक स्थानीय र खेलाडीबीच ‘ढक’ नामले परिचित छन्। ‘यहाँ गाउँमा सबैले ढक भनेर चिन्छन्,’ क्लबका सल्लाहकार निश्चित भन्छन्, ‘नेवारीमा ‘नँ’ भनेको फलाम र ‘छ्यों’ भनेको टाउको हो। उनको टाउकोमा जति हाने पनि नदुख्ने भएपछि फलामको टाउको भएको मान्छे ‘नँछ्यों’ भनिएको हो। सानैदेखि बलियो भएकाले उनी त्यही ढक नामले चिनिन्छ। यसै वर्ष दीपकले थाइल्यान्डमा भएको ३२औं किङ्स कपबाट राष्ट्रलाई ३२ वर्षपछि पदक दिलाउने क्रममा कांस्य दिलाए।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: