सदनमा के भयो ?

४ मंसिर, काठमाडौं । बजेट पेस गर्न संसदको रोष्ट्रममा जान लागेका अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि माओवादी सभासदहरुले दुर्व्यवहार गर्दै बजेट ब्रिफकेस खोसेपछि सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने भएको छ ।

शनिबार विहान दुई बजे सकिएको मन्त्रिपरिषद बैठकले अध्यादेशमार्फत् बजेट ल्याउन राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले मध्यरातमा चालू अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको थियो ।

अपरान्ह चार बजे योजना आयोगको कार्यकक्षमा अर्थमन्त्री पाण्डेले आर्थिक वर्ष २०६७/६८ को बजेट बाचन गर्नुहुने छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चारमन्त्री शंकर पोख्रेलका अनुसार राष्ट्रपतिसमक्ष आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र ऋण तथा जमानत अध्यादेश पनि पेस गरिनेछन् ।

बजेट पेस गर्ने भनि भएको सहमतिविपरीत अन्तिम घडीमा निर्णय फेर्दै प्रमुख प्रतिपक्षी माओवादीका सभासदहरुले बजेट पेस गर्ने कार्यक्रम विथोलेका थिए । अर्थमन्त्री पाण्डे बजेट पेस गर्न जाँदा माओवादी सभासदहरुले बजेटको वि्रफकेस खोस्दै बजेट पुस्तिकासमेत च्यातेका थिए । सरकारले मन्त्रीहरुमाथि पनि भौतिक आक्रमण भएको भन्दै आक्रमणमा संलग्न माओवादी सभासदहरुलाई कारबाही गर्न माग गरेको छ । सभासदबाट सभाकक्षको कुर्सी, टेबुल र माइक तोडफोड भएकोमा घोर निन्दा गर्दै त्यसको भ्रत्सना पनि गरिएको छ ।

व्यवस्थापिका संसदको बैठक मंसिर १६ गते अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको छ ।

 
के भएको थियो सदनमा ?
सभामुखले बजेट प्रस्तुत गर्न अनुमति दिएपछि अर्थमन्त्री सुरेन्द्र पाण्डे रोष्ट्रमति अघि बढेपछि माओवादी सभासदहरुले सिलबन्दी गरेको बि्रफकेस खोस्ने प्रयास भयो ।
त्यसको प्रतिरक्षामा उर्जामन्त्री डा. प्रकाशसरण महत अघि बढ्नुभयो । आक्रामक माओवादी सभासदहरुको अगाडी उहाँको पनि केही चलेन । महतमाथि मुक्का प्रहार भयो ।
 
 

 

मन्त्रीहरुमाथि नै हातपात हुँदा पनि सभासमुख सुवास नेम्वाङ मुकदर्शक बनेको भन्दै उहाँको तीव्र आलोचना भएको छ ।

सरकार तथा राजनीतिक दलहरुले माओवादी सभासदहरुको व्यवहारलाई लोकतन्त्रकै उपहास भएको टिप्पणी गर्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: