इटालियन मन नेपालीपन

imageरोसेतो नेपाली ढाकाटोपी र दौरा-सुरुवाल लगाउँछन् । नेपाल आउँदा मात्रै होइन, इटालीमै पनि उनी त्यही पहिरनमा हुन्छन् । विलासी सवारीमा चढ्दैनन्, भाडाका साधन र पैदल हिँड्नै मन पराउँछन् ।

रोसेतो इटालीमा टेक्नीकल ग्यास पाइपका सरकारी इन्जिनियरमा कार्यरत छन् । उनी इटालीको सरकारी तलब थाप्छन् र नेपाली बालबालिकाको सहयोगमा खर्च गर्न यता आउँछन् । विगत आठ वर्षयता उनले नेपालमा करोडौं रुपैयाँ खर्चिसकेका छन् । आफ्नो जीवनपछि पनि सहयोग निरन्तर रहोस् भन्नका लागि उनले १६ वर्षे प|mान्चेस्का लेडिजलगायतको टिम तयार गरिसकेका छन् । प|mान्चेस्काले इटालीमा नेपाली बालबालिकाका लागि बालबचत खाता खोलेर रकम संकलन गरिरहेको रोसेतोले बताए ।

रोसेतो नेपाली ढाकाटोपी र दौरा-सुरुवाल लगाउँछन् । नेपाल आउँदा मात्रै होइन, इटालीमै पनि उनी त्यही पहिरनमा हुन्छन् । विलासी सवारीमा चढ्दैनन्, भाडाका साधन र पैदल हिँड्नै मन पराउँछन् । अघिल्लो साता उनले काठमाडौंको सुनटोल गाविसमा नेपाली पोसाकमै स्प्लेन्डिड इंग्लिस स्कुलको उद्घाटन गर्न पुगे, जुन उनकै सहयोगको एक करोड ३० लाख रकमा बनेको थियो । रोसेतोलाई नपुग केही छैन । तर, नेपाली बालबालिकालाई सहयोग गर्न पाउँदा उनी हषिर्त छन् । भन्छन्, ‘यो सानो सहयोग समुद्रमा पानीको थोपाजस्तै हो ।’ उनले वाषिर्क बिदाको अधिकांश समय नेपालमा बिताउँछन् । सन् २००० देखि नेपाल आउन थालेका उनी अहिलेसम्म ९ पटक आइसकेका छन्, आफ्नै खर्चमा । वर्षभरिको ५ हप्ता बिदामा उनले तीन हप्ता नेपालमा र दुई हप्ता अमेरिकामा रहेकी छोरीसँग बिताउँछन् ।

 

इटालीमै उनले ‘फ्रुली मान्दी नेपाल नमस्ते’ नामक संस्था खोलेका छन्, जुन नेपालकै सहयोगका लागि खोलिएको हो । उनी नेपाली बालबालिकाहरूको अवस्था देखेर निकै चिन्तित छन् । भन्छन्, ‘म धेरैभन्दा धेरै नेपाली बालबालिका इन्जिनियर, पाइलट, डाक्टर, भएको देख्न चाहन्छु ।’ उनले घर नहुने बालबालिकाका लागि घर बनाइदिने, एउटै विद्यालयमा १६ देखि २० जना शिक्षकलाई आफँैले तलब खुवाउने काम गरिरहेका छन् । पछिल्लो समयमा उनले स्वास्थ्य क्षेत्रमा डेढ करोडभन्दा बढी लगानी गरेका छन् । ‘अधिकांश बालबालिका रोगी भएको देखेर मैले उनीहरूको स्याहारसुसार र उपचारका लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाएको हुँ,’ उनले भने । टुहुरा र अनाथ बालबालिकाका लागि पनि उनले काठमाडौंको चाबेल, जोरपाटी जावलाखेल, फुलचोकलगायतका ठाउँका विद्यालयमा वाषिर्क ५०औँ लाख रकम पठाउँदै आएको बताए ।

 

उनी नेपाल आउँदा धेरै खुसी हुन्छन् । नेपाल आउँदाको अधिकांश समय बालबालिकासँग हाँसखेल गरेर बिताउँछन्, बाँकी समय सभा र मिटिङमा मस्त हुन्छन् जुन विद्यालय र बालबालिकाको विषयलाई लिएर । उनले कैयाँै मात्रमा नेपाली बालबालिकालाई धर्मपुत्र/पुत्री बनाएका छन् । सबैलाई छोराछोरी भनाएर बोलाउँछन् । उनीहरूको समस्याबारे जानकारी लिन्छन् । उनी आएपछि बालबालिका निकै खुसी हुन्छन् । आफ्नो बुबा आएपछि आफूलाई भगवान् नै आएजस्तो लाग्ने बताउँछिन् रोसेतोको नेपाली छोरी रविनाज्यु ठकुरी । रिटायर्ड जीवन पनि उनले नेपालमै बसेर नेपाली बालबालिकाको सेवामा बिताउने वाचा गरेका छन् । उनी चार वर्षपछि निवृत्त हुँदै छन्

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: