अफगानिस्तानको जेलमा ७० नेपाली

imageगुहार माग्दै आफन्त परराष्ट्र मन्त्रालयमा

दलाललाई पाँच लाखसम्म बुझाएर रोजगारीका लागि अफगानिस्तान पुगेका ७० नेपाली युवा काबुलको जेलमा परेका छन् । उनीहरूको उद्धारका लागि आफन्तले सरकारसँग औपचारिक अनुरोध गरेका छन् ।

आफन्तहरूका अनुसार ती नेपाली फरक-फरक समयमा भारतको नयाँदिल्लीस्थित अफगानी दूतावासमार्फत भिजिट भिसा लिई काबुल पुगेका हुन् । रोजगारीका लागि अफगानिस्तान सरकारले प्रतिबन्ध लगाए पनि दलालहरूले पैसाको लोभमा नेपाली युवाहरू लगातार पठाइरहेका छन् ।

‘मेरो भाइ काम पाइन्छ भनेर गएको हो, जेलमा परेछ, यहाँबाट लैजाने दलालहरूलाई काठमाडौंमा खोज्यौँ, तर उनीहरू पनि बेपत्ता छन्,’ काबुलस्थित जेलमा रहेका वासु लामिछानेका दाजु सोमनाथ लामिछानेले नयाँ पत्रिकासँग भने । उनका अनुसार त्यहाँ लगिएका नेपालीले चारदेखि पाँच लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएका थिए ।

आफन्तहरूका अनुसार जेलमा रहेकाहरूले दिनमा एउटा रोटी मात्रै पाउँछन् । ‘दिनमा एउटा मात्रै रोटी खान दिएर जेलमा छौँ भन्दै भाइले फोन गरेको थियो,’ लामिछानेले नयाँ पत्रिकासँग भने । गत जेठदेखि भदौसम्म गरी काठमाडौंको ओएसिस म्यानपावरमार्फत भारत हुँदै त्यहाँ लगिएका उनीहरूले न त रोजगारी पाए न घर र्फकन ।

पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासलाई अफगानिस्तान सरकारसँग सम्पर्क गरी जेलमा रहेका ७० नेपालीको अवस्था पत्ता लगाउन मंगलबार नै निर्देशन दिइएको परराष्ट्र स्रोतले जनाएको छ । ‘ती कामदार जानीजानी त्यसतर्फ रोजगारीमा गएको देखिन्छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘श्रम स्वीकृति नै नभएको देशमा जानु ठीक थिएन, तैपनि इस्लामावादस्थित नेपाली दूतावासबाट उद्धारका लागि पहल हुनेछ ।’

श्रम स्वीकृति नपाएको मलुक भए पनि भारत हुँदै नेपालबाट गैरकानुनी रूपमा वर्षेनी हजारौँको संख्यामा नेपालीहरू अफगानिस्तान जाने गरेका छन् । अफगानिस्तान सार्कको सदस्य देश भए पनि हालसम्म नेपालले दूतावास खोलेको छैन । ‘दूतावास नभए पनि महावाणिज्यदूतावास खोलेर बेलाबखत आउने यस्ता कामदारका समस्या समाधान गर्न सकिन्छ,’ मन्त्रालयका अधिकारीहरू भन्छन्, ‘तर, त्यसतर्फ सरकारी नेतृत्वले ध्यान दिएको छैन ।’

अफगानिस्तानमा नेपाली दूतावास नभएका कारण उनीहरूको उद्धारमा थप समस्या हुने स्रोतको भनाइ छ । ‘पाकिस्तानस्थित नेपाली दूतावाससँग अफगानिस्तान पुगेर उनीहरूको उद्धार गर्न निकै कठिन छ,’ स्रोतले भन्यो, ‘त्यसका लागि नेपाल सरकारले थप बजेट र अधिकारीहरू त्यसतर्फ पठाउन आवश्यक छ ।’

आफन्तहरूका अनुसार अफगानिस्तानस्थित जेलमा रहेका नेपालीमा गोविन्द लिम्बू, कासीराम थमेट, खुदबहादुर क्षेत्री, हिमलाल तिवारी, यामबहादुर पुन, विकास राई, छविलाल ककरिया, हेमराज मिश्र, सोमराज खत्री, जगन्नाथ पाण्डे, वासु लामिछाने, तुलबहादुर कुँवर, श्यामबहादुर पुलामीमगर, खड्गबहादुर मगर, राजेश पुलामीमगर, शेरबहादुर आले, हिमलाल तिवारी, शेरबहादुर आले, प्रेमप्रसाद शर्मा, मीनकुमार विक, दुर्गाधन राई, दिनेश थापा, झलक दलारी, अस्मित कुँवर, जीवन पौडेल, विशाल शाही, इन्द्र कार्की, रानबहादुर थापा, विष्णु बराल, महेन्द्र विक, टीका राम, प्रकाश महर्जन, ऋषि श्रेष्ठ, पदम घिमिरे, तपन खड्का छन् ।

त्यस्तै, कृष्ण डंगोल, रामबहादुर भुजेल, अंकित गुरुङ, विशाल गुरुङ, प्रकाश पौडेल, झलक गुरुङ, मिलन श्रेष्ठ, सोमराज गुरुङ, रामप्रसाद पौडेल, दीपेन्द्रराज भाट, लोकराज खनाल, नवराज पाठक, बाबुराम लामा, राजन शर्मा, बालकृष्ण पौडेल, तेजबहादुर दर्लामी, नवीन शाही, टंकप्रसाद न्यौपाने, हरिप्रसाद न्यौपाने, होमबहादुर, राजेन्द्र विष्ट, अविन्द्र राम, धनबहादुर घले, गम्भीरजंग घले, प्रकाश ढकाल, प्रकाश राना, तिलकबहादुर खड्का, टेकबहादुर सिँजाली, ओमबहादुर पुन, टेकबहादुर ढुंगेल, यज्ञमणि सिटौला, टोपबहादुर खड्का, देवेन्द्रबहादुर तामाङ, रानासिंह तामाङ र कान्छाराम तामाङ जेलमा रहेको आफन्तहरूले जनाएका छन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: