हामी नेपाली सिमसारका प्राणीजस्तै

imageविज्ञान अरठ्ठो र नबुझिने विषय हो । सामान्य मानिसलाई यसका सिद्धान्त अभिरुचिपूर्ण लाग्दैनन् । यसको कारण हो- विज्ञानको भाषा जो जटिल हुन्छ । उदाहरणका लागि आइन्सटाइनको सापेक्षता सिद्धान्तलाई लिऊँ । उनले प्रतिपादन गरेको सूत्र- झ्याम्म अद्द नसुन्ने र नपढ्ने लिखापढा मान्छे सायदै होलान् । सो सूत्रको व्याख्या यसरी गरिँदै आएको छ- कुनै पनि वस्तु या पदार्थको शक्ति त्यसको पिण्ड र प्रकाशको गतिको वर्गको गुणनफलसँग बराबर हुन्छ । विज्ञान नपढेको मान्छेले यो व्याख्या तातोभुत्लो बुझ्दैन । (सके विज्ञानकै विद्यार्थीले नबुझ्ला !)
विज्ञानलाई सरल भाषामा अभिव्यक्त गरिदिएर यसलाई समाजोपयोगी बनाइदिने नेपाली वैज्ञानिक र विद्वान्हरूको खडेरी छ । डा. तीर्थबहादुर श्रेष्ठ यही खडेरीका एक अद्भूत वृक्ष हुन्- हरिलोभरिलो, झ्याम्म  याम्म परेको र लटरम्म फल लागेको । तीस वर्षदेखि विज्ञानका बिल्कुल रुखा विषयलाई सरल र बोलीचालीको भाषामा प्रस्तुत गरेर नेपाली समाजलाई विज्ञान बुझाइरहेका छन् उनी ।
वनस्पतिविद् तीर्थको सुन्दर बगैँचामा पाथीजत्रो खैरो फूल छातीमा बोकेर उभिएको छ साइकस (थाकल) । प्रार्थनामा उभिएका स्कुले केटाकेटीझैं लहरै उभिएका छन् गुलाब, साल्भिया र जिनिया । लेखपढ र यही बगैँचामा खत्र्याकखुत्रुक गरेर उनी आफ्ना दिन सक्रियतापूर्वक र रचनात्मक तरिकाले काटिरहेका छन् । अधिकांशको अवकाशपछिको जीवन चिया-पसलमा गफ छाँट्नु, सन्तानले ठीकसँग आफ्नो हेरविचार नगरेको गुनासो गर्नु र एकखाले नकच्चरो निष्त्रि
यताका साथ बाँच्नुमा सीमित हुन्छ । तर, ७२ वर्षीय तीर्थ डा.सा’ब २७ वर्षीय युवा सक्रियता र उत्साहका कारण झरिला छन् । उसो त, फुलेको कपाल, झोलिएका छालाजस्ता बुढ्यौलीका केही छाप र चिह्न उनका शरीरमा नभएका होइनन् । तर, जाँगर, सिर्जनशीलता र श्रमप्रेमले उनलाई बूढो हुन दिएको छैन ।
अलिगढ विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एमए गरेपछि उनी जागिर खान पुगे वनस्पति विभागमा । सन् १९६७ मा बि्रटिस म्युजियमअन्तर्गतको नेचरल हिस्ट्री म्युजियममा हिमाली वनस्पतिको अध्ययन गर्ने र विशेष प्रशिक्षण लिने अवसर पाए तीर्थले । त्यहाँ ब्रायन हडसन र ह्यामिल्टनले नेपालका हिमाली क्षेत्रबाट संकलन गरेका वनस्पति संग्रहित थिए । ‘ह्यामिल्टनले स्वयम्भू क्षेत्रबाट मात्रै २७ थरी नयाँ प्रजातिका वनस्पति संकलन गरेका रहेछन्,’ जैविक विविधतामा नेपाल कति धनी छ, त्यसको सबुत पेस गरेझैं बताउँछन् तीर्थ ।
अंग्रेजी कवि रुडयार्ड किप्लिङले कतै लेखेको एक वाक्यबाटै हाम्रो जैविक विविधताको भव्यता स्पष्ट हुन्छ । तीर्थ किप्लिङको उक्त वाक्य उल्लेख गरेर कहिल्यै थाक्दैनन् । किप्लिङले कतै लेखेका रहेछन्- ‘द वाइल्डेस्ट डि्रम्ज अफ किउ आर द फयाक्ट्स अफ काठमाडौं’ अर्थात् किउका विशाल सपना काठमाडौंका वास्तविकता हुन् । रोयल बोटानिकल गार्डेन्ज -अध्ययन/अनुसन्धान प्रयोजनका लागि बनाइएका भव्य बगैँचाहरू) भएको बि्रटेनको एक स्थान हो किउ । किप्लिङको भनाइको आसय यही हो कि नेपाल जैविक विविधतामा सम्पन्न छ, असाध्यै सम्पन्न ।
वनस्पति संकलन तथा तिनका वैज्ञानिक अध्ययन/अनुसन्धान गर्ने क्रममा तीर्थ डा. सा’ब कञ्चनपुरदेखि कञ्चनजंघासम्म, कालापानीदेखि केचनासम्म पुगेका छन् । मेचीदेखि महाकालीसम्म भन्ने पुरानो थेगोले पूरै नेपाल ‘समेट्न’ नसक्ने हुनाले ‘कञ्चनपुरदेखि कञ्चनजंघासम्म, कालापानीदेखि केचनासम्म’ भन्ने ‘नयाँ थेगो’को प्रस्ताव गरेका छन् उनले । त, हरेक यात्रा रोमाञ्चक र साहसिक हुन्थ्यो । भोकभोकै या आधापेट खाएर कोसौं हिँडेका छन् उनी । हराएका छन् घनघोर जंगलमा । ‘भोकले प्राण जान लाग्यो, जनी गरेर एक मुठी पीठो देऊ’ भनेर याचना गर्दा ‘मर् कि बाँच्, हाम्लाई छु मतलब ?’ भन्दै ढ्यामढुम्म दैलो बन्द गर्ने निर्दयी जीवहरू भेटेका छन् र नेपालका सबै ठाउँमा ‘अतिथिदेवो भवः’ नहुँदो रहेछ भन्ने जानेका छन् ।
दन्त्यकथाझैं लाग्छन् उनका यात्राका किस्साहरू । यौटै यात्रामा एक सय २० देखि एक सय ४० दिनसम्म लगातार हिँडिरहेको हुन्थ्यो उनको भ्रमण दल । २५/३० जनाको हुन्थ्यो भ्रमण दल । उनीसहित दुई/तीनजना वैज्ञानिक हुन्थे भने बाँकी भरिया हुन्थे । उनको टोलीमा प्रायसः एक/दुई बि्रटिस वैज्ञानिक हुन्थे । कोलम्बस या भास्कोडिगामा नयाँ संसार खोज्न निस्किएझैं नयाँ वनस्पति खोज्न यात्रामा निस्कन्थ्यो उनको टोली । बालाजुबाट हिँडेर १० दिनमा पोखरा पुग्थ्यो, पोखराबाट १६ दिनमा जुम्ला ।
गरेका यात्राहरूमा डा.सा’बले बिर्सनै नसक्ने यात्रा सन् १९६९ को रहेछ । २० जना जति भरियाका साथ उनी र बि्रटिस वैज्ञानिक विलियम्स कञ्चनजंघाको यात्रामा थिए । हिँड्दा-हिँड्दै यो टोली घना जंगलमा हरायो । कता हिँडिँदै छ पत्तोफाँट छैन । कुन ठाउँ हो, केही थाहा छैन । बिहान आठ बजे छ्याङ खुल्थ्यो भने १० बजे फेरि कुहिरो लाग्थ्यो । कुहिरोमा हराएको काग भएको थियो सिंगै टोली । तीन/चार दिन यसरी भौंतारिएपछि सामलतुमल सकिन लागेको थियो । खानै नपाई बीचजंगलमा मरिने भय सबैका आँखामा दौडिन थालेको थियो ।
बाँच्ने हो भने अब चौंरीको गोबर भेट्टाउनै पथ्र्याे । त्यसैले शेर्पाहरू चौंरीको गोबर धुइँपत्ताल खोज्न थालेका थिए… अन्ततः एकजनाले चौंरीको गोबर भेट्टाए । उनले रनवन घन्काउनेगरी सिट्टी बजाए । शेर्पाहरू जिब्रोको प्रयोग गरेर ठूलो आवाजमा सिटी बजाउन सक्छन् ।
चौंरीको गोबर खेद्दै जाँदा ६/७ घन्टापछि यौटा खर्क भेटियो । खर्कमा जम्मा यौटा गोठ थियो । गोठमा कोही पनि थिएनन् । गोठमा छिरेर दूध, दही खाएपछि सबैको बल्ल सास आयो । त्यहाँबाट दुई घन्टा हिँडेपछि याम्फोदिन पुग्यो तीर्थको टोली । ताप्लेजुङ जिल्लामा पर्ने याम्फोदिन शेर्पाबस्ती थियो । ‘चीन र भारतका बीच तनाव चलिरहेकाले हामी ठूलो खतरामा थियौँ,’ तीर्थ सम्झन्छन् ।
एडमन्ड हिलारीका कारण एकपटक यात्राको रुटै परिवर्तन गर्नुपरेको पनि बिर्संदैनन् तीर्थ । हिलारी दुई सयजनाको टोली लिएर सगरमाथा क्षेत्रतिर जाँदै रहेछन् । हिलारीको यात्रा जिरीबाट सुरु हुन्थ्यो । यौटा सिंगै गाउँ खाली हुनेगरी उनी भरियाहरू लिन्थे । त्यस्तै, त्यो गाउँमा पीठो, चामल, अन्डा क्यै पाइँदैनथ्यो किनभने हिलारी आफ्नो टोलीका लागि सामग्री जोरजाम गर्ने क्रममा सब किनिदिन्थे । २०/२५ जनाको टोली लिएर ठोंसे (दोलखाको यो गाउँ भरुवाबन्दुकका लागि प्रसिद्ध थियो) पुगेका थिए तीर्थ । त्यहाँ एडमन्ड हिलारी पहिले नै अड्डा जमाएर बसिसकेका रहेछन् । अब ठोंसेमा अन्न पाउन मुस्किल हुने भएकाले तीर्थ रुट परिवर्तन गरेर यात्रा गर्न बाध्य भएका थिए ।
दुर्गम ठाउँमा क्याम्प गाडेर बस्नासाथ केटाकेटीले घेरिहाल्थे । ‘माड्साब कति बज्यो ?’ उनीहरू कुराकानी यसरी सुरु गर्थे । प्लास्टिकका पोका खोलेर बसेपछि केटाकेटीका प्रश्नहरू यसरी बर्सिन्थे, ‘त्यो के हो माड्साब ? यो बिरुवा किन सुकाएर राखेको ? यत्तिका बिरुवा कहाँ लाने ? सहरमा लगेर रोप्ने हो ? यो त बोकेघाँस होइन ? त्यो चरिअमिलो होइन ?’
वनस्पतिका स्थानीय नाम थाहा पाउन यी अबोध बालबालिकाले धेरै सहयोग पुर्‍याउँथे ।
‘विज्ञानलाई सरल भाषामा अभिव्यक्त गर्ने प्रेरणा मैले यी अबोध केटाकेटीबाट पाएको हुँ ।’
तीर्थ मुठ्ठाका मुठ्ठा डट्पेन बोकेर हिँड्ने गर्थे । डट्पेन भनेपछि हुरुक्कै हुन्थे गाउँका केटाकेटी । सहरतिरबाट आएका मानिससित उनीहरू डट्पेन मागिहाल्थे, ‘माड्साब, डट्पेन यौटा पाऊँ न ।’ तीर्थका एकजना साथी त रिफिल मात्रै बोकेर हिँड्थे । उनी केटाकेटीलाई रिफिल दिएर भन्थे, ‘निगालामा ठोसेर लेख है ।’
उनी तत्कालीन राजा वीरेन्द्रको सुदूरपश्चिमाञ्चल भ्रमण टोलीको सदस्य पनि थिए । वीरेन्द्रलाई देश चिनाउने/बुझाउने कामका लागि उनका निजी सचिवले देश घुमेका/चिनेका/बुझेका मानिसमध्ये तीर्थलाई पनि छानेका थिए । राजालाई सेतो टोपी लगाएर भेट्न नहुने हुँदा बाको बरखी बारेर बसेका तीर्थको सेतो टोपी फुकाइदिएका थिए पण्डितले । राजाबाट प्लेस (स्थान), पिपुल (जनता), प्रोब्लेम (समस्या) र प्रोस्पेक्ट्स (सम्भावना) लेखेर ल्याउन भनिन्थ्यो । यसरी तयार गरिएकोे प्रतिवेदन राजालाई दिइन्थ्यो । मेचीदेखि महाकालीसम्म भन्ने पुस्तकका मोटा-मोटा चार भाग यिनै जानकारीका आधारमा तयार भएका थिए ।
वीरेन्द्र कस्ता मान्छे थिए रहेछन् त ? ‘उनी फरासिला थिए । उनीसँग भेट्दा राजासँग भेटेको होइन, सामान्य नागरिकसँग भेटेजस्तो लाग्थ्यो । उनीसँग धक मान्नुपर्दैनथ्यो ।’
२०३६ देखि २०४७ सम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा विज्ञानतर्फका सदस्य र पछि सदस्यसचिव बनेका तीर्थबहादुरको नेपाली साहित्यकारसँग बाक्लै संगत थियो । कवि भूपि शेरचनका अन्तरंग मित्र थिए तीर्थ । भूपि शेरचन, माधव घिमिरे, विजय मल्ललगायतका साहित्यकारसँगको उठबसको प्रतिफल हो उनको यति राम्रो भाषा ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विज्ञानसम्बन्धी यौटा किताब निकाल्ने कुरा चल्यो । नेपाल घुमेर पत्ता लगाएका कुरा नेपालीले थाहा पाउँदैनथे । नेपाली वैज्ञानिकका लेख बि्रटेन, फ्रान्सबाट प्रकाशित हुने साइन्स जर्नलमा फाट्टफुट्ट छापिन्थे । ‘नेपालीको भनेपछि धेरै कुरा जाँचपरख गरेपछि र धेरै पर्खाएपछि मात्रै छापिदिन्थे ।’
२०३९ मा बालविज्ञान प्रश्नोत्तर प्रकाशित भयो । एक वर्षमै यसको दस हजार प्रति बिक्री भयो । केटाकेटीलाई विज्ञान सिकाउने लक्ष्य राखी प्रकाशित यस किताबलाई केटाकेटीका बाआमाले पनि खुबै पढेछन् । ‘फोन गरेर साह्रै उपयोगी किताब रहेछ भने ।’ अपार पाठक प्रतिक्रियाले उनलाई दिनुसम्म हौसला दियो ।
यो किताब तयार गर्दा विज्ञानका कुरालाई सरल भाषामा व्यक्त गर्न उनलाई साहित्यकारहरूले धेरै सहयोग गरे । चुरोटको लामो सर्काे तानेर उनको भाषा समस्याको हल गरिदिने विजय मल्ल उनलाई गज्जबका मान्छे लाग्थे । ‘घर्षणको परिभाषा कसरी गर्ने होला दाइ भनेर म विजय मल्लकहाँ जान्थेँ । उहाँ चुरोटको धुवाँ उडाउँदै ‘केराको पातमा चिप्लेर डयांङ लड्ने भन्देऊ न’ भन्नुहुन्थ्यो ।’
जीवनभरि विज्ञानलाई जनताले बुझ्ने भाषामा बुझाउन लागिपरेका तीर्थ भन्छन्, ‘विज्ञानलाई बयान गर्न विज्ञानभन्दा बाहिर जानुपर्छ । कुनै घर कस्तो छ, त्यो बुझ्नका लागि त्यसलाई बाहिरबाट हेर्नुपर्छ । कोठाभित्र बस्यो भने कोठा मात्रै देखिन्छ, घर देखिँदैन ।’ उनका अनुसार विज्ञानलाई साहित्यको माध्यमले सरलीकृत गर्न सकिन्छ ।
विज्ञान र कला (अथवा ज्ञान) का बारेमा डा.सा’बको बुझाइ यस्तो छ, ‘जुन यकिन थाहा छ, त्यो विज्ञान हो । हातमा भएको चरा विज्ञान हो भने जंगलको चरा कला ।’ कलाको क्षेत्र विज्ञानको भन्दा कता हो कता व्यापक छ भन्छन् उनी । ‘विज्ञानले हवाईजहाज उडाउनुभन्दा अघि नै पुष्पक विमान उडाइसकेका थिए साहित्यकारहरूले । निल आर्मस्ट्रङले चन्द्रमा टेक्नुअघि नै देवकोटाले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ भनिसकेका थिए ।’
उनका प्रायः सबै लेख कविताको सिरानी हालेर आउँछन् । भूपि शेरचनदेखि भूपहरि पौडेलसम्म, शरण प्रधानदेखि शंकर लामिछानेसम्म, लेखनाथ पौड्यालदेखि लक्ष्मीप्रसाद देवकोटासम्मका कवितांश उद्धरण गरेका छन् उनले । कहाँ, कसको र कुन कविताको कुन अंश राख्ने कसरी निक्र्योल गर्छन् त उनी ? ‘त्यो कविता पढ्दै जाँदा थाहा हुन्छ । म मेरो लेखको विषयवस्तुलाई बुझाउने र सरलीकृत गर्ने कविता हरहमेसा खोजिरहेको हुन्छु ।’ कविताका यी अब्बल पारखी कविता पनि लेख्छन् कि ? ‘अहँ लेख्दिनँ ।’
अन्धविश्वास भनिने कति कुरामा विज्ञान निहित भएको खुलासा गरेका छन् तीर्थ डा.सा’बले । जस्तो, बलि दिनुअघि पशुलाई पर्साउनुपछाडिको विज्ञान । उनका अनुसार पशुको निरोगिता जाँच्ने अब्बल तरिका हो पर्साउनु । रोगी पशु पर्सिंदैन ।
त्यस्तै, गाउँघरमा प्रचलित झाँक्रीकर्म तथा फुकफाकका पछाडि पनि विज्ञान छ भन्छन् उनी । ‘बिरामीको आत्मबल नै सबभन्दा ठूलो ओखती हो । झाँक्रीले बिरामीको आत्मबल बढाइदिन्छ । अमेरिकाले आत्मबल बढायो भने विज्ञान हुने, हामीले आत्मबल बढायौँ भनेचाहिँ अन्धविश्वास हुने ?’ सामान्यभन्दा सामान्य कुरामा विज्ञान देखाउन प्रयास गर्ने डा. सा’ब हाम्रो संस्कृति, परम्परा, संस्कार र मिथलाई ‘विज्ञानले यसो लुछिहेर्न, छोइहेर्न’ चाहन्छन् ।
पचहत्तरै जिल्ला टेकेका र ६० जति जिल्लाका कुनाकन्दरा घुमेका छन् तीर्थले । ‘दुर्लभ वनस्पति पहाडमा धेरै पाइने हुनाले पहाडी भेग धेरै घुमियो ।’
सिनेमाका नायक/नायिकालाई ‘तपाईंका फेबरेट के-के हुन्’ भनेर सोधिने पारामा उनलाई पनि केही यस्ता प्रश्न सोधिएको थियो । सवालजवाफ यस प्रकार थियो :
सबभन्दा सुन्दर वन ? तेह्रथुम, ताप्लेजुङ र संखुवासभाका सिमानामा रहेको गुराँसेवन
सबभन्दा सुन्दर हिमाल ? मनास्लु
सबभन्दा सुन्दर बस्ती ? घान्द्रुक
सबभन्दा सुन्दर जिल्ला ? इलाम
सबभन्दा बढी पर्यटकीय सम्भावना बोकेको स्थान ?
मनास्लु सर्किट
युवती कुन ठाउँका सबभन्दा राम्रा ? तोप्केगोला (ताप्लेजुङ)का
सबभन्दा दुःख पाएका मान्छे कहाँका ? अछाम र बाजुराका
सबभन्दा बढी श्रम गर्ने मान्छे कहाँका ? रामेछाप र दोलखाका
राज्यले सबभन्दा बढी उपेक्षा गरेको ठाउँ ? अछाम र बाजुरा
विज्ञानलाई सरल भाषामा व्याख्या गर्न सिपालु डा. सा’बलाई जनताले बुझ्नेगरी जैविक विविधताको परिभाषा दिन आग्रह गरियो । ‘एकैथरीका धेरै होइन, विभिन्न थरीका धेरै ! भेडैभेडा बथान होइन कि बाख्रा, चौंरी, गाई, आदिको छ्यासमिसे बथान ।’
जैविक विविधतामा हामी कति धनी रहेछौँ भने हामीकहाँ दुई हजार थरीका धान मात्रै पाइँदो रहेछ । तीन सय थरी वनस्पति त नेपालमा मात्रै पाइँदा रहेछन् । तिनमा चिराइतो, लेकाली घाँस तथा लेकाली वनस्पति पर्दा रहेछन् ।
संसारको जुनसुकै भागमा, जुनसुकै परिस्थितिमा बाँचेर काम गर्न सक्ने नेपालीको मानवीय क्षमता उदेकलाग्दो छ भन्छन् डा. साब । ‘औलको बारीमा मकै भाँचेर लेकमा चौंरी चराउन हिँड्ने ठिटो त्यही हुन्छ ।’
प्रकृतिमा धनी छौँ । इमानदार छौँ । श्रम गर्न सक्छौँ । यति हुँदाहुँदै पनि हामी किन गरिब छौँ ? किन दुर्दशा भोगिरहेका छौँ ? दुःख पाइरहेका छौँ ? डा. साबका अनुसार यहाँ सिस्टमले काम गरिरहेको छैन । ‘सिंगै देश रामभरोसामा चलिरहेको छ ।’
‘म सात सालदेखि आजसम्म संक्रमणकालमा छु । म कहिले स्थापित हुने ? यो संक्रमणकालको अन्त्य हुनुपर्‍यो । नेपाली जहिले पनि सिमसारको प्राणीजस्तो भएको छ । सिमसार भनेको धाप । सदा धापमा बाँचिरहेको छ नेपाली । ‘

विज्ञान अरठ्ठो र नबुझिने विषय हो । सामान्य मानिसलाई यसका सिद्धान्त अभिरुचिपूर्ण लाग्दैनन् । यसको कारण हो- विज्ञानको भाषा जो जटिल हुन्छ । उदाहरणका लागि आइन्सटाइनको सापेक्षता सिद्धान्तलाई लिऊँ । उनले प्रतिपादन गरेको सूत्र- झ्याम्म अद्द नसुन्ने र नपढ्ने लिखापढा मान्छे सायदै होलान् । सो सूत्रको व्याख्या यसरी गरिँदै आएको छ- कुनै पनि वस्तु या पदार्थको शक्ति त्यसको पिण्ड र प्रकाशको गतिको वर्गको गुणनफलसँग बराबर हुन्छ । विज्ञान नपढेको मान्छेले यो व्याख्या तातोभुत्लो बुझ्दैन । (सके विज्ञानकै विद्यार्थीले नबुझ्ला !)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: