भक्तमानको अपहरणकारी भेट्टाउने प्रहरी पुरस्कृत

काठमाडौं, असोज २४(नागरिक) – भरतपुर क्यान्सर अस्पतालका निर्देशक भक्तमान श्रेष्ठको अपहरणको अनुसन्धान गर्ने प्रहरी निरीक्षक कृष्णप्रसाद कोइरालाले उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका छन्। प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले प्रधान कार्यालयमा उनलाई पुरस्कार दिएका हुन।

महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत कोइरालाले चिकित्सक डा उपेन्द्र देवकोटा, व्यापारी, महेश सारडा लगायतकाको अपहरणको अनुसन्धानमा संलग्न थिए। भक्तमान अपहरण अनुसन्धानमा सई दीपेन्द्र अधिकारीलाई समेत पुरस्कृत गरिएको छ।

अपराध महाशाखाका प्रहरी निरीक्षक सोमेन्द्र राठौर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक कुमुद ढुंगेल, महानगरीय प्रहरी प्रभाग सोह्खुट्टेका प्रहरी निरीक्षक रुगम कुँवर कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गरेको भन्दै प्रधान कार्यालयले पुरस्कृत गरेको छ।

प्रहरी दिवसको अवसर पारेर प्रधान कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरी र प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने सर्वसाधारण गरी ४० जनालाई पुरस्कृत गरेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: