अमेरिकामा पनि भोकभोकै नेपाली चेली

शान्ति गुरुङ अहिले अमेरिकामा नेपाली र अमेरिकी मिडियाबीच चर्चामा छिन् । कारण हुन् संयुक्त राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि कार्यालयकी तत्कालीन कन्सुलर नीना मलहोत्राको ।

सन् २००६ को मार्चमा नीनाले शान्तिलाई भारत हुँदै अपहरण शैलीमा न्युयोर्क पुर्‍याएकी थिइन् । दैनिक १६ घन्टा काम गर्ने गुरुङलाई मासिक पाँच हजार तलब दिने भनिएको भए पनि तीन डलर अर्थात करिव २ सय २० दिएर श्रम शोषण गरिएको थियो । एक अमेरिकी अधिवक्ताको सहयोगमा अहिले शान्ति अदालतको शरणमा छिन् । अधिकारकी कार्यकारी निर्देशक लुना रञ्जित र सिनियर कम्युनिटी अर्गनाइजर नर्वदा क्षेत्रीको सहयोगमा किशोर पन्थीले गरेको कुराकानीमा आधारित शान्तिको बयानः

म शान्ति गुरुङ । मेरो जन्म १९८८ अक्टोबरमा भएको हो । म नेपाली मूलकी भए पनि हाम्रो परिवार भारतमा बस्दै आएको छ । म पीडित घरेलु शान्ति गुरुङलाई १७ वर्षको उमेरमा जोगेश मलहोत्रा र नीना मलहोत्राले भारतबाट अपहरण गरेरै अमेरिका ल्याएका हुन् । उनीहरूले मलाई अमेरिकामा कैदीलाई जस्तै थुनेर राखे । असाध्यै धेरै काम लगाए । तर, पैसा भने दिएनन् । मैले नीनाको घरमा ४० महिना काम गर्दा जम्मा एक सय २० अमेरिकी डलर मात्र पाएको थिएँ । मलाई घरमा कैदी जस्तै बनाएर मात्र राखिएको थिएन, मेरो पासपोर्टसमेत नीनाले नै कब्जा गरेकी थिइन् भने मलाई ग्रोसरी स्टोरमा बाहेक घरबाहिर जान पूर्ण प्रतिबन्ध लगाइएको थियो । उनीहरूले मलाई उपयुक्त ज्याला र राम्रो अवस्थाको काम लगाउने भन्दै अमेरिका ल्याए पनि मलाई दैनिक १६ घन्टा काममा लगाएर ज्याला दिइएन । त्योबाहेक शारीरिक दुव्र्यवहारसमेत गरियो । शारीरिक रूपमा कुटपिटको धम्की त कति हो कति । म अंग्रेजी पनि बोल्न नजान्ने र नबुझ्ने भएकाले र बाहिर निस्कनसमेत नदिएकाले म उनीहरूकै घरमा जसरी भए पनि काम गरिरहन बाध्य भएँ । यसरी मैले सन् २००६ देखि सन् २००९ सम्म नीना बस्ने न्युयोर्कको पूर्वोत्तर ४३ स्टि्रट २३५ नम्बर घरको अपार्टमेन्ट १० मा काम गरेँ । त्यतिवेला नीना म्यानहटनमा भारतको कन्सुलेट कार्यालयमा प्रेस, संस्कृति, सूचना, शिक्षा र सामुदायिक क्षेत्रकी कन्सुलर थिइन् । जब मैले नीनालाई भारतमा भेटेँ, त्यतवेला म जम्मा १७ वर्षकी थिएँ । त्यसअगाडि मलाई कसैले पनि घरेलु कामदारका रूपमा राखेको थिएन । नीनाले मलाई त्यतिवेला हल्का पकाउने, हल्का सरसफाइ गर्ने र घरमा कहिलेकाहीँ हुने पार्टीमा सघाउने भन्दै फकाएकी थिइन् । त्यसैले म पनि तीन वर्षका लागि अमेरिका आउन राजी भएँ । उनीहरूले हरेक महिना एक सय आठ अमेरिकी डलर दिने र हरेक ६ महिनामा तलब बढाइदिने वाचा गरेका थिए । मलाई त्यतिवेला उनीहरूले दिने भनेको मासिक एक सय आठ डलर पनि अमेरिकी कानुनमा तोकिएको ज्यालाभन्दा कम हो भन्ने थाहा थिएन । नीनाले पनि मसँग यसबारेमा केही भनिनन् । त्यसैले म मासिक एक सय आठ डलरमा अमेरिका आउन तयार भए, तर मलाई त्यही मासिक एक सय आठ डलर पनि दिएनन् । उनीहरूले मलाई भारत छाड्नुअगाडि केही कागजपत्रमा हस्ताक्षर पनि गराए ।

तर, ती कागजपत्रमा के लेखिएको छ भन्नेबारेमा केही बताएनन् । अंग्रेजी भाषाका कागजपत्र भएकाले मैले पनि केही बुझिनँ । मलाई ती कागजपत्रका प्रतिलिपि पनि दिइएन । अमेरिका ल्याउनका लागि सबै तारतम्य उनीहरूले नै मिलाए । पार्सपोर्टमा भिसा ए ३ भिसा लगाउनेदेखि अमेरिकासम्मको प्लेन टिकट किन्नेसम्म सबै काम उनीहरूले नै गरे । ए ३ भिसाका लागि उनीहरूले अमेरिकी दूतावाससँग सबै कुरा ढाँट्न लगाए । मलाई घन्टाको सात डलर दिने भन्दै झुटो कुरा बोल्न लगाए । उनीहरूलाई मलाई उमेरदेखि धेरै कुरा ढाँट्न लगाए । सन् २००६ को मार्चतिर जब मलाई न्युयोर्क ल्याइयो, त्यसै दिनदेखि पहिले भनेभन्दा निकै कडा काम लगाउन थालियो । पकाउने र सरसफाइ गर्नेभन्दा धेरै काम लगाइयो । मैले हरेक दिन नीनाको मसाज गर्नुपथ्र्यो भने कपडा धुने, सामान किन्नेदेखि सबै काम गर्ने जिम्मा मेरै थियो । नीनाका श्रीमान् जोगेश आउनुअगाडिसम्म हरेक दिन १२ घन्टाका दरले सातै दिन काम गरेँ । जब जोगेश सन् २००६ को जुनमा न्युयोर्क आए, त्यसपछि मलाई दैनिक १६ घन्टा काममा लगाइयो । अपार्टमेन्टमा बेडरुम खाली हुँदाहुदै पनि मलाई लिभिङ रुमको भुइँमा सुत्न लगाइयो । उनीहरूको डिनर मध्यरातसम्म पनि सकिँदैनथ्यो । मध्यरातमा उनीहरूले डिनर खाएपछि मैले सबै भाँडाकँुडा र किचन सफा गरेपछि मात्र खान पाउँथेँ ।

उनीहरूले महिनामा कैयनपटक भोजभतेर गर्थे । त्यसका लागि पूरै काम मैले एक्लै गर्नुपथ्र्यो । सरसफाइ गरेर सुत्नेवेला बिहानको तीन बज्थ्यो । मलाई उनीहरूले अर्को परिवारको स्याहारसुसारका लागि भन्दै ४५ दिनका लागि क्यालिफोर्निया पनि पठाए । त्यहाँ मैलै खाना पकाउने, सरसफाइ गर्नेदेखि लिएर तीनवटा बेडरुम भएको घरमा बच्चा हेर्नेसम्मको काम गर्नुपथ्र्यो । त्यहाँ पनि बेडरुम खाली हुँदाहुँदै मलाई भुइँमा सुत्न लगाइयो । क्यालिफोर्नियाबाट फर्केपछि पुनः न्युयोर्कमा नीनाको घरमा काम गरेँ । काम गर्दा मलाई सानो-सानो कुरामा पनि गाली गर्ने र मानसिक यातना दिने गर्थे । नीनालाई खाना मल परेन भने मिल्काइदिनेसम्मको धम्की दिन्थिन् । मलाई भोक लागेको वेला खानसमेत डर लाग्थ्यो । किनभने मैले खाँदा उनीहरूले पिट्न पनि सक्थे । पाउरोटी गनेर राख्थे । एकपटक नीनाले गनेर राखेको पाउरोटीको टुक्रा खाँदा मैले कडा खप्की खानुपरेको थियो । अर्कातर्फ जब मैले भोक लाग्दा भात खान माग्थेँ, उनीहरूले भातसमेत खान दिँदैनथे । उनीहरूले मलाई अपार्टमेन्टबाट खानेकुरा चोरेर बेचेकोसम्म आरोप लगाउँथे । मलाई बस र ट्रेन चढ्न पनि दिँदैनथे । सार्वजनिक यातायातका साधन चढेमा प्रहरीले पक्रने भन्दै मलाई घरैमा कैद गरे । मलाई कहिल्यै एक दिनको बिदा पनि दिइएन । कसैलाई भेट्न पनि दिइएन । भारतमा रहनुभएकी मेरी आमा प्यारालाइज भएर बिरामी हुँदा मलाई आमासँग भेट्न पनि दिइएन ।

तीन वर्षसम्म काम गर्दा मैले मेरो पासपोर्ट त एकपटक मात्र देखेकी थिएँ, जब मलाई क्यालिफोर्निया बच्चा हेर्न भन्दै पठाइएको थियो । मैले पटक-पटक पार्सपोर्ट माग्दा पनि उनीहरूले दिएनन् । अहिले पनि मेरो पासपोर्ट उनीहरूसँगै छ । मलाई एकपटक एक सय बीस डलर दिइए पनि अरू वेला मैले पटक-पटक काम गरेको पैसा माग्दा पनि उनीहरूले दिएनन् । तँलाई पैसा किन चाहियो भन्दै उनीहरूले काम गरेको पैसा दिनसमेत अस्वीकार गर्दै आएका थिए । मैले पैसा र पार्सपोर्ट नदिने भए घर छाडेर जान्छु भन्दा घर छाडेमा प्रहरीले कुट्ने र पक्रने भन्दै मलाई तर्साए । प्रहरीले भएभरको पैसा लिने र कार्गोजस्तै गरेर अमेरिका पठाइदिन्छ भन्दै उनीहरूलाई मलाई तर्साए । त्यसैले मलाई घर छाडेर भाग्ने हिम्मत आएन । जब सन् २००९ को जुलाइमा उनीहरू भारत र्फकने भए, तब म उनीहरूको पन्जाबाट फुत्कन सफल भएँ । अनि अहिले अदालतको शरणमा पुगेकी छु ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: