जान्नेलाई फेसबुक – नजान्नेलाई बेवकुफ !

बिहानै बेवकुफबुक, बेलुकै बेवकुफबुक-ससुराली जाँदा बाह्रघण्टा बेवकुफबुक !’ ‘बेवकुफीकरण ‘ एउटा जिबनशैली हो । खाली समयमा बन, जंगल, बारी र बगैंचामा टहलिनुपर्ने मान्छे बेवकुफबुकमा झुण्डिएको देख्दा प्रकृतिको पनि~ रुँन्छ नि मन किन रुँदैन, ‘फेस’ र ‘बुक’ नभन निरमाया_ बेवकुफबुकको घाउ निको हुँदैन !

जुरुक्क उठेर स्टाटस अपडेट र कमेन्ट रिभ्यु गर्ने, अनीमात्र दाँत माँझ्ने, सेभिङ वा मेकअप गर्ने, ब्रस गर्ने अनि बानी देखेर तयार भैसकेकेा चियाकोपनि ~ रुँन्छ नि मन किन रुँदैन, बेवकुफबुक नबनाउ निरमाया- बेवकुफबुकको घाउ निको हुँदैन !

‘फेस’का नाममा ऐनामा अनुहार र ‘बुक’का नाममा कक्षाको किताबमात्र देखेका ग्रामिण जनतालाई ‘बेवकुफबुकमा भेटौं ल !’ भनेको सुन्दा बिचरा इन्टरनेटको पनि ~ रुँन्छ नि मन किन रुँदैन, फेस र बुक नभन निरमाया बेवकुफबुकको घाउ निको हुँदैन !

सुत्ने, उठ्ने, आराम गर्ने र बेवकुफबुक चलाउने- तिनवटै काम मानवकालागी अनिवार्य आवस्यकताभित्र परेको देख्दा प्रकृतिको पनि ~ रुँन्छ नि मन किन रुँदैन फेस र बुक नभन निरमाया बेवकुफबुकको घाउ निको हुँदैन !

पहिलो पटक ‘भेट्दा सँन्चै हुनुहुन्छ’, ‘आराम हुनुहुन्छ’ वा ‘सबै ठिकठाक छ’ भनेर सोध्नुको साटो ‘बेवकुफबुक अपडेट गर्नु भो ?’ ‘बेवकुफबुकमै हुनुहुन्छ ?’ ‘तपाईंको एकाउन्ट त ह्याक स्याक भएको छैन नि !’ भनेर सोध्दा मानिसको~ रुँन्छ नि मन किन रुँदैन, फेस र बुक नभन निरमाया- बेवकुफबुकको घाउ निको हुँदैन !

जोडाजोडीहरुले आफ्नो ‘डेटिङ प्वाइन्ट’ बेवकुफबुक बनाउन थालेपछि पार्क, क्याफे र चौतारीहरुको ! रुँन्छ नि मन किन रुँदैन, फेस र बुक नभन निरमाया- बेवकुफबुकको घाउ निको हुँदैन !

मानिसहरु बेवकुफबुकबाटै भेट्छन्, बेवकुफबुकबाटै माया साटासाट गर्छन् र बेवकुफबुक नै कुरा छिन्ने भएपछि लमि र पुरहितहरुको~ रुँन्छ नि मन किन रुँदैन, पुरहितलाई नरुवाउ निरमाया, नत्र तीनको जागिर रहँदैन !

साथीका साथीहरु, साथीहरुका साथीहरु, साथीहरुका पनि साथीहरु…गर्दै पिरामिड शैलीमा बेवकुफबुक सँचालन हुँदा प्रतिबन्धित नेटर्वक बिजिनेसवालाहरुको~ रुँन्छ नि मन किन रुँदैन, बेवकुफबुकमा नझुण्ड निरमाया-बेवकुफबुकमा बेवकुफ बन्नु हुदैन!

नाम बेवकुफबुक भएपनि बेवकुफबुकमा सर्वस्व देखाउन मिल्ने भएपछि त्यो सर्वस्वको रुँन्छ नि मन किन रुँदैन~ रुखो बोली नबोल निरमाया-बेवकुफबुकको घाउ निको हुँदैन !

‘What is in your Mind ?’ भनेर सोधेपछि आफ्ना योजना, भावना र कामानाहरु छताछुल्ल पार्दा शत्रुहरुको~ हाँस्छ नि मन किन हाँस्दैन हा…हा..हा. नहाँस निरमाया- बेवकुफबुकको हाँसो दिगो रहँदैन !

फोटो स्टाटस वा नोटमा एउटै कमेन्ट नआउँदाको पिँडा र नेगेटिभ कमेन्ट आउंदा महापिँडा संझदा~ रुँन्छ नि मन किन रुँदैन,कमेन्टको पछि नलाग निरमाया- बेवकुफबुकको कमेन्ट महंगो हुँदैन !

‘नुन नखाएर प्रेसर लो भयो भने के गर्नुपर्छ ?’ भनेको राखेको स्टाटसमा आएका सयथरी सुझावलाई पालना गर्दा झण्डै खुस्केको कुरो संझदा~ रुँन्छ नि मन किन रुँदैन, बेवकुफबुकलाई डाक्टर नबनाउ निरमाया टाउकाको औषधी नाइटामा लाउन हुँदैन !

‘Raju says- आज बिरक्त लागिरहेको छ !’ यस्तो स्टाटस पढेर साथीहरुले हौसलाको साटो झन हेरेसमेन्ट गराएको देख्दा~ रुँन्छ नि मन किन रुँदैन,मनको बजार नपाथ निरमाया- बेवकुफबुकको माल कोही किन्दैन !

‘मेरो साथी दीपक आज जापान गयो’-यो स्टाटस हेरेपछि यता दिपकको घरमा चोरी भएपछि चोरीको आरोप स्टाटस लेख्ने साथी माथी लागेका देख्दा ~ वास्तविक चोर दंग पर्छ नि, उ किन पर्दैन, चोरलाई चौतारो नबनाउ निरमाया- बेवकुफबुक सेक्युरिटी दिन सक्दैन !

आफ्नो नाममा अरुले नै एकाउण्ट खोलेपछि सक्कली कुन भनेर साथीभाइलाई छुट्याउन गाह्रो भएपछि नक्कली एकाउण्टवालाले आफ्नो सबैकुरा साथीबाट थुतेको देख्दा~ सक्कलीको रुँन्छ नि मन किन रुँदैन, को नक्कली- सक्कली निरमाया- ‘फेसकली’को बिश्वास हुँदैन !

‘क्युट युवती’ वा ‘हेण्डसम युवक’को फोटो सहित नक्कली एकाउण्ट खोलेर प्रेमको नाटक गरेको देख्दा ~ पर्छ नी भ्रम- किन पर्दैन, ‘बुक’को विश्वास नगर निरमाया- ‘फेस’ले मनको कुरा गर्दैन !

आफ्नो ब्लग वा साइट महिनौंदेखी अपडेट गरिएको छैन, बेवकुफबुकमा भने घण्टैपिच्छे स्टाटस Update भएको देख्दा ~ हाँस्छ नि बेवकुफबुक किन हास्दैन, अपडेट गर्न नछोड निरमाया -तिमीबिना बेवकुफबुक बांच्दैन !

‘गुगलच्याट’मा कुराकानी भएको साथी बेवकुफबुकमा स-अनुहार भेट भएको दिनदेखी बेपत्ता रहेको देख्दा ~ रुँन्छ नि मन किन रुँदैन, ‘हाइ !’ मा दंग नपर निरमाया ‘हाइ-हेलो’ दिगो हुँदैन !

फोटोमा कसैले कमेन्ट नगरेपछि आफैंले कमेण्ट गरेको तथा कमेण्ट नआएपछि एकाउण्ट नै ‘डि-एक्टिभेट’ गरेको देख्दा~हाँस्छ नि मन किन हाँस्दैन, धेरै आशा नगर निरमाया- बेवकुफबुकले माया गाँस्दैन !

२४ घण्टा बेवकुफबुकमा झुण्डिएर ‘फेसको बिनास तथा बुकको सत्यानास’ भएको देख्दा~ उठ्छ नि रिस किन उठ्दैन , बेवकुफबुकमै नझुण्ड निरमाया- कसिएपछि फुकाल्न सकिन्न!

‘मिसेन रिडेबल पासपोर्ट’ भारतमा छाप्दा संपूर्ण जानकारी भारत पुग्छ भनेझैँ, ‘बेवकुफबुक’ मार्फत तपाईंको संपूर्ण इन्फरमेसन अमेरिकमा सुरक्षित छ भन्ने सुन्दा ~ रुँन्छ नि मन किन रुँदैन, ‘Every things No Share’निरमाया- कुनै कुरा गोप्य रहँदैन

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: