भारतले मधेशी नेतालाई धम्क्याएकाले प्रधान मन्त्री चुनिएन : बिजुक्छे

अनमिन अमेरिकी दलाल हो-
अनमिन हट्दासाथ भारतीय सेना छिर्न सक्छ-
भक्तपुर, भदौ २६- नेपाल किसान मजदूर पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले मधेशवादी दलका नेताहरुलाई धम्क्याएकाले प्रधान मन्त्री चुनिन नसकेको बताएका छन्। भारतीय दूताबासका सचिव र केही भारतीय नेता तथा मधेशी दलका नेताहरुबीच केही दिनअघि भएको भेटघाटमा उनीहरुले धम्क्याएको बिजुक्छेले बताए।

एउटा तारे होटलमा भएको भेटमा उनीहरुले ‘हामीले २२ करोड खर्च गरेर तिमीहरुलाई नेता बनाएका हौं, अहिले मनपरि गर्न पाउँछौं’ भन्दै थर्काएपछि तटस्थ बसेको सूचना आफूले पाएको उनले सञ्चारकर्मीमाझ बताए।

भक्तपुर काण्डका संस्मरण नामक किताव विमोचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- यही कारण भारतले नचाहेसम्म नेपालमा प्रधान मन्त्री चुनिँदैन।

उनले अनमिन अमेरिकी दलाल भएकाले त्यसलाई सकभर चाँडो यहाँबाट हटाउनुपर्ने धारणा पनि राखे। यसलाई जति धेरै समय राख्यो, उति बढी हानि हुने भनाइ उनको थियो।

तर अनमिन हट्दासाथ एउटा समस्या आउला भन्ने डर छ, उनले भने- अनमिन हट्दासाथ भारतीय सेना छिर्न सक्ने सम्भावना छ, त्यसैले यसबारे पनि अहिले नै दलहरुले सोच्नु जरुरी छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: