इटालियन पेस्तोल सहित दुई पक्राउ

काठमाडौं, भदौ २५ प्रहरीले भक्तपुर हनुमन्ते पुल नजिकैबाट इटालीयन पेस्तोल एक थान र १० राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कटुन्जे र प्रहरी परिसर भक्तपुर प्रहरीले सवारी जाँचका क्रममा बा ३७ प ४२३४ नं.को मोटरसाइकलमा आएका रामेछाप घर बताउने सविन गुरुङ र सन्तोष गुरुङ पक्राउ गरेको हो।

गुरुङका दुई सहयोगी भाग्न सफल भएका छन्। भाग्ने क्रममा उनीहरुले धानखेतमा लोड भएको पेस्तोल फ्याँकेका थिए। पेस्तोल फ्यालेको स्थानीयबासीले देखी प्रहरीलाई खबर गरी खोज्दा इटालीमा बनेको पेस्तोल लोड भएको अवस्थामा धानखेतमा भेटिएको थियो।
पक्राउ परेका दुवै अभियुक्त बालकोटमा एक महिलाको सुनको सिक्री लुटेर भागेको बालकोट प्रहरीले बताएको छ।

पक्राउ परेको समूह ठूलो अपराधको योजनाको तयारीमा रहेको हुन सक्ने प्रहरीले शंका गरेको छ।

अभियुक्तहरुको अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरका निरीक्षक कुमार विक्रमले बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: