तान्जानियालाई १० विकेटले हराउँदै नेपाल आइसिसी डिभिजन-४ मा तेस्रो

तान्जानियालाई १० विकेटले हराउँदै नेपाल आइसिसी डिभिजन-४ मा तेस्रो भएको छ । प्रतियोगिताअन्तर्गत यसअघि तान्जानियासँग भएको खेलमा नेपाल पराजित भएको थियो । यस जितसँगै नेपालले सो हारको बदला पनि लिएको छ ।

अघिल्लो साता तान्जानियासँग ९ रनले हारेपछि नेपालको सन् २०१५ को विश्वकप यात्रा कठिन बनेको थियो । इटालीको डेढ साता लामो यात्रामा नेपाल तान्जानिया र अमेरिकासँग पराजित भएको थियो भने इटाली, कायमन दीप तथा अर्जेन्टिनालाई हराएको थियो ।

नेपालले डिभिजन-५ को विजेताको हैसियतले सहभागिता जनाएको थियो । आइसिसीले सन् २०१५ को विश्वकपपछि मात्र अर्काे संस्करणको छनोट तालिका सार्वजनिक गर्ने हुँदा विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपालले कम्तीमा ६ वर्ष कुर्नुपनेछ ।

तेस्रो स्थानका लागि शनिबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको तान्जानिया ३९ ओभर ३ बलमा ७३ रनमा समेटियो । प्रत्युत्तरमा आप\mनो प्रतिष्ठा रक्षा गर्न क्रिजमा ओर्लेको नेपालले १२ ओभर ३ बलमा विनाविकेट ७४ रन जोड्दै सानदार जित प्राप्त गर्‍यो ।

नेपाली टोलीका लागि नियमित ओपनरद्वय अनिल मण्डल र महेश क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरेका थिए । दुवैले ५ दशमलव ९२ को औसतमा रन बटुले । अनिल ४० बल सामना गर्दै चार चौका तथा तीन छक्का प्रहार गरी ४७ रनमा अविजित रहे । महेशले ३५ बलमा तीन चौका र एक छक्कामा २४ रनको योगदान दिए । खेलमा नेपाली टोलीका शक्ति गौचन म्यान अफ द म्याच घोषित भए ।

पहिलो ब्याटिङ गरेको तान्जानिया बायाँहाते स्पिनर शक्ति, अमृत भट्टराई र वसन्त रेग्मीको घातक बलिङ सामना गर्न नसक्दा सस्तैमा खुम्चियो । अमृतले नेपाललाई पहिलो सफलता दिलाए । उनले तान्जानियाका भरपर्दा ब्याट्सम्यान खालिफलाई ६ रनमा बोल्ड गरे । खालिफको विकेट पतन भएपछि नेपाली बलरहरू अपि|mकी ब्याट्सम्यानमाथि खनिँदै गए । अर्को ओभरमा विनोद दासले किन्जोजीलाई १२ रनमा प्रदीप ऐरीबाट क्याच आउट गरे । खेलमा दोस्रो विकेटका रूपमा अमृतले अब्दुहल्लालाई १ रनमा विकेट पछाडि महेशबाट क्याच ठम्याउन लगाए । अब्दुहल्लाको विकेट खस्दा तान्जानिया २१-३ को अवस्थामा थियो ।

सिमरले दिलाएको सफलतामा शक्तिले पनि आप\mनो भूमिकालाई न्याय गर्दै तान्जानियाको मध्यक्रमका तीन विकेट झारे । शक्तिकै उत्कृष्ट बलिङका कारण तान्जानियाले अन्तिम ६ विकेट नौ रनको अन्तरमा गुमायो । सो टोलीका लागि किकासीले ७२ बलमा चार चौका हिर्काएर सर्वाधिक ४२ रनको योगदान दिए । शक्तिले दस रन खर्चेर तीन विकेट लिए । अमृतले ८ रन दिएर दुई विकेट हात पारे ।

अमेरिका च्याम्पियन

लेनोक्स क्रुजको विस्फोटक शतकपछि आयोजक इटालीलाई आठ विकेटले हराउँदै अमेरिका डिभिजन-४ को विजेता बनेको छ । शनिबार भएको खेलमा इटालीले निर्धारित ओभरमा नौ विकेट गुमाएर १ सय ८५ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा लेनोक्सले १ सय १ रनको योगदान दिएपछि अमेरिकाले २१ ओभर ४ बलमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो । लेनोक्सले ५७ बलमा १४ चौका तथा ४ चौका हिर्काए ।

यसैगरी ओपनर बाकेरले ३४ रनको योगदान दिए । इटालीका लागि ब्याटिङमा पेटि्रकोलाले ४२ रनको योगदान दिएका थिए । दुवै टोली डिभिजन-३ का लागि छनोट भइसकेका छन् । यसैगरी कायमन दीपले अर्जेन्टिनालाई सात विकेटले हराउँदै पाँचौँ स्थान प्राप्त गर्‍यो । दुवै टोली डिभिजन-५ मा झरिसकेका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: