यात्रा संस्मरण

आज ३ वर्षभन्दा बढी भईसकेको छ । त्यो दिन २०६३ साल आश्विन २७ गते विहान करिव ४ वजेको घटना जुन मेरो जीवनको अन्तिम क्षण वा दिन पनि बन्न सक्थ्यो । आज त्यही घटनाले मेरो मुटुको कुनै कुनामा वास गरिरहेको छ र झस्काई रहन्छ मलाई । भाग्यवश भनौं या दुर्भाग्यवस भनौं मेरो पूनः जन्म भयो भन्दा कुनै अतियुक्ति हुँदैन होला । आज त्यही घटनालाई मध्यनजर गरेर एउटा जीवन संस्मरण लेख्नु उपयुक्त ठानेर लेख्ने जमर्को गरेको छु ।
२०६३ साल आश्विन २५ गतेको दिन थियो त्यो । म र मेरो भाई चित्त खनाल अनि हामी संगै एउटै कोठामा पुग्नु पर्ने गाउँकै भाई महेश गिरी विहान करिव ७ वजे खाना खाएर नेपालको मुटु केन्द्रीय राजधानी काठमाण्डौ सम्मको उच्च शिक्षा अध्ययनको लागि यात्रामा पाइला अगाडि बढायौं अरु साथी भाई तथा दाई दिदीहरुको साथ । ओखलढुङ्ग जिल्ला पहाडी जिल्ला भएकोले प्राकृतिक रुपले सु-सम्पन्न छ । त्यसैले हामी काठमाण्डौ जाने बाटोमा पनि प्राकृतिक सौर्न्दर्यताको कुनै कमी थिएन । त्यसैमाथि मोलुङ्ग खोलाको सुशेलीले यात्रालाई मनमोहक बनाएको थियो । काँधमा झोलाको लोती भिरेर बाटोमा हिड्ने आफू जस्तै अनेक बटुवा साथै पहाडी जिल्ला भएकोले मजदूरी गर्ने भरिया दाईहरु साथै सँगै काठमाण्डौ, हेटौंडा, पोखरा तथा अन्य स्थानमा जानको लागि यात्रामा रहेका साथीहरु, गफ गर्दै हिँड्दाको आनन्दानुभूति वेग्लै थियो । बेलामा चुट्किला भन्ने त कहिले गीत गाउँदै रमाईलो गर्दै हिँड्दा शरीरमा थकानको अनुभूति रत्तिभर थिएन ।
मेरो लागि यो यात्रा यस मानमा पनि महत्वपूर्ण र अविस्मरणीय थियो कि म पहिलो पटक काठमाण्डौको यात्रा, लामो यात्रा गर्दै थिएँ । मनमा उमंग हौशला, चुनौतिका ठूला ठूला पर्खालहरु अनि जिम्मेवारीवोध सबैलाई एकै मालामा गाँस्दै मेरा पाईला नेपालको केन्द्रीय राजधानी काठमाण्डौतिर लम्कीरहेका थिए । हामी गाउँमा जन्मेर हुर्केका मान्छे, पैदलमै रमाउने मान्छे, दिनचर्यानै पैदलबाट शुरु गरेका मान्छे, ठण्डी होस या गर्मी सबै पचाएका मान्छे पैदल यात्रामा कुनै दर्दानुभूति थिएन नै जीवनको पहिलो पटकको लामो यात्रा भएकोले पनि अलि फरक अनुभूति अवश्यै थियो । त्यसैका बीचबाट हाम्रो यात्रा लम्किरहेकै थियो । बीचमा अनेक किसिमका यात्रा गर्ने मानिसहरुसँग भेट हुँदै थियो । मोलुङ्गको शुसेलीलाई विदाई गर्दै हामी दिनको चर्को घाममा सुनकोशी नदीको किनारै किनार -जुन हाम्रो काठमाण्डौ यात्राको एक भाग हो) उदयपुरको घुर्मी बजारतर्फलाग्यौं । किनभने हाम्रो यात्रा अब पैदलबाट बसको यात्रा तर्फलक्षित बन्दै थियो । हाम्रो यात्रामा कोही वालबच्चा देखि युवा, वयस्क साथै अधवैंसे र केही पाकाहरु गरी सबै उमेरसमूहका मानिसहरु थिए । त्यसैले हामी सबै एकै समयमा एउटै गतिमा घुर्मी बजार पुग्न सम्भव थिएन । त्यही पनि दिनको चर्को घाममा । हामी केही व्यक्ति अरुहरु भन्दा अलि छिटो घुर्मीको बस स्टेसनमा पुगेका थियौं जवकि हामी पुगेको समयमा बसमा चढेको भए कटारी पुग्ने निश्चित थियो । तर अरु सँगै आएका साथीहरुलाई छोडेर जान पनि सम्भव थिएन । त्यसैले हामी पनि साथी कै पर्खाइमा घुर्मीमा अर्को बसको यात्रा लक्षित गरी बस्यौं । अफसोच हामी उक्त दिन -आश्विन २५ गते) घुर्मी बजारलाई छोड्न अर्समर्थ भयौं र त्यो दिनको हाम्रो यात्रा घुर्मीसम्म पुगेर टुङ्गयिो ।
भोलिपल्ट आश्विन २६ गते विहान करिव ४/५ वजेतिर सबै जना उठ्यौं र बसस्टेसन तिर लाग्यौं । हाम्रो बसको यात्रा शुरु भयो गुरुजीले बसको हर्न बजाएर गाडी स्र्टार्ट गरेपछि । कच्ची बाटो -अहिले पीच भईसकेको छ), डरलाग्दो तारेभिर र साँघुरो बाटो भएकोले यात्रा कठीन तथा भयानक नै थियो तर बाटो लामो भएकोले यात्रा बसमै गर्नुको कुनै विकल्प पनि त थिएन । त्यसैले चुनौतिपूर्ण यात्रामा हामी काठमाण्डौ पुग्ने सपना मुटुभरि बुन्दै यात्रा गरिरहृयौं । विहान करिव ७ वजे वाँसबारी भन्ने ठाउँमा पुगेपछि बसले आफ्नो गति पूर्णरुपमा बन्द गर्यो कारण थियो खाजा खाने स्थान र समय भएको । त्यसैले हामीले पनि त्यही ठाउँमा खाजा खायौं । फेरि यात्रा भने रोकिएन सबैले खाजा खाईसकेपछि पुनः शुरु भयो । हाम्रो यात्राको प्रारम्भिक गन्तव्य उदयपुरको एउटा शहर भनौं या नाका कटारी बजार थियो । त्यहाँ पुग्न धेरै घुम्ती तथा गल्छी मोडहरु पार गर्नु पथ्र्यो । त्यसै बीचमा हाम्रो यात्रामा कही के को त कही के को बाधा अड्चनहरु आउँथे । त्यस्तैमा बीचमा पानीले हामीलाई आक्रमण गर्यो । तर पनि हामी विचलित बन्नुपर्ने कुनै कारण नै थिएन किनभने हामीले झरी वादल असिना त धेरै पहिले देखि पचाई सकेका थियौं । अलि अप्ठेरो महशुस किन भएको थियो भने कच्ची बाटो, बसको पर्याप्तथा नभएकोले एउटै बसमा धेरै जना यात्रा गर्दा सिट पर्याप्त नहुने भएर हामी बसको हुटमा बसेका थियौं । वातावरण त्यस्तै रहिरहेन वेतिनी भन्ने ठाउँमा पुगेपछि मौसम केही सफा भयो । अब हामीले कटारीको केही भाग आँकलन गर्न सक्थ्यौं । हाम्रो यात्रा केही सरल बन्यो ।
करिव ११ वजे हामी कटारी बजार पुग्यौं । ठीक विहानको खाना खाने वेला भएकोले हामीले पनि त्यहाँको परिचित मकालु होटलमा खाना अर्डर गर्यौं । पहाडबाट ओरालो लागेकोले कटारीमा केही गर्मी अनुभव भएको थियो । केही साथीहरुले नुहाउने काम गर्नुभयो भने हामीले पनि मुघ, हात खुट्टा धुने काम समाप्त गर्यौं । हाम्रो गन्तव्य काठमाण्डौ भएकोले हामीले काठमाण्डौको लागि बसको टिकट काट्नु अनिवार्य भएकोले खाना खाईसकेपछि टिकटको खोजीमा लाग्यौं । कोही आफन्तकोमा आरा मगर्नतिर लागे भने हाम्रो यात्रामा एकै स्थान पुग्नुपर्ने म, भाई महेश गिरी, छवि गिरी, चित्त खनाल लगाएत ४/५ जना आफ्नै यात्राको गन्तव्य सहज बनाउनेतिर तयारीमा लाग्यौं । हामी २७ गते जसरी पनि काठमाण्डौ पुग्नै पर्ने र २७ गते नेपाल बन्द भन्ने हल्ला चलेको कारण रात्री बसको टिकट काटेर सोही दिन हिड्नुको कुनै विकल्प हामीमा थिएन । दशैंको लगत्तै पछाडि भएकोले मानिसको भिडभाड त थियो नै दशैंमा घर गएका मानिसहरु कार्यस्तल तिर तथा पर्ढाईस्थलतिर लाग्नेको संख्या कम थिएन । त्यसैमा पथ्र्यो हाम्रो टीम पनि । त्यस्तैमा हामीले कुसुम यातायात रोज्ने निर्णय गरी ४ जनाको लागि उक्त यातायातको ७, ८, ९, १० नम्बर सिट रोज्यौं । बसले करिव ४ वजेतिर मात्र यात्राको गन्तव्य तय गर्ने भएकोले हामी केही बाँकी समय भेटघाट तथा घुमफीरमा विताउने निर्णय गर्यौं ।
२६ गतेको समयले ४ वजाउन लागेको थियो । गाडीले हर्न बजाउँदै गन्तव्य तय गर्नै लागेको थियो । त्यस्तैमा हामीले पनि आफू जाने बसको आफ्नो सीट समात्यौं र बस्यौं । बसले गति लियो आफ्नै रफ्तारमा । दशैंको अन्तिम चरण भएकोले बसमा यात्रा गर्ने अधिकांश यात्रु दशैं मनाएर र्फकने क्रममा भएकोले बसको सिटमा मात्र नभई हुटमा पनि खचाखच थिए तर पनि बसमा यात्रा गर्ने यात्रु भने थपिने क्रम रोकिएको थिएन । बीच बीचमा बस रोकेर मानिसहरु चढाउने क्रम पनि चलिरहेको थियो । समयले पनि आफ्नो गति लिँदै थियो । बसमा भिडियो कोच भएको र रात्रीको समय हुँदै गएकोले गाडिका मजदूर साथीहरुलाई भिडियो संचालन गर्ने अनुरोध गर्यौं । भिडियो संचालन भयो । तर्राईको समथर भू-भाग, कहीँ घुम्ती अनि मोड त कतै घना जंगल यात्राको परिधि अनि परिवेश वेग्लै थियो त्यसैमाथि मन छुने संगीतको धुन यात्राको अनुभव असाध्यै रमाइलो बन्दै गई रहेको थियो । केही समय पछि मैले मसँग भएकाा क्रान्तिकारी गीतको सीडी बजाउन कन्डक्डरलाई अनुरोध गरें । उहाँले स्वीकृति त जनाउनु भयो तर खाना खाने ठाउँमा पुगेर खाना खाएपछि मात्र ।
हाम्रो यात्रा कटारीबाट लगातार रफ्तारमा तर्राईका विभिन्न जिल्ला हुँदै हेटौंडा करिव रातका ११ वजे पुगियो । हाम्रो यात्रा लामो थियो । नियमतः सवारी हेटौंडामा पुगेर विसाउने र त्यहाँ खाना खाने अनि प्रायः बसचालक परिवर्तन गर्ने हुन्थ्यो । सबै कुरा त नियमतः नै भयो तर अफसोच हाम्रो बसको बसचालक परिवर्तन भएन । रातको समय हामीले हाम्रो यात्रा काठमाण्डौ नै तय गरेकोले केही साथीहरुको हेटौंडा बस्ने आग्रहलाई अस्वीकार गर्नु हाम्रो कुनै मूर्खता थिएन । त्यसैले हामी हेटौडा देखि काठमाण्डौ तिरै हानिने निधो गर्यौं । कारण थियो बन्दको हौवा । हामी जसरी पनि छिटो काठमाण्डौ पुग्नै पर्ने वाध्यता थियो भने उता बन्दको हौवा फिँजाएर जनविरोधी तत्वहरुले आतंक फैलाउन खोजिरहेका थिए । त्यस्तो परिस्थितिमा हामी कसरी त्यो दिन हेटौंडामा नै बस्न सक्थ्यौं र – करिव साँढे ११/१२ वजेतिर हाम्रो बस फेरि काठमाण्डौ चुम्ने मोहमा अगाडि हानियो । म पहिले पनि हेटौंडा सम्म पुगेकोले हेटौंडासम्मको केही ज्ञान थियो तर त्यहाँबाट अगाडि बाटो कस्तो छ, कसरी अगाडि बढ्छ कुनै पत्तो थिएन त्यसमा पनि रातको यात्रा एक किसिमको कौतुहलता अवश्यै थियो ममा ।
पूर्व स्वीकृति अनुसार बसमा मसँग भएको क्रान्तिकारी भिडियो बजाईयो । देश १० वर्षो महान जनयुद्ध तथा १९ दिनको ऐतिहासिक जनआन्दोलनबाट भर्खर शान्तिपूर्ण अवस्थामा अवतरण भएकोले मानिसहरुमा एक किसिमको परिवर्तनको चाहना तथा कौतुहलता थियो । उक्त भिडियोमा तिनै कौतुहलता मेटाउने गीतहरु समावेश गरिएका थिए । त्यसैले सबैले त्यसलाई हेरेर आनन्दानुभूति लिएको महशु्स हुन्थ्यो ।
रात धेरै प्रौढ भईसकेको थियो । निन्द्रादेवीले यात्रु सबैलाई आफ्नो न्यानो काखमा घुम्टो हालेर राखेजस्तो लाग्थ्यो । बसमा कोही आ-आफ्ना मानिसहरुसँग आफ्नै किसिमले गफ गरिरहेका थिए भने कोही निदाईसकेका थिए । भौतिक शरीर न हो निन्द्रा, भोक, तिर्खा, थकाई भनेको त लागि नै हाल्छ । उक्त रातको यात्रामा मलाई पनि निन्दाले समायो । मलाई केही धुमिल स्वर बाहेक बस कहाँ पुग्यो, कसरी कुन गतिमा गुडिरहेको छ – कुनै जानकारी नै थिएन । त्यतिवेला करिव साँढे २ या पौने तिन बजेको हुँदो हो । बसमा आजाव धुमिल सुनिन्थ्यो-“गुरुजी विस्तारै जानुपर्छ, बरु ढिलै पुगे पनि केही हुन्न, किन हतार गर्ने । विहान ५ वजे तिर पुगे पनि त भई हाल्छ” । उक्त आवाज सोही बसका कन्डक्टरको थियो । प्राकृतिक विपत्ति, दर्ुघटना जस्ता विपत्तिहरु वाजा बजाएर आउँदैनन् भन्ने उखान जस्तै कन्डक्टरको कल्पना जुन बस दर्ुघटना होलाकी – भन्ने डर साँच्चिकै बन्न पुग्यो । बसका सबै बत्तीहरु निभेको अवस्था थियो -अगाडिको हेडलाइट बाहेक) । म, मेरो टीममा यात्रा गर्ने टीम लगायत सम्पर्ूण्ा यात्रुहरु मस्त निन्द्रामा थिए । समयले विहानको त्यस्तै साँढे तिन बजाएको हुँदो हो । ठूलो आवाज आयो – गर्ल्याम्म˜˜˜˜˜˜˜˜˜˜˜˜ ।
त्यसपछि मानिसहरु चिच्याएको, रोएको, कराएको गुहार ! गुहार ! गुहार ! भनिरहेको मात्र आवाज सुनिन थाल्यो । मेरो मस्तिष्कले बस दुर्घटना भयो भन्ने ठम्याईसकेको थियो । निन्द्राबाट ब्यूँझिएको अवस्था भएकोले म बेहोस भने भएनछु । मलाई अलि अप्ठेरो अनुभूति भयो । शरीरमा छाम्दा जता ततै रगताम्य अवस्था र चोट मात्रै भेटिन्थ्यो । त्यस्तैमा मैले आफूलाई उठाउने प्रयत्न गरेँ तर सकिन । मलाई लाग्यो म कतै कान्लामा अल्झेको त छैन – कसैलाई गुहार मागौं सबैको हालत एउटै । भाईलाई बोलाऊँ उ पनि कुन हालतमा होला जिज्ञासानै थियो । ठूलो स्वरले बोलौं भने स्वर नै भासिएको स्थिति थियो । तर म त गाडिको मुनिपट्टी परेको रहेछु । मेरो दिमागले अब म बाँच्दिन भन्ने ठम्याउन थाल्यो र परिवार सम्झेर मृत्युलाई कुर्नु भन्दा विकल्प केही छैन जस्तो लाग्यो । मैले मेरो परिवारका सम्पर्ूण्ा सदस्यलाई सम्भिmएर बाँचिए र कोही बचाउन आएछ भने बाँचियो नत्र दिन यतिनै लेखेको रहेछ भने कसको के लाग्छ र भनेर मौन लडिरहेँ । त्यसै बीचमा मेरो भाई चित्त, सँगै मेरो सीटमा बस्ने भाई महेश उनीहरुलाई केही भएको रहेनछ । उनीहरुले मेरो नाम लिँदै चिच्याउँदै रुदै मलाई खोजीरहेका थिए । अब भने मेरो आँखामा हर्षा आँशु साथै मधुर आवाज निकाल्ने साहस आयो र मधुर स्वर निस्कियो “म यहाँ छु, गाडि मुनि” । सुस्तरी उनीहरुले गाडिमुनितिरबाट मलाई बाहिर निकाले । मेरो शरीरमा भएका सबै घाउहरु हेरे पत्ता लाग्यो मेरो दाहिँने घुँडा नै फ््रयाक्चर भएको रहेछ । टाउकामा, हातमा तथा शरीरका अन्य भागमा घाउचोट त भेटियो अझै के के भएको छ सबै पत्ता लाग्न सकेन । मेरो शरीर चलाउन नमिल्ने भएको थियो जता छोए पनि दुख्ने । माथि फर्केर हेर्दा करिव २०० मीटरको हाराहारीमा बसहरु गुडिरहेका थिए । त्यस्तै केही स्थानीय वासिन्दाहरु आएर उद्धार गर्ने काममा सघाउ पुर्याए । रातको समय भएकोले के कति क्षति भयो भन्ने कुरा आँकलन गर्न सकिने अवस्था थिएन । त्यसैले सम्भव भए सम्मलाई माथि रोडमा उतारेर अन्य बसमा काठमाण्डौ लैजाने काम भयो । त्यसैमा मलाई पनि माथि ल्याइयो र हामी अर्को यात्रुवाहक वसमा पुनः काठमाण्डौकै यात्रामा लाग्यौं । मेरो जिज्ञासा थियो कति वेला काठमाण्डौ पुगिन्छ – यहाँबाट काठमाण्डौ कति टाढा छ – म बाँच्छु या बाँच्दीन – भन्ने । हामी चढेको बस विहान करिव ६ साँढे ६ वजेतिर सिधै वीर अस्पताल पुग्यो र म लगायत उक्त बस दुर्घटनामा परेका सम्पूर्ण घाइतेको उपचार क्रम शुरु भयो । त्यसै बीचमा दुःखद समाचार सुनियो हामी सँगै यात्रामा सरिक ८ वर्षीय कृष्ण गिरी सहित १० को मृत्यु ।
उक्त समाचार हावाको वेगमा सबैतिर फैलियो । मेरो उपचार क्रम वीर अस्पतालमै शुरु भएको त थियो तर हाम्रो गाउँकै दाई सिताराम पराजुली लगायतको आग्रहमा त्यहाँबाट डिस्चार्ज गरी राम्रो उपचार हुने अस्पताल वी एण्ड वी ग्वार्कोमा पुर्याइयो । म त्यतिवेला अर्धचेत अवस्थामा थिएँ । मेरो उपचार कठिन परिश्रम साथ भयो । डाक्टरहरुको कठिन परिश्रम, नर्सहरुको आत्मिय व्यवहार परिवारको स्याहार सुसारले मेरो स्वास्थ्य क्रमिक सुधार हुँदै गयो । मेरो उपचार कठिन यस मानेमा थियो कि मेरो व्याक वोनको लम्वार भर्टेव्रा क्र्याक भएको रहेछ । मेरो अस्पताल बर्साई करीव ७५ दिन भयो । मलाई लाग्छ मैंले पुनर्जन्म पाएँ यो अर्थमा कि म कुनै अत्यन्त गरीव परिवारमा जन्मेको भए म उपचार नपाएर छटपर्टाई छटपर्टाई मर्नुको कुनै विकल्प हुने थिएन ।
सुन्दा कथा जस्तो लागे पनि यो कारुणिक, दर्दनाक, मर्मस्पर्शी र हृदयविदारक घटना मेरो मात्र है सुन्ने जो कोहीको पनि मुटुमा तरङ्ग पैदा गरिदिन्छ । यस्तो घटना म कसरी भुल्न सक्छु । जुनसुकै कारणले यो घटना घटेको भए पनि अब देखि यस्ता खाले घटना कहिल्यै नघटुन । त्यही घटनाको कारण म अहिले सम्म पनि शारीरिक अशक्तता भई जीवन सँड जीवन र मृत्युको लर्डाई लडिरहेको छु, संघर्ष गरिरहेको छु । संस्मरण पढिदिनुभएकोमा धन्यवाद ।
देवी प्रसाद खनाल
कटुञ्जे-९, ओखलढुङ्गा

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: