अक्टोपसको पछिल्लो भविष्यवाणी- स्पेनलाई उपाधि, जर्मनी तेस्रो

काठमाडौँ- अहिलेसम्म यस विश्वकपमा जर्मनीले खेलेका सबै ६ खेलको सही भविष्यवाणी गरेको अक्टोपसले शनिबार हुने उरुग्वे र जर्मनीबीचको तेस्रो स्थानका लागि हुने खेलमा जर्मनी विजयी हुने भविष्यवाणी गरेको छ। त्यसैगरी फाइनलमा स्पेनले नेदरल्यान्डसलाई पराजित गर्ने भविष्यवाणी उसले गरेको छ।
जर्मनीबाहेकको टिमको भविष्यवाणी अक्टोपसले अहिलेसम्म नगरेको भए पनि विश्वभर भइरहेको चर्चासँगै थकित नभए फाइनलको पनि भविष्यवाणी गर्न लगाउने उसलाई पाल्नेहरुले यसअघि बताएका थिए। यसै अनुरुप तेस्रो स्थानको लागि जर्मनी र उरुग्वेबीचको खेलको भविष्यवाणी गरेको केही समयमा नै स्पेन र नेदरल्यान्ड्सबीचको भविष्यवाणी गर्न लगाइएको थियो।

नेदरल्यान्डसको झण्डा भएको ट्याङ्कीलाई वास्तै नगरी स्पेनको झण्डा भएको ट्याङ्कीमा भएको खानेकुरा रोजेपछि विश्वकपको उपाधि स्पेनले जित्‍ने भविष्यवाणी गरिएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: