कसले, कसरी गर्‍यो डा. श्रेष्ठको अपहरण ?

२४ असार, काठमाडौं । डा. भक्तमान श्रेष्ठ रिहाई भएको एक महिनापछि प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी डा. श्रेष्ठको अपहरण कसले र कसरी गरेको थियो भन्ने सार्वजनिक गरेको छ । प्रहरीका अनुसार डा. श्रेष्ठलाई काठमाडौंको सामाखुसीमा राखिएको थियो भने उनको रिहाइका लागी उनको परिवारले तीन किलो सुन फिरौति दिएका थिए ।

को को थिए अपहरणकारी ?
डा. श्रेष्ठको अपहरण आपराधिक समूह भीमसेन पण्डित समुहले गरेको प्रहरीले जनाएको छ । उनको अपहरणमा नुवाकोट चारघरेका ३७ वर्षिय भीमसेन पण्डित, भारतका ३० वर्षिय रोहित पलिवल, जिलिङ नुवाकोटका बद्री ढुंगाना, नुवाकोट चारघरेका लुक्पा तामाङ, काठमाडौं महाराजगञ्जमा सुनिल श्रेष्ठ र भारत दार्जिलिङका नविन क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

कसरी गरियो अपहरण र कसरी लिइयो फिरौती ?
अपहरणकारिहरु धेरै रकम फिरौती तिर्न सक्ने ब्यक्तिको खोजिमा थिए । त्यसैक्रममा चितवन क्यान्सर अस्पतालमा पहिले काम गरेका सवारी चालक बद्री ढुंगानाले अपहरणकारिका नाइके भीमसेन पण्डितलाई डा. श्रेष्ठ चितवनको धेरै कमाउने ब्यक्ती भनेर चिनाइदिए । त्यसैका आधारमा गत जेठ ४ गते अस्पतालबाट घर फर्किदै गर्दा डा. श्रेष्ठको अपहरण भयो । उनलाई अपहरण गरी सोहि दिन राति चितवनबाट मुंग्लिन हुँदै पण्डितको चारघरेस्थित निवासमा लगेर राखेका थिए । त्यसको भोलिपल्ट डा. श्रेष्ठलाई अपहरणकारीले चितवनको मुंग्लिनबाट धादिङको गल्छी, नुवाकोटहुँदै काठमाडौंको सामाखुसी ल्याएका थिए । सामाखुसीमा पण्डितले लिएको भाडाको फ्ल्याटमा उनलाई राखिएको थियो ।

त्यसपछी फिरौतै बार्गेनिङ गर्न रोहित भारत गएका थिए र इन्टरनेट तथा कलबाइपासबाट फिरौति माग गरेका थिए । पछि परिवारले भारतमै गएर उनीहरुलाई फिरौति बापत तीन केजी सुन बुझाएका थिए । भारतमा फिरौति बुझाएपछि काठमाडौंमा राखिएका भक्तमानलाई मोटरसाइकलमा राखेर पण्डितसहित दुई अपहरणकारीले धादिङको मझिमटारमा पुर्‍याएर जेठ २२ गते राति छाडेका थिए ।

अपहरणकारी मध्य प्रहरीले बद्री प्रसाद ढुंगाना, सुनिल श्रेष्ठ र नविन क्षेत्रीलाई पकाउ गरिसकेको छ । घटनाका मुख्य योजनाकार पण्डित र अग्रवाल भने फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: