विश्वकपमा युरोपियन दबदबा

जोहानसबर्ग/ चालू विश्वकपको सुरुवाती चरणमा युरोपेली मुलुक कमजोर देखिए । त्यहाँका नाम कमाएका ठूला स्टार खेलाडी ‘फ्लप’ भए । अन्तर्राष्ट्रिय फुटबलमा युरोपको नियन्त्रणलाई दक्षिण अफिकामा कसैले ‘हाइज्याक’ गरेको भान पथ्र्यो । तर, गएको सातादेखि ती सबै धारणा परिवर्तन हुन थालेका छन्, विश्वकपका चार सेमिफाइनलिस्टमध्ये तीन त युरोपका छन् । परम्परागत शक्तिका साथ युरोप फेरि विश्वकपमा फर्किएको छ ।

सन् १९३४ देखि घटीमा एक युरोपेली टोलीले विश्वकपको फाइनलमा स्थान बनाएको परम्पराले निरन्तरता पाउनेछ । हो, १९५० को विश्वकपको अन्त्यमा ब्राजिल र उरुग्वे मात्रै विजेताका रूपमा देखिएका थिए, तर त्यो विश्वकपमा आधिकारिक फाइनल खेलाइएको थिएन ।

यस विश्वकपमा छनोट भएका १३ मध्ये ६ युरोपेली टोलीले मात्रै दोस्रो चरणमा स्थान पाएका थिए । दोस्रो चरणमा दक्षिण अमेरिकाका पाँच र एसियाका दुई टोलीले स्थान बनाएका थिए । जसलाई अन्तर्राष्ट्रिय फुटबलको पावर हाउस मानिने युरोपको कमजोरीका रूपमा लिइयो । अनि यो विश्वकप कुनै एक दक्षिण अमेरिकी मुलुकले जित्ने दाबी पनि गरियो ।

ती सबैलाई बिर्सने हो भने अब विश्वकपमा युरोपबाहिरको एकमात्र मुलुक उरुग्वेको मात्रै प्रतिनिधित्व रहेको छ । त्यही उरुग्वे मंगलबार फाइनल यात्राका लागि नेदरल्यान्डसँग भिड्दै छ । उरुग्वेले पनि हारको सामना गरेको खण्डमा कुनै युरोपेली मुलुकले पहिलोपटक आफ्नो महादेशभन्दा बाहिर विश्वकप उचाल्ने पक्का पनि हुनेछ । बुधबारको सेमिफाइनलमा जर्मनी र स्पेनको भिडन्त हुँदै छ ।

‘मेरो टोलीको प्रदर्शन प्रशंसायोग्य छ, अन्तर्राष्ट्रियस्तरको मात्र होइन, च्याम्पियन बन्नलायक छ,’ अर्जेन्टिनालाई हराएपछि जर्मनीका प्रशिक्षक जोकिम लोजले भनेका थिए । वास्तवमा अहिले जर्मनी उपाधिको पहिलो हकदार बनेको छ, खेलस्तरका आधारमा ।

विश्वकपमा ३२ टोलीको सहभागिता रहने परम्पराको थालनी भएयता समूहमा चरणमा युरोपले अहिले जति नराम्रो प्रदर्शन कहिल्यै गरेको थिएन । विश्व-विजेता इटाली र उपविजेता प|mान्स पहिलो चरणबाटै बाहिरिएपछि त युरोप झन कमजोर देखिएको थियो । इटाली ‘बूढा’ खेलाडीले भरिपूर्ण थियो । सो टोलीका नौ खेलाडी त ३० वर्षभन्दा बढीका थिए जसमा, कप्तान ३६ वषर्ीय फाबियो क्यानाभारोसमेत पर्छन् । फुटबललाई युवाको खेल भनिन्छ, इटालीले दक्षिण अपि|mकामा खुट्टा जमाउन नसकेको एक कारण त्यो पनि हो ।

२००८ को युरोपेली च्याम्पियनसिपमा पनि पहिलो चरणबाटै बाहिरिएको प|mान्सले कमजोर प्रदर्शनप्रति भने त्यही आश्चर्य मानिएन । तीनपटकको विश्वविजेता जर्मनी भने लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । मिरोस्लाभ क्लोज चम्कँदा जर्मनीले पछिल्लो दुई खेलमा नै आठ गोल गरिसकेको छ । साथै क्लोज ब्राजिलका रोनाल्डोको १५ विश्वकप गोलको कीर्तिमानबाट पनि एक गोलले पछाडि छन् ।

उता डेभिड भिल्लाको प्रदर्शनबाट स्पेनले ६० वर्षपछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा स्थान बनायो । स्पेन र जर्मनीबीच हुने सेमिफाइनलाई यो विश्वकपको फाइनलभन्दा राम्रो खेलका रूपमा लिइनेछ । जसलाई युरो २००८ को फाइनलको दोस्रो भागका रूपमा पनि लिन सकिन्छ ।

नेदरल्यान्डलाई भने सधैँ अभागी टोलीका रूपमा लिइन्छ । ‘उत्कृष्ट टोली तर कहिल्यै विश्वविजेता बन्न सकेन,’ १९७४ र १९७८ मा फाइनलसम्म पुगेको डच टोलीका बारे यस्तै भनिन्छ । दक्षिण अपि|mकामा खेलेका सबै खेल जित्ने एकमात्र टोली नेदरल्यान्ड नै हो । साथै सो टोली २४ खेलदेखि अपराजित पनि छ ।

दुईपटक विश्वविजेता बने पनि उरुग्वेले १९७० पछि मात्रै विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । उरुग्वेले प्लेअफमा कोस्टारिकालाई हराएर यो विश्वकपमा खेल्न पाएको थियो ।

आज भएको उरुगुवे र नेदरल्याडको खेलमा नेदर्ल्यान्डले उरुगुवेलाई ३-१ ले पराजित गर्दै फाइनल खेलको लागि स्थान सुरछित बनाएको छ भने अब जर्मनी र स्पेन बिच हुने खेलमा उक्त खेलको बिजयी सँग नेदर्ल्यान्डको सामना गर्नु पर्ने छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: