बोर्ड टपर छात्राहरु के बन्न चाहन्छन्?

रुबी रौनियार,
काठमाडौं, असार २२- अमर इंग्लिस सेकेन्डरी स्कुल टोखाकी सुस्मिता भण्डारीले यसपालिको एसएलसीमा ९१ दशमलव ६२ प्रतिशत अंक ल्याएकी छन्। छात्रातर्फ सुस्मिता ‘बोर्ड टपर’ भएको स्कुलको दाबी छ।
प्रिन्सिपल हरिदास श्रेष्ठले भने, ‘छात्रातर्फ सुस्मिताले भन्दा बढी अंक ल्याएको जानकारी छैन, उनी नै टपर हुन्।’
नर्सरी देखि नै अमर इंग्लिस बोर्डिङ स्कुल पढेकी १६ वर्षीया सुस्मिता कहिल्यै दोस्रा भइनन्। उनले उत्कृष्ट नतिजा ल्याएको खुसीयालीमा विद्यालयले सोमबार विशेष कार्यक्रम गरेको छ।
सुनिता शिक्षक र परिवारलाई सफलताको श्रेय दिन्छिन्। उनले भनिन्, ‘मेरो सफलतामा स्कुल र परिवारको वातावरणले ठूलो मद्दत गरेको छ, राम्रो वातावरण नपाएको भए मैले मात्र के गर्न सक्थे र?
गणित र विज्ञानमा रुचि राख्ने उनको डाक्टर बन्ने लक्ष्य छ। उनका बुबा शिक्षक छन्। आमाबुबा, चार दिदीबहिनी र एक दाजु गरी परिवारमा ६ सदस्य छन्। माहिली दिदी सविताले पढाइमा विशेष सहयोग गरेको उनले सुनाइन्। उनले भनिन्, ‘ पढाइलाई बोझ ठान्नु हुँदैन, रमाइलो मानेर पढे सजिलै बुझ्न सकिन्छ।’ घोकेरभन्दा कुनै विषय बुझेर पढे परीक्षामा उच्च अंक ल्याउन सकिने उनको सुझाव छ।
अहिले उनको घरमा बधाइ दिन आउनेको लर्को छ। ‘हामीलाई धेरै खुसी लागेको छ,’ दाजु शंकरले भने, ‘उसको डाक्टर बन्ने इच्छा पूरा गर्न परिवारले सहयोग गर्नेछ।’
ज्ञानमन्दिर सेकेन्डरी स्कुल बालाजुकी रुक्सार थापाले एसएलसीमा ९१ दशमलव ३७ अंक ल्याएकी छन्। उनले हासिल गरेको नतिजाप्रति विद्यालयले खुसी व्यक्त गरेको छ। प्रिन्सिपल पुरुषोत्तम मानन्धरले भने ‘ उनी सानैदेखि लगनशील छात्रा हुन्, जेहेन्दार विद्यार्थी पाउँदा खुसी लागेको छ।’
बालाजु पुरानो गुहेश्वरीकी रुक्सार मामाघरमा बसेर पढेकी हुन्। बुबा, आमा, मामाघरका हजुर बुबा र सानीआमाले पढाइमा प्रेरणा दिएको उनले बताइन्। उनका बुबा टेलिकमका जागिर हुन्। आमाले एलएलबी गरेकी छन्। पारिवारिक वातावरण, शिक्षक र साथीभाइको सहयोगले सफलता पाएको उनले बताइन्।
एसएलसी नतिजा थाहा हुनासाथ परिवारका सदस्य र आफन्तले शुभकामना तथा बधाइ दिएका थिए। आफन्तले टीका लगाइदिँदा खुसी लागेको उनले बताइन्। परीक्षाको बेलाभन्दा पनि सुरु देखि नै ध्यान दिएर पढेमा सफलता पाइने उनको भनाइ छ। उनले भनिन्, ‘ सुरु देखि नै बुझेर पढ्नुपर्छ, परीक्षाका बेला तनाव लिनु हुँदैन।’ उनी भविष्यमा मेडिसिन पढेर न्यूरोसर्जन बन्न चाहन्छिन्। उच्चशिक्षाका क्रममा अझै मेहनत गर्ने उनले बताइन्। छोरीको सफलताबाट आमा मुना खुसी देखिन्थिन्। उनले भनिन्, ‘छोरीले लक्ष्य प्राप्त गरोस्, यही कामना छ।’
सरस्वती एकेडेमी इंग्लिस स्कुल सरस्वतीनगर चाबहिलकी संगीता नेपालले ९०.७५ प्रतिशत ल्याएकी छन्। यो उत्कृष्ट अंक भएको प्रिन्सिपल संगीता दाहालले बताइन्। स्कुलले सोमबार लड्डु बाँडेर खुसीयाली मनाएको छ।
उनी भविष्यमा चार्टर्ड एकाउन्टेन्ट बन्न चाहन्छिन्। उनले नर्सरी देखि नै सरस्वती स्कुल पढेकी हुन्। दाजु सन्दीपको प्रोत्साहन आफूले राम्रो नतिजा ल्याउन सकेको उनले बताइन्। उनले भनिन्, ‘कक्षामा शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्ने र बारम्बार अभ्यास गरे सफल होइन्छ।’

बो रुबी रौनियार, काठमाडौं, असार २२- अमर इंग्लिस सेकेन्डरी स्कुल टोखाकी सुस्मिता भण्डारीले यसपालिको एसएलसीमा ९१ दशमलव ६२ प्रतिशत अंक ल्याएकी छन्। छात्रातर्फ सुस्मिता ‘बोर्ड टपर’ भएको स्कुलको दाबी छ।
प्रिन्सिपल हरिदास श्रेष्ठले भने, ‘छात्रातर्फ सुस्मिताले भन्दा बढी अंक ल्याएको जानकारी छैन, उनी नै टपर हुन्।’नर्सरी देखि नै अमर इंग्लिस बोर्डिङ स्कुल पढेकी १६ वर्षीया सुस्मिता कहिल्यै दोस्रा भइनन्। उनले उत्कृष्ट नतिजा ल्याएको खुसीयालीमा विद्यालयले सोमबार विशेष कार्यक्रम गरेको छ।

सुनिता शिक्षक र परिवारलाई सफलताको श्रेय दिन्छिन्। उनले भनिन्, ‘मेरो सफलतामा स्कुल र परिवारको वातावरणले ठूलो मद्दत गरेको छ, राम्रो वातावरण नपाएको भए मैले मात्र के गर्न सक्थे र?’
गणित र विज्ञानमा रुचि राख्ने उनको डाक्टर बन्ने लक्ष्य छ। उनका बुबा शिक्षक छन्। आमाबुबा, चार दिदीबहिनी र एक दाजु गरी परिवारमा ६ सदस्य छन्। माहिली दिदी सविताले पढाइमा विशेष सहयोग गरेको उनले सुनाइन्। उनले भनिन्, ‘ पढाइलाई बोझ ठान्नु हुँदैन, रमाइलो मानेर पढे सजिलै बुझ्न सकिन्छ।’ घोकेरभन्दा कुनै विषय बुझेर पढे परीक्षामा उच्च अंक ल्याउन सकिने उनको सुझाव छ।
अहिले उनको घरमा बधाइ दिन आउनेको लर्को छ। ‘हामीलाई धेरै खुसी लागेको छ,’ दाजु शंकरले भने, ‘उसको डाक्टर बन्ने इच्छा पूरा गर्न परिवारले सहयोग गर्नेछ।’
ज्ञानमन्दिर सेकेन्डरी स्कुल बालाजुकी रुक्सार थापाले एसएलसीमा ९१ दशमलव ३७ अंक ल्याएकी छन्। उनले हासिल गरेको नतिजाप्रति विद्यालयले खुसी व्यक्त गरेको छ। प्रिन्सिपल पुरुषोत्तम मानन्धरले भने ‘ उनी सानैदेखि लगनशील छात्रा हुन्, जेहेन्दार विद्यार्थी पाउँदा खुसी लागेको छ।’
बालाजु पुरानो गुहेश्वरीकी रुक्सार मामाघरमा बसेर पढेकी हुन्। बुबा, आमा, मामाघरका हजुर बुबा र सानीआमाले पढाइमा प्रेरणा दिएको उनले बताइन्। उनका बुबा टेलिकमका जागिर हुन्। आमाले एलएलबी गरेकी छन्। पारिवारिक वातावरण, शिक्षक र साथीभाइको सहयोगले सफलता पाएको उनले बताइन्।
एसएलसी नतिजा थाहा हुनासाथ परिवारका सदस्य र आफन्तले शुभकामना तथा बधाइ दिएका थिए। आफन्तले टीका लगाइदिँदा खुसी लागेको उनले बताइन्। परीक्षाको बेलाभन्दा पनि सुरु देखि नै ध्यान दिएर पढेमा सफलता पाइने उनको भनाइ छ। उनले भनिन्, ‘ सुरु देखि नै बुझेर पढ्नुपर्छ, परीक्षाका बेला तनाव लिनु हुँदैन।’ उनी भविष्यमा मेडिसिन पढेर न्यूरोसर्जन बन्न चाहन्छिन्। उच्चशिक्षाका क्रममा अझै मेहनत गर्ने उनले बताइन्। छोरीको सफलताबाट आमा मुना खुसी देखिन्थिन्। उनले भनिन्, ‘छोरीले लक्ष्य प्राप्त गरोस्, यही कामना छ।’
सरस्वती एकेडेमी इंग्लिस स्कुल सरस्वतीनगर चाबहिलकी संगीता नेपालले ९०.७५ प्रतिशत ल्याएकी छन्। यो उत्कृष्ट अंक भएको प्रिन्सिपल संगीता दाहालले बताइन्। स्कुलले सोमबार लड्डु बाँडेर खुसीयाली मनाएको छ।
उनी भविष्यमा चार्टर्ड एकाउन्टेन्ट बन्न चाहन्छिन्। उनले नर्सरी देखि नै सरस्वती स्कुल पढेकी हुन्। दाजु सन्दीपको प्रोत्साहन आफूले राम्रो नतिजा ल्याउन सकेको उनले बताइन्। उनले भनिन्, ‘कक्षामा शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्ने र बारम्बार अभ्यास गरे सफल होइन्छ।’

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: