भक्तपुरमा गोली चल्यो

भक्तपुर, वैशाख २२। वर्तमान सरकार विघटन र राष्ट्रिय सरकार निर्माणका लागि एकीकृत नेकमा माओवादीले गरिरहेको आमहडतालको चौथो दिन आज भक्तपुरमा नेकपा एमालेका युथफोर्स र एकीकृत नेकपा माओवादीका वाईसीएल कार्यकर्ताबीच झडप हुदा गोली चलेको छ।
आमहडतालका क्रममा बन्द पसल खुलाउन युथफोर्स अध्यक्ष महेश बस्नेत र स्थानीय व्यापारीले निकालेको र्‍याली कोणसभामा परिणत भई फर्कने क्रममा माओवादीले उनीहरुलाई त्रिपुरा सुन्दरीबाट लखेटेका थिए।
भक्तपुरको चोछेमा नेकपा (एमाले) सम्बद्ध युथफोर्स र माओवादीबीच भेट हुनलाग्दा  गोली चलेको थियो।
माओवादीले पाँचतल्ले मन्दिर प्राङ्गणमा पत्रकारसम्मेलन गरी युथफोर्सले माओवादीमाथि गोली प्रहार गरेको आरोप लगाएको छ।
घटनास्थलमा भेटिएको नौ एमएमको चार राउन्ड गोली, एकथान म्यागजिन बरामद गरी माओवादीले पत्रकार सम्मेलनमार्फत सो घटनामा एमाले सम्बद्ध युथफोर्सको हात रहेको दाबी गर्‍यो।
यसैगरी घटनाको केही समयपछि युवा सङ्घका अध्यक्ष महेश बस्नेतले एक पत्रकार सम्मेलन गरी आफ्नो तर्फबाट गोली नचलेको दाबी गर्दै आफ्नो सङ्गठनको बदनाम गराउन माओवादी आफँैले गोली चलाएको बताए।
उक्त घटनाको क्रममा कुन पक्षबाट गोली चलेको हो भन्ने बारेमा यकिन नभएकाले त्यसको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी धनकुटामा माओवादीले बजार बन्द गराउदै निकालेको जुलुसमा नेकपा एमालेका युथफोर्सले आक्रमण गरेपछि झडप भएको थियो। झडपका कारण आज दिनभर धनकुटाको जनजीवन प्रभावित बनेको छ।
माओवादीले जवरजस्ती पसल तथा बजारहरु बन्द गराएको भन्दै युथफोर्सले खुलाउन थालेपछि बुधबार विहान दुई पक्षबीच झडप भएको थियो। सो झडपलाई नियन्त्रण गर्नका लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: