डाँडाबाट रमिता हेर्दै पूर्वराजा दंग

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्रले एकीकृत माओवादीको आन्दोलनका बेला नागार्जुन दरबार छाडेका छन्।
नागार्जुन छाडेर उनी महाराजगञ्जमा अवस्थित आफ्नो निजी निर्मलनिवासमा सरेका भने होइनन्। बरु उनी अझै एकान्तमा अवस्थित शिवपुरीमा स–परिवार पुगेका छन्। उनले माओवादी र संसद्वादी दलहरू यति चाँडै भिडन्तमा उत्रिएलान् भनेर सम्भवतः कल्पनासम्म गरेका थिएनन्। त्यसैले होला शिवपुरीमा यतिबेला ज्ञानेन्द्र शाह निकै सक्रिय एवं हर्षित मुद्रामा रहेर टेलिभिजनबाट राजधानीको दृश्यलाई नियालिरहेका छन्।

केही दिनका लागि भनेर शिवपुरी गएका ज्ञानेन्द्र शाह माओवादी हडतालका कारण उपत्यका फर्केर आउने अवस्था नभएकाले उतै थुनिएका हुन्। तर, त्यहाँ उनले एफएम, रेडियो, टेलिभिजन र फोनमार्फत राजधानीको घटनाक्रमबारे क्षण(क्षणमा जानकारी लिइरहेका छन्। संसद्वादी र माओवादीबीचको अन्तहीन झगडा देखेर उनी अत्यन्तै हर्षित एवं उत्साही भएको स्रोतले बतायो।
more..
संविधानसभाको म्याद सकिन एक महिना पनि बाँकी नरहेका बेला संविधानसमेत नलेखिकन दलहरूबीच युद्ध शुरु भएकाले समय नै सबै थोकको दबाई हो भनी मन बुझाएर बसेका पूर्वराजा दंग परेका हुन्। सहकार्यद्वारा नयाँ संविधान बनाएर गणतन्त्रलाई स्थायित्व दिनुपर्नेमा गणतन्त्रका पक्षधरबीचमै झगडा चर्किएकाले त्यसको प्रतिफल विस्तारै आफ्नो पक्षमा आउने आँकलन उनले गरेको बुझिएको छ।

उता, ज्ञानेन्द्र शाह शिवपुरीमा बसेर रमाइलो मानिरहेका बेला माओवादी नेता डा. बाबुराम भट्टराईले भने विभिन्न रिसोर्ट एवं पर्यटकीय स्थलहरूमा गएर १९ भागसम्मको ९७ पृष्ठ लामो संविधान लेखी सिध्याएका छन्।

स्रोतका अनुसार, डा. भट्टराईले सोलुखुम्बुको लुक्ला र दुई दिन हिँडेर नाम्चेबजार पुगी संविधानका केही भाग लेखेका छन् भने काभ्रे फूलबारीस्थित लामा थरका एरिया इन्चार्जको घरमा दुईमहिनाको बीचमा २ पटक टुकी बालेर संविधान लेखेका छन्। त्यस्तै धुलिखेल रिसोर्ट र कोटेश्वरस्थित जेठी सासू कयोदेवी यमीका घरमा पनि डा. भट्टराईले संविधान लेखनका लागि समय बिताएका छन्। जेठ १४ सम्म संविधान बनेन भने त्यसपछि सडकबाटै संविधान घोषणा गर्नका लागि माओवादीले संविधान तयार पारेको स्रोत बताउँछ।

उता, दसवर्षे युद्ध लडेर आएको भए पनि माओवादी कार्यकर्ता अत्यन्तै संयमित देखिएका छन्। यसअघि बन्द र हड्ताल भन्नासाथ रेलिङ भाँच्ने, प्रहरीलाई गुलेली र इँटाले हान्ने अनि जताततै टायर बाल्ने र गाडी जलाउने गरिन्थ्यो भने माओवादीले एक ठाउँ टायर नबाली र एकठाउँ पनि रेलिङ नभाँचिकन बन्द गरेको छ। त्यसैगरी प्रेस, खानेपानी, एम्बुलेन्स आदिले पनि विगतमा जस्तो सास्ती भोग्नु परेको छैन।

राजनीतिक हिसावमा पनि माओवादी नेतामा शुरुका दिनहरूमा भन्दा केही नरमपन देखिएको छ। शुरुमा प्रधानमन्त्रीको राजीनामालाई वार्ताका निम्ति पूर्वशर्तका रुपमा अघि सारे पनि पछिल्लो दिनमा प्याकेजमा सहमति गर्नुपर्छ भनेर राष्ट्रिय सरकार गठनलाई प्याकेजभित्रै राखेर छलफल गर्न उनीहरू सहमत देखिन थालेका छन्। पार्टीद्वारा घोषित आन्दोलनले नरम रुप लिँदै गएपछि दुवैपक्षले सोचेको उद्देश्य हासिल गर्न नसक्ने अवस्था उत्पन्न भएको छ। माओवादी उग्र रुपमा प्रस्तुत भएर कानुन तोडेमा शान्ति(सम्झौता भंग भएको घोषणाका साथ सेनालाई बाहिर निकाल्न सकिन्छ भन्ने एकथरीको सोचाइ छ भने अर्काथरीलाई पनि सरकार उग्र दमनमा उत्रिएला र अर्को कोर्स शुरु गर्न पाइएला भन्ने लागेको छ। तर, संयोगवश दुवैतिर संयमित अवस्था देखिएकाले तत्काल भिडन्तको सम्भावना छैन। यद्यपि, केही जनता राजधानी छाडेर बाहिरिन थाले तापनि कोर लडाकूहरू राजधानीमै रहने र उनीहरू अझ आक्रोशित रुपमा प्रस्तुत हुनसक्ने सम्भावनालाई भने अस्वीकार गर्न सकिन्न।

संविधानसभाको म्याद थप्ने कि अन्त्य गर्ने विषयमा खुलस्त केही नबोलिरहेको एकीकृत माओवादीले संविधान घोषणा हुने अन्तिम दिन जेठ १४ गतेसम्म आफ्ना हार्डकोर कार्यकर्तालाई राजधानीमै राख्ने भएको छ। जेठ १४ पछि ‘जसको लाठी उसैको भैंसी’ को अवस्था सिर्जना हुने भएकाले त्यस्तो परिस्थितिको सामना गर्न भन्दै उसले त्यतिबेलासम्म मान्छे राख्ने निर्णय गरेको हो।

तत्कालै प्रधानमन्त्रीको राजीनामा आइहाल्यो र हड्ताल फिर्ता लिनुपर्योस भने पनि आफ्नो नेतृत्वमा सरकार बनाउन दबाव दिनुपर्ने र प्रदर्शन गर्नुपर्ने ठहर नेताहरूले गरेका छन्।

जेठ १४ सम्म कार्यकर्ता राजधानीमा राख्ने भने पनि यतिवेला माओवादीका लागि नुहाउन, लुगा धुन र दिशापिसाव गर्नका लागि सबैभन्दा ठूलो समस्या परेको छ। जिल्लाबाट काठमाडौं आएकाहरूले नुहाउन त परै जाओस्, दिशा गर्न पनि लाइनमा बस्नुपर्ने त कसैले बिहान पेटमै दिशा रोक्नुपर्ने अवस्था छ। टेन्टमुनि बसेका कार्यकर्तालाई सबैभन्दा बढी समस्या परेको बताइन्छ। कलेजमा बस्नेहरूले भने विद्यार्थीका लागि बनाइएको सामूहिक ट्वाइलेटका कारण थोरै राहत महसुस गरेका छन्। त्यसैगरी अर्को समस्या छ, खानेपानी र स्वास्थ्यको। धनकुटाबाट आएका कार्यकर्ताले खाने, बस्ने राम्रो नभएर बिरामी परियो भनेपछि काठमाडौंमा रहेका जिल्लावासीले प्रतिव्यक्ति १० हजारसम्म चन्दा दिएका छन्। यस्तै अवस्था अन्य जिल्लाको पनि छ। त्यसर्थ हड्ताल लम्बिँदै गएमा माओवादीलाई चर्को समस्या पर्दै जाने देखिएको छ।

जनता स्थायी भए पनि जनमत भनेको स्थायी प्रकृतिको हुँदोरहेनछ। यही काठमाडौंका जनता हुन्, जसले ०४८ सालदेखिका रैथाने एमाले( कांग्रेसलाई सोत्तर बनाएर संविधानसभाको निर्वाचनमा माओवादीलाई विजयको माला पहिर्याकए। तर, दुई वर्षअघि आफूले रोजेको पार्टीले आयोजना गरेको राजधानीकेन्द्रित आमहडतालमा काठमाडौंका जनता उनीहरूलाई साथ दिँदै किन उत्रिएनन्? त्यसैले सधँै जनता र जनमतको हवाला दिइरहनु पनि उचित नहुनेरहेछ। नत्र वैशाख १७ गते तिनै माओवादीको चन्दा अभियानको विरोधमा पुतलीसडक, नयाँसडक, जमल, असन, इन्द्रचोक, कालिमाटीलगायतका जनताले स्वतःस्फूर्त पसल बन्द गर्ने थिएनन्, न त हिजो प्रचण्डको आफ्नो निर्वाचन क्षेत्र सतुंगलका स्थानीय बासिन्दा नै भौतिक रूपले माओवादी आमहड्तालविरुद्ध नाराबाजी गर्दै सडकमा भेला हुने थिए।

संसद््मा बाइस दलको वैधानिक समर्थन र अन्तर्राष्ट्रिय जगत्को बलियो साथ पाएको यो सरकार आन्दोलनकै भरमा हातखुट्टा छाड्ने मनस्थितिमा देखिन्न। माओवादीसामु पनि अन्तिम लडाइँ भनिसकिएको हुँदा त्यत्तिकै फर्कन समस्या छ। यस्तो स्थितिमा दुवैले आ(आफ्नो हठ छाडी कोही पनि नहार्ने र दुवैले जित्ने स्थितिको सिर्जना गर्नु अत्यावश्यक भइसकेको छ। नत्र साँढेको जुधाईमा मिचिएका निरिह जनता, उद्योग व्यवसायी र पेसाकर्मीको लाटो रिस नपोखिएला भन्न सकिन्न।


Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: