बेलायत र मलेसियाले पुरानै पासपोर्टलाई मान्यता दिने

३० चैत,  काठमाडौं । बैदेशिक रोजकागरिका निम्ति प्रमुख गन्तव्य मलेसिया र उच्चशिक्षा अध्ययन गर्न पछिल्लो समय विद्यार्थी आकर्षण केन्द्र बनेको बेलायतले चार महिना पुरानै हस्तलिखित राहदानीलाई मान्यता दिन नेपालले गरेको आग्रह स्वीकार गरेको छ।

परराष्ट्र मन्त्रालयले मार्च चौथो साता कुनै पनि बेला ‘आपतकालीन राहदानी’ जारी गर्न सकिने व्यवस्थासहित थप चार महिना साविक राहदानीलाई मान्यता दिन अन्तराष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ) र कूटनीतिक संपर्क भएका राष्ट्रलाई पत्राचार गरेको थियो।

‘हाम्रो आग्रहलाई मलेसिया र बेलायतले स्वीकृति दिएका छन्’ मन्त्रालयका सह-सचिव तथा शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले भने, ‘अन्य मुलुकले पनि छिट्टै हाम्रो अनुरोध मान्ने विश्वास लिएका छौं’।

आइकाओ उड्ययनसम्बन्धी सिकागो कन्भेन्सनअनुसार नेपालसहित सबै सदस्य राष्ट्रले १ अप्रिल २०१० (१९ चैत) देखि एमआरपी जारी गर्नुपर्छ। यो समयसीमाभित्र एमआरपी जारी गर्न नसक्ने भएपछि आइकाओसँग समाय बढाउन आग्रह गरेको हो।

एमआरपीसम्बन्धी आइकाओको ‘सिकाओ कन्भेन्सन’ को अध्ययाय ३, ‘ट्राभल डकुमेन्ट’ शीर्षकमा समेत आपतकालीन अवस्थामा थोरै समयावधिका लागि हस्तलिखित राहदानी वा अन्य अस्थायी ट्राभल डकुमेन्ट जारी गर्न सकिने उल्लेख छ।

मन्त्रालयले विदेशस्थित नेपाली नियोग र दूतावास तथा काठमाडौंस्थित विदेशी नियोगमार्फत् कूटनीतिक सम्बन्ध कायम भएका मुलुहरूसँग प्रत्यक्ष रूपमा पनि केही समय पुरानै राहदानीमा यात्रा गर्न दिएर सहयोग गर्न आग्रह गरेको थियो।

पछिल्लो समय बैदेशिक रोजगारीका लागि नेपाली युवाको सबभन्दा रोजाइमा रहेको मलेसिया साउदी अरेवियापछि सबैभन्दा नेपाली कामदार भएको मुलुक हो। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार हाल साउदीमा पाँच लाखभन्दा बढी नेपाली कार्यरत छन् भने मलेसियामा चारलाख भन्दा बढी छन्। तर, केही वर्षयता मलेसिया जानेहरूको ट्रेन्ड सबभन्दा बढी छ।

पछिल्लो एक वर्षयता नेपाली विद्यार्थी जाने मुलुकमा बेलायत पहिलो स्थानमा छ। गत शैक्षिक वर्षमा उच्चशिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिने करिब २५ हजार विद्यार्थीमध्ये झण्डै ७ हजार बेलायतका लागि थियो।

चैत १९ देखि एमआरपी जारी गर्नुपर्ने भए पनि नेपालले पुरानै हस्तलिखित राहदानी जारी गर्दै आएको छ। हस्तलिखित राहदानीको मेसिनले अध्ययन गर्ने क्षेत्रमा अंग्रेजीमा ‘दिस इज नट मेसिन रिडयवल पासपोर्ट’ लेखेर आपतकालीन रूपमा जारी गरिँदै आएको छ।

शिष्टाचार महापाल श्रेष्ठले चैत १९ पछि पनि पुरानै हस्तलिखित राहदानी लिएर उड्ने नेपालीहरूमध्ये कसैलाई अन्तर्राष्ट्रिय उडान गर्दा समस्या परेको गुनासो अहिलेसम्म नआएको जानकारी दिए।

मन्त्रालयले यहाँस्थित विदेशी कूटनीतिक नियोग र विदेशस्थित नेपाली नियोगमार्फत् सम्बन्धित देशलाई चैत १९ पछि चार महिना पुरानै राहदानी लिएका नेपाली नागरिकलाई सहज रुपमा यात्रा गर्न दिन अनुरोध गरेको थियो। नियोग र दूतावासहरूले यसका लागि पहल गरिरहेको ती अधिकारीले बताए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: