शुभकामना

शुभकामना
नयाँ बाचाहरुलाई
नयाँ आशाहरुलाई
तिम्रो – मेरो मन – मन मा चढेका
दीगो शान्तीका नशाहरुलाई !

अब उदाउने घामले
चिरोस यथास्थिती र निराशाहरुलाई,
जोडोस-
फाटेका सपना र
फुटेका बिपनाहरुलाई –

शुभकामना नयाँ बर्षको
साँहिला – माहिलाहरुलाई
हिमालको पानी पिउन नपाएर
मरुभुमी मा पानी खोज्दै
अरब तिर भासिएका
पाइला – पाइलाहरुलाई !

शुभकामना
देउराली – चौतारीहरुलाई
फेरी मादल बजाउदै छम छमी नाच्न पाइयोस –
मेरा दामली – दौतरीहरुलाई !

शुभकामना
नयाँ बाचाहरुलाई
नयाँ आशाहरुलाई
तिम्रो -मेरो मन – मन मा चढेका
दिगो शान्ती का नशाहरुलाई !

शुभकामना नयाँ बर्षको
नयाँ हर्षको –
अब चाँही हामी ठगिने छैनौ –
रित्तो भकारी संघर्षको !

आमा,
मिल्ने छ मुल्य अब
आशुका थोपा थोपा को
सधैं सधैं पाएको
धोखै धोखा को !

शुभकामना
बर्षौ साचिएका रहरहरुलाई
उदाउदै गरेका नयाँ प्रहरहरुलाई !

अब फुल्ने छन नयाँ प्रितीहरु
अब बस्ने छन नयाँ रितीहरु
बलिरहने छन आस्था का दियोहरु
निभ्ने छैनन ति कबै – तिमी हामी निभे पनि !

शुभकामना नयाँ हर्षको !
शुभकामना नयाँ बर्षको !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: