एमआरपी प्रकरण : भारतसँगको सम्झौता रद्द गर्न निर्देशन

काठमाडौं, २७ चैत : संसदीय सार्वजनिक लेखासमितिले भारतसँग भएको मेसिन रिडेबल पासपोर्ट -एमआरपी) छपाइ सम्झौता रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले प्रचलित कानुन र सार्वजनिक खरिद ऐनबमोजिम प्रतिस्पर्धाका आधारमा एमआरपी छपाइ तथा खरिद प्रक्रिया अघि बढाउन शुक्रबार सरकारलाई पुनः निर्देशन दिएको हो ।
‘भारतसँगको सम्झौता रद्द गर्न र नयाँ टेण्डर प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिइएको छ,’ समितिका सभापति रामकृष्ण यादवले नयाँ पत्रिकासँग भने, ‘समितिकै केही साथीहरूका कारण ठीक यही वाक्यांश निर्देशनमा राख्न सकिएन ।’

समितिको निर्णयमा भनिएको छ, ‘प्रचलित कानुन तथा सार्वजनिक खरिद ऐनबमोजिम प्रतिस्पर्धाको आधारमा एमआरपी छपाइ तथा खरिद प्रक्रिया अघि बढाइ राहदानी पाउने जनताको नैसर्गिक अधिकार सुनिश्चित गर्न सरकारलाई पुनः निर्देश गर्दछ ।’

एमआरपी खरिद तथा छपाइ प्रक्रिया व्यापारिक भएको उल्लेख गर्दै समितिले टेण्डर प्रक्रिया रद्द गर्दा कानुनको पालना नभएको र अधिकारको दुरुपयोग भएको ठहरसमेत गरेको छ । समितिका सभापति रामकृष्ण यादवले समितिको निर्देशन सरकारले अवज्ञा गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

एमआरपी खरिद तथा छपाइ प्रक्रियाका लागि पाँच वर्षदेखि नेतृत्व लिएको परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीले समयमै निर्णय नगरेकामा छानबिन गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ । ‘परराष्ट्र मन्त्रालयले पाँच वर्षदेखि किन आफ्नो जिम्मेवारी पूरा गर्न सकेन ? आजको परिस्थिति सिर्जना हुनुमा को-को जिम्मेवार छन् ? यसबारे छानबिन गर्न सरकारलाई निर्देश गर्दछ,’ समितिको निर्णयमा भनिएको छ ।

लेखासमितिको निर्णयसँगै एमआरपी भारतमा छाप्न गत १० चैतमा भारत र नेपाल सरकारबीच भएको सम्झौता अप्ठयारोमा परेको छ । सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव डा.मदनकुमार भट्टराई र नेपालका लागि भारतीय राजदूत राकेश सुदले हस्ताक्षर गरेका छन् ।

समितिको बैठकमा सदस्यहरू अनिलकुमार झा, प्रमोद गुप्ता, हृदयेश त्रिपाठीले भने भारतलाई एमआरपी छपाइ जिम्मा दिइसकिएकाले रद्द गर्नुनहुने कुरा दोहोर्‍याएका थिए । उनीहरूकै विरोधका कारण समितिले सरकारलाई पठाएको निर्णयसहितको पत्रमा ‘भारतसँगको सम्झौता रद्द गर्न’ भन्ने वाक्यांश हटाइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: