पिसीका पिताको निधन


एजेन्सी/ तपाईं-हाम्रो घरघरमा कम्प्युटर पुर्‍याउन ठूलो योगदान दिएका डाक्टर हेनरी इडवार्ड रोवर्टस् सदाका लागि हामीबाट बिदा भएका छन् । ‘फादर अफ पर्सलन कम्प्युटर (पिसी)’ को उपाधि पाएका इडवार्ड अल्टेयर ८८०० का आविष्कारक हुन् । अल्टेयर विश्वकै पहिलो पिसी हो । यही पिसीबाट नै घरघरमा प्रयोग गर्न सकिने साना आकारका कम्प्युटर विकास सम्भव भएको हो ।

उनी माइक्रोसफ्टका संस्थापकद्वय बिल गेट र पल एलेनका कर्मगुरुसमेत हुन् । कुनै अखबारको पहिलो पृष्ठमा छापिएको अल्टेयरको तस्बिर देखेपछि उनीहरूले सो कम्प्युटरलाई आवश्यक पर्ने सफ्टवेयर प्रस्ताव गरेका थिए । उनीहरूले प्रस्ताव गरेको प्रोग्रामको नाम थियो- अल्टेयर बेसिक । अल्टेयर बेसिक नै माइक्रसफ्टको पहिलो व्यावसायिक सफ्टवयेर हो । इडवार्डको निधनप्रति दुवैले दुःख व्यक्त गरेका छन् । ‘उनी हामीलाई मौका दिएर हेर्न चाहन्थे । हामी एकदमै कच्चा थियौँ । कम्प्युटर पहुँचमा पुग्न सक्षम थोरै व्यक्तिमा पर्ने हामी कम्प्युटरबारेमा चासो मात्रै राख्थ्यो । त्यस्तो समयमा उनीले हामीलाई मौका दिएका थिए । हामी उनीप्रति सदैव आभारी रहनेछौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ । परीक्षण नै नगरिएको सफ्टवेयर अल्टेयरमा चलेको दिन धेरै महत्त्वपूर्ण कुरा सुरु भएको उनीहरूको भनाइ छ ।

एप्पल कम्प्युटरका सह-संस्थापक स्टिभ उजनियकले इडवार्डको प्रयासले नै अहिले हाम्रो टेबल तथा काखमा भएका कम्प्युटर सम्भव भएको बताए ।

इडवार्ड माइक्रो इन्स्ट्रयुमेन्टेसन एन्ड टेलिमेट्री सिस्टम्स (एमआइटिएस) का संस्थापक थिए । सो कम्पनीले रकेट पारखीका लागि नमुना विद्युतीय रकेट बनाउने गथ्र्याे । पछि सो कम्पनी क्यालकुलेटर किट उत्पादन गर्न थालेपछि ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्दा ऋणमा डुबेको थियो । सन् १९७९ को मध्यतिर इडवार्डले कम्प्युटरमा रुचि राख्नेहरूलाई लक्षित गर्दै कम्प्युटर किट तयार गर्न थालेका थिए । त्यसैको प्रयासस्वरुप स्विचबाट चलाउन सकिने तर दृश्य नदेखिने कम्प्युटर अल्टेयर ८८०० को जन्म भएको थियो । त्यसवेलाको उच्चस्तरीय मानिने इन्टेल ८०८० माइक्रोप्रोसेसरको नामबाट नै कम्प्युटरको नाम राखिएको थियो ।

तत्कालीन समयमा ३ सय ९४ पाउन्ड (हाल १ हजार पाउन्ड) मूल्य पर्ने सो किट पपुलर इलेक्ट्रोनिक्स नामक अखबारको प्रथम पृष्ठमा सन् १९७५ मा छापिएको थियो । त्यसबखत सो कम्प्युटर माग अत्यधिक थियो ।

सोही मेसिनले गेट र एलेनलाई आकषिर्त गरेपछि उनीहरूले इडवार्डसँग सम्पर्क गरी सो मेसिनलाई प्रोग्रामिङ गर्न सकिने सफ्टवेयर कोड तयार पार्ने प्रस्ताव गरेका थिए । उनीहरूको प्रस्ताव इडवार्डले स्वीकार गरी दुवैलाई एमआइटिएसको कार्यालयमै गएर कोड तयार गरेका हुन् । पछि उनीहरूले आप\mनै कम्पनी माइक्रोसफ्ट दर्ता गरी आफ्नै व्यवसाय थालेका हुन् । उनीहरूले अल्टेयरका लागि कम्प्युटर ल्यांग्वेज बेसिक -बिगिनर्स अल पर्पस सिम्बोलिक इन्स्ट्रक्सन कोड)को एक रूप तयार गरे ।

एमआइटिएसमा इडवार्डसँग काम गर्दाका थुप्रै मीठा सम्झना छन् । उनीसँग भेट भएपछि हामीले नसोचेका धेरै कुरा भए,’ गेट र एलेनले भनेका छन् । इडवार्डले आफ्नो कम्पनी एमआइटिएस सन् १९७७ मा बिक्री गर्दै मेडिसिन अध्ययनतर्फ लागेका थिए । लामो समयदेखि निमोनियमाबाट पीडित ६८ वषर्ीय इडवार्डको उपचारका क्रममा बिहीबार निधन भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: