नेपालका मूर्ति फर्काउन भारत मानेन


कपिलवस्तु, २१ चैत। नेपालका विभिन्न मन्दिरबाट हराएका बहुमूल्य मूर्ति भारत पुर्‍याइएको भएपनि भारतीय प्रशासनले ती मुर्ति नेपाल फर्काउन नमानेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले नेपालबाट मुर्ति चोरेको आरोपमा एकजनालाई पक्राउ गरेपनि मुर्ति नेपाल फर्काएको छैन कपिलवस्तुको बहादुरगञ्जस्थित रामजानकी मन्दिरबाट २ चैतमा हराएको पुरातात्विक मूर्ति भारतीय नागरिकबाटै चोरी भएको पुष्टि भएपछि प्रहरी अनुसन्धानका क्रममा सो तथ्य सार्वजनिक भएको हो। शङ्कास्पद अवस्थामा डुमरियागञ्जस्थित शिवम्गेष्ट हाउस नजिकैबाट यूपी ४२ पी ००९६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका चोरीका मुख्य अभियुक्त भारतीय नागरिक लालु राजभरले प्रहरीसितको बयानमा २ वटा झोलामा मूर्ति चोरी गरी भारत लगेको बताएका छन्।बयानका क्रममा उनले चोरी कार्यमा रामआशिष केवट, अफसु केवट र महेन्द्र केवट रहेको र चोरी गरी मूर्ति मध्यरातमा नै बिक्रीका लागि भारत लगेको बताएका छन्। भारतीय प्रहरीको सहयोगमा उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लास्थित डुमरियागञ्जमा नेपालबाट हराएका ५ वटा अष्ठधातुको मूर्तिसहित राजभरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शरद चन्दले बताए।राम, जानकी, लक्ष्मण तथा अन्य २ साना मूर्ति फेला परेको उनले बताए। भारतीय प्रहरीले ती मुर्ति डुमरियागञ्ज थानामा राखेको र राजभरलाई मुद्दा चलाएको प्रहरी उपरीक्षक चन्दले बताए।भारतीय प्रशासनले भने मुर्ति भारतकै भएको दाबी गरेको उनले बताए। उनका अनुसार चोरीका प्रमुख योजनाकार राजभरको मुद्दाको छिनोफानो नभएसम्म ५ वटै मूर्तिहरु भारतमै रहने भन्दै भारतीय प्रहरीले नेपाल ल्याउन दिएको छैन।इलाका प्रहरी कार्यालय कृष्णनगरले पनि ५ वटै मुर्ति नेपालको रहेको तर भारतले फिर्ता गर्न आनाकानी गरिरहेको जनाएको छ। – रासस

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: