दसगजामा भारतीयले बनाए नहर

image

महोत्तरीको नैन्ही गाविससँग जोडिएको नेपाल-भारत सीमाको दसगजामा नहर निर्माण थालिएको छ । दसगजाको १० मिटरवरपर कुनै निर्माण कार्य गर्न नपाइने अन्तर्राष्ट्रिय प्रावधान छ ।

नैन्ही गाविस-५ र भारतको सीतामढी जिल्लाको श्रीखण्डी गाविसको भिठ्ठामोडनजिक पाँच सय मिटर नहर भारतीय बाग्मती परियोजनाले निर्माण थालेको ठेकेदार तुना सिंहले बताए । बिहीबार रातिबाट नेपाली प्रशासनलाई सूचना नदिई करिब एक करोड रुपयाँ लागतमा नहर निर्माण थालिएको हो ।

नेपाल-भारत सीमास्तम्भ ३०१ नजिक पश्चिममा चार सय र पूर्वमा एक सय मिटर बाँधसहितको नहर बनाउन लागिएको छ । निर्माणक्षेत्रमा भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएका छन् । भारतले नहर निर्माण थालेपछि सीमावर्ती गाउँका नेपालीले तत्काल निर्माण रोक्ने पहल गर्न स्थानीय प्रहरी प्रशासनलाई गुहारेका थिए । तर, स्थानीय प्रहरी प्रशासनले चासो नदेखाएपछि राजनीतिक दलका प्रतिनिधि तथा अधिकारकर्मीहरूको टोलीले शनिबार सो क्षेत्रको निरीक्षण गरेका छन् । टोलीले नहर निर्माण तत्काल रोक्न सरकारसँग माग गरेको माओवादी सभासद् भरत साहले जानकारी दिए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीले भने दसगजामा नहर निर्माण भैरहेको बारे अनभिज्ञता जनाए । सीमा सशस्त्र प्रहरी बल जलेश्वरका सशस्त्र प्रहरी उपरीक्षक जनकबहादुर बोहराले भने नहर निर्माणको स्थलगत निरीक्षणपछि गृहमन्त्रालय र सशस्त्र प्रहरीको मुख्यालयमा जानकारी गराएको बताए ।

दसगजामा बाँधसहित कुलो निर्माणबाट वषर्ायाममा नेपाली गाउँ भिठ्ठामोड, मलिवारालगायत त्यस क्षेत्रका मूल भन्सार कार्यालय, सीमा प्रहरी, सशस्त्र प्रहरी बेस क्याम्प, पशु र कृषि क्वारेन्टाइन चेकपोस्ट डुबानमा पर्ने सम्भावना रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: