गिरिजाबाबुको निधनले देशले एक निडर राजनैतिक महायोद्धालाई गुमाउनु परेको छ

काठमाडौं, /स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा सन् १९२५ (सं. १९८२) मा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म भारतको बिहार राज्यको टेडी, सहर्षामा भएको थियो । भारतमा जन्मेर हुर्केका गिरिजाप्रसाद कोइरालाले भारतको स्वतन्त्रताको संग्रामलाई नजिकबाट हेर्ने मौका पाएका थिए। उनले सानै उमेर देखी उठल पुथल राजनैतिक अवस्थामा हुर्कनु परेबाट उनलाई राजनितीले आकर्षित पारेको थियो। यसकारण गिरिजाबाबुले सानै उमेरमा राजनितिमा प्रवेश गरेका थिए।

त्यति बेला नेपालमा राणाहरुको बिरोधमा बिद्रोहको आगो सल्किरहेको थियो। गिरिजाबाबुले सबभन्दा पहिले २००४ सालतीर विराटनगरको मजदुर हडतालमा सक्रिय सहभागी भएर नेपाली राजनितीमा लागेका थिए। यसले गर्दा गिरिजाबाबु राणा शासनका बेला कैयन पटक जेल परेका थिए। राणा शासनको अन्त्य पछि गिरिजाबाबु नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति भएका थिए। गिरिजाबाबु नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक सदस्य एवं स्थापनाकालीन अध्यक्ष हुन् । २०१७ सालमा प्रजातन्त्रको अन्त्य गरि पञ्चायत कालको स्थापनासंगै नेपाली कांग्रेसका शिर्ष नेताहरु प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगाएत अधिकासं नेताहरुसँगै गिरिजाबाबु पनि नजरबन्द भएका थिए। गिरिजाबाबुले पञ्चायती व्यवस्थाको बेलामा लगातार सात बर्ष जेल सजाय भोगेका थिए। पछी जेलमा अन्य नेताहरुसगैं भोक हडताल गरेर जेलबाट छुटेका थिए ।

गिरिजाबाबुले नेपाल फर्के पछी सुषमा कोइरालासित विवाह गरेका थिए। सुषमा कोइरालाबाट गिरिजाबाबुको एक मात्र सन्तान सुषमा कोईराला जन्मेकी हुन। २०३१ सालमा गिरिजाबाबुको धर्मपत्नी सुष्मा कोइरालाको निधन भएको थियो। गिरिजाबाबुले
२०२८ साल देखी २०४० साल सम्म भारतमा निर्वासित जीवन बिताउन बाध्य भएका थिए।

२०३३ सालमा पटनामा भएको नेपाली काँग्रेसको अधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए। गिरिजाबाबुले २०३३ साल देखी २०४७ साल सम्म नेपाली काँग्रेसको महामन्त्रीको कार्यभार सम्हाल्न पुगे। पुर्ण प्रजातन्त्रको प्राप्ती पछी २०४८ मा भएको आमनिर्वाचिनमा गिरिजाबाबु मोरङ क्षेत्र नं १ तथा सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित हुँदै चुनाव पछी बनेको नेपाली काँग्रेसको नेतृत्वको सरकारमा गिरिजाबाबु पहिलो पल्ट प्रधानमन्त्री हुनु भएको थियो। उँहाले २०४८ साल जेठ १२ गते देखि २०५१ मंसिर महिना सम्म जननिर्वाचित प्रधानमन्त्रीको रुपमा सत्ताको बागदोर सम्हालेका थिए।

२०५३ साल वैशाख २६ गते देखी २८ गते सम्म काठमाडौँमा भएको नेपाली काँग्रेसको नवौँ महाधिवेशनबाट वहाँ पार्टी सभापति बन्न पुगे। यस पछी फेरी २०५४ साल चैत ३० गते गिरिजाबाबु दोस्रो पटक नेपालको प्रधानमन्त्री पदमा नियुक्त भए। यस्तै २०५६ साल चैत ७ गते कांग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदिय दलको नेताको चुनावमा बिजय हाँसिल गरी गिरिजाबाबु फेरी प्रधानमन्त्री भएका थिए। त्यस पछी गिरिजाबाबुले २०५८ साल साउन ४ गते आफ्नो पदबाट राजीनामा गरेका थिए। माओवादीसहितको दोस्रो जनआन्दोलन पछि २०६३ वैशाखमा गिरिजाबाबु चौथोपटक प्रधानमन्त्री भएका थिए।

गिरिजाबाबुले माओवादीलाई द्बन्दबाट मुल राजनैतिक धारमा फर्काएका थिए। हालै मात्र देशको बिषम राजनैतिक परिस्थितीको निवारणका लागि उहाँको नेतृत्वमा उच्च राजनैतिक संयन्त्रको गठन भएको थियो। यस्तो परिस्थितीमा गिरिजाबाबुको निधनले गर्दा देशको राजनैतिक अवस्था जटिल हुने कुरालाई कसैले नकार्न सक्दैनन्। गिरिजाबाबुको निधनले देशले एक निडर राजनैतिक महायोद्धालाई गुमाउनु परेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: