गिरिजाप्रसाद कोइरालाको निधन

काठमाडौ, चैत्र ७ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८७ बर्षको उमेरमा आज शनिबार १२ बजेर १० मिनेटमा निधन भएको छ ।
नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकपछि जानकारी दिदै वरिष्ठ नेता शेरबहादुर देउवाले कोइरालाको निधन भएको र अन्तिम संस्कार भोली आइतबार गरिने निर्णय भएको जानकारी दिनु भएको छ । भोलि बिहान ८ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रं‍गशालामा राखेर दुई बजेदेखि शव यात्रासहित आर्यघाटमा पुर्याएर अन्तिम संस्कार गरिने छ ।
यसैबीच कोइरालाको अन्तिम सं‍स्कार कस्तो तरिकाले गर्ने भन्ने विषयमा निर्णय गर्ने मन्त्रीपरिषद्को बैठक बस्दै छ ।
भने विश्वभरबाट समाजवादी नेताहरु कोइरालाको अन्तिम संस्कारमा आउने तयारी गरिरहेका छन् भने छिमेकी राष्ट्रबाट सरकारी तवरबाट समेत सहभागिता जनाउने भएका छन् ।
२००७ साल सालदेखि अनवरत रुपमा राजनीतिमा रहनु भएको शिखर पुरुष कोइरालाले नेपालका सम्पूर्ण आन्दोलनहरुमा अगुवाको भूमिका निर्वाह गर्नु भएको थियो ।
नेकपा माओवादीको शस्सत्र आन्दोलनलाई समेत शान्तिपूर्ण रुपमा टुग्याउने पहल गरी गणतन्त्र घोषणाको नेतृत्व गर्नु भएका कोइरालालाई देशले सधैका लागि गुमाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: