सिमा बेच्ने सुजातालाई भारतले सम्मान गर्ने / सुस्ता र कालापानीको विषयमा पनि भारतकै पक्षमा बोल्न विदेश सचिव मेननले आग्रह

दाङको सतवरिया क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादति र सीमा अतिक्रमणका विषयमा संसदीय समितिको टोलीले स्थलगत अध्ययन गरि प्रतिवेदन सार्वजनिक गरे पनि त्यसलाई गलत ठहर्या्उन सार्वजनिक रूपमै सीमा नमिचिएको अभिव्यक्ति दिदै हिडेकी परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उनले देखाएको भारतभक्तिको सराहना गर्दै भारतले सम्मान गर्ने समाचार प्राप्त भएको छ। भारतले कुनै पनि स्थानमा सीमा नमिचेको भनाई सार्वजनिक गरेर निकै चर्चा बटुलेकी मन्त्री कोइरालालाई सम्मान गर्न भारतले आफ्ना विदेश सचिव शीवशंकर मेननलाई नेपाल पठाउन लागेको प्राप्त समाचारमा जनाइएको छ।
विदेश सचिव मेननले नेपाल आएपछि परराष्ट्रमन्त्री कोइरालालाई सम्मान गर्नुका साथै भारतले अन्यस्थानमा मिचेको सिमानाका विषयमा पनि भारतकै पृष्ठपोषण गर्न अह्राउने योजना बनाएका छन्। भारतकै बुइ चढेर बाबुको अनुकम्पाले परराष्ट्रमन्त्री बन्न सफल मन्त्री कोइरालालाई सुस्ता र कालापानीको विषयमा पनि भारतकै पक्षमा बोल्न विदेश सचिव मेननले आग्रह गर्ने भएका छन्। नेपालको राजनीतिमा नांगो हस्तक्षेप गर्ने भारतले विदेश सचिव मेननमार्फत् आफूहरूविरुद्ध खनिएको एकीकृत माओवादीलाई असन्तोषको सन्देश पनि पठाउने भएको बुझिएको छ।
उता, दाङमा सीमा अतिक्रमण र स्थानीयबासीमाथि आक्रमणमा उत्रिएर आफ्नो घृणित चरित्र प्रस्तुत गरेको भारतले सुस्तामा पुनः १ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ भने बारामा सीमा स्तम्भ गायव बनाएको एक महिना बित्न नपाउादै भारतीय पक्षले नेपाली भूमिमा प्रवेश गरि खेतीपाति शुरु गरेका छन्। त्यस्तै कञ्चनपुरको नेपाल–भारत नाकामा भारतीय पक्षले नेपालीमाथि कुटपिट र बजारमा तोडफोड गरेका छन्। भारतीय सुरक्षाकर्मीले ब्रम्हदेव बजारमा प्रवेश गरेर तोडफोड गरि व्यापारी र प्रहरीलाई समेत कुटपिट गरेर नेपाल भारत आवतजावतमा रोक लगाएका छन्।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: