गिनिज बुक अफ दि वर्ल्ड’ मा नाम लेखाउन खगेन्द्र थापामगर इटलीमा

संसारकै सबैभन्दा होचा भनिएका २० इन्च उचाइ र ५ केजी तौलका १७ वर्षीय खगेन्द्र थापामगर ‘गिनिज बुक अफ दि वर्ल्ड’ मा नाम लेखाउनका लागि सोमबार इटली आईपुग्नु भएका छन्। उनलाई शुक्रबार पोखरामा बाजागाजासहित भव्य बिदाइ गरिएको थियो।बाग्लुङको धुल्लुबासकोट–६ का खगेन्द्रका साथमा उनका बाबु रुपबहादुर थापामगर र खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना समेत इटाली आईपुग्नु भएका छन।

रोम स्थित काठमाडौं फास्ट फुडका संचालक क्षेत्र कुमार श्रेष्ठको आमन्त्रणमा आज उक्त फास्ट फुडमा उपस्थित भई इटलीमा रहेको नेपालीहरु बिच रमाइलोका साथ भेटघाट  भएको थियो।नेपाली मात्र नभई बिदेशीहरु पनि उत्सुक्ताका साथ खगेन्द्रलाई हेर्दै फोटो खिचाउन तछाड माछाड देखिएको थियो।

..गिनिज बुकमा नामलेखाउन पुगेका खगेन्द्र थापा अन्तराष्ट्रिय समाचारको प्राथमिकतामा

विश्वका सबैभन्दा होचा मानिसका रूपमा गिनिज बुकमा नाम उल्लेख गर्नेउद्देश्यका साथ बाग्लुङका खगेन्द्र थापामगरको त्यहाँका संचारमाध्यमहरुले निकै चर्चा परिचर्चा गरेका छन् । उनी सोमबार त्यहाँ पुगेका थिए । १८ वर्षिय खगेन्द्र थापा मगरलाई त्यहाँका सन्चार माध्यमहरुले प्राथमिकता दिएका हुन । गिनिज बुकमा उनको नाम राख्नका लागि सहयोग गर्न इटलीका रेडियोकर्मीहरुको

एक समूहले सहयोग गर्ने भएको छ।सोही समूहको आमन्त्रणमा बुबा मीनबहादुर रानामगरका साथ उनी त्यसतर्फ प्रस्थान गरेका थिए । बाग्लुङ जिल्लाबाट २०६६ साल असारमा नागरिकताको प्रमाणपत्र लिएका १८ वर्षीय थापामगरको तौल हाल साढे चार किलोग्राम र उचाइ २० इन्चमात्र रहेको छ।

आफ्ना बुवाको साथमा आइतबार इटली प्रस्थान गरेका खगेन्द्रले इटलीको ‘टेलिभिजन सो’मार्फत आफ्नो दावी प्रस्तुत गर्नेछन् । गिनिज बुकमा सबैभन्दा होंचा व्यक्तिको रुपमा हाल चीनका २९ इन्चका पीङपीङको नाम उल्लेख छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: