गिनिज बुकमा नाम लेखाउन खगेन्द्र इटली तिर

संसारकै सबैभन्दा होचा भनिएका २० इन्च उचाइ र ५ केजी तौलका १७ वर्षीय खगेन्द्र थापामगर ‘गिनिज बुक अफ दि वर्ल्ड’ मा नाम लेखाउने प्रयासका लागि आइतबार इटली जाने भएका छन्। उनलाई शुक्रबार पोखरामा बाजागाजासहित भव्य बिदाइ गरिएको छ।बाग्लुङको धुल्लुबासकोट–६ का खगेन्द्रका साथमा उनका बाबु रुपबहादुर थापामगर र खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानासमेत इटाली जानेछन्। उनीहरु शुक्रबार राजधानी पुगेका छन्। हामी गिनिज बुक अफ दि वर्ल्डमा नाम लेखाउने प्रयासका लागि आइतबार इटाली जाँदैछौं, खगेन्द्रका बाबु रुपबहादुरले पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग भने- आगामी साता इटालीमा खगेन्द्रबारे अध्ययन गर्ने कार्यक्रम छ। नाम लेखाउन त्यहाँबाट लण्डन जान्छौं।नेपाल सरकारबाट खासै सहयोग नभए पनि खगेन्द्रको नाम गिनिज बुकमा लेखाउने प्रक्रियाको लागि युरो टेलिभिजनको विशेष सहयोगमा इटलीको रोममा जान लागेको उनले बताए।फ्रान्सेली दूताबासले इटाली जानका लागि खगेन्द्रसहित बाबु र प्रतिष्ठानका अध्यक्ष रानालाई भिसा दिएको थियो।

विश्वका होचा तथा कम तौल भएका खगेन्द्रसहितको टोलीलाई कास्कीका सहायक प्रजिअ देवराज ढकालले विमानस्थलमा खादा लगाएर सफलताको कामना गर्दै बिदाइ गरे। त्यसअघि पृथ्वीचोकस्थित प्रतिष्ठानको कार्यालयबाट खगेन्द्रलाई बग्गीमा राखेर निकालिएको र्‍याली नाचगान गर्दै पोखरा विमानस्थलसम्म पुगेको थियो। र्‍यालीमा खगेन्द्र अध्ययनरत् सरस्वती माविका शिक्षक तथा विद्यार्थी, प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि सहभागी थिए।

खगेन्द्रसहितको टोलीलाई नेपालको नाम उच्च राख्न सफलता मिलोस् भन्ने कामना गर्दै विभिन्न व्यक्तिले खादा लगाएर सम्मान गरे।प्रतिष्ठानका अध्यक्ष रानाले सञ्चारमाध्यमले गर्दा खगेन्द्रको नाम लेखाउने प्रक्रियाको लागि युरो टेलिभिजनले इटलीसम्म बोलाएको बताए। अहिले चीनका पिङपिङले २९ दशमलव ५ इञ्च उचाईको रेकर्डसहित विश्वकै सबैभन्दा होचा व्यक्तिका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन्।

यसअघि २२ दशमलब ५ इञ्च उचाईका भारतीय नागरिक गुल्म मोहत होचा व्यक्तिका रुपमा दर्ता भएका थिए। उनको केही वर्षमै मृत्यु भएपछि चिनका पिङपिङ नै हाल विश्वकै होचा व्यक्तिका रुपमा रहेका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: