राजधानीका सडकमा सोलार बत्ती

image

काठमाडौं, ४ फागुन

लोडसेडिङ गरिए पनि राजधानीका धार्मिक तथा पर्यटकीय केन्द्रमा बत्ती बलिरहनेछन् । लोडसेडिङका समयमा विद्युत् प्राधिकरणले सडकबत्तीका लागि छुट्टै लाइनमार्फत् विद्युत् दिएर होइन, दिनभरि जम्मा गरेको सौर्यऊर्जा प्रयोग गरेर । सरकारले एसियाली विकास बैंकको सहयोगमा काठमाडौं उपत्यकाका धार्मिक, ऐतिहासिक, व्यापारिक तथा पर्यटकीय गरी ९ वटा क्षेत्रमा सौर्यऊर्जाको प्रयोग गरी सडकबत्ती राख्ने प्रस्ताव गरेको छ ।

सडकबत्तीका लागि नवीकरणीय ऊर्जा नाम दिइएको कार्यक्रमअन्तर्गत काठमाडौंको वसन्तपुर दरबार क्षेत्र, ललितपुरको पाटन दरबार क्षेत्र र भक्तपुरको दरबार क्षेत्रमा सौर्यऊर्जाको प्रयोग गरी सडकबत्ती राखिनेछ । यसैगरी पशुपतिनाथ, स्वयम्भू, बौद्ध, ठमेल, इन्द्रचोक र न्युरोड क्षेत्रमा सौर्यऊर्जाको प्रयोग गरी सडकबत्तीको प्रयोग गरिनेछ । ९ स्थानमा एक हजार सोलार प्यानल र चिम राखिनेछ । जसका लागि २३ लाख डलर (१६ करोड ७९ लाख) लाग्ने अनुमान गरिएको छ ।

सडकबत्तीका लागि ऊर्जाको बढी खपत र महँगो भएपछि सौर्यऊर्जाको प्रयोग गर्न लागिएको हो । सडकबत्तीबापत स्थानीय निकायले प्रयोग गरेको बिजुलीको करौडौँ रुपैयाँ बक्यौता नेपाल विद्युत् प्राधिकरणले उठाउन सकेको छैन ।

नौ स्थानमा सडकबत्तीलगायतका ऊर्जासम्बन्धी कार्यक्रमका लागि एडिबीले ऊर्जा पहुँच र दक्षता सुधार योजनाको प्रस्ताव गरेको छ । ६ करोड ९५ लाख डलर -५ अर्ब ७५ लाख) को ऋण तथा अनुदान सहयोगको प्रस्ताव स्विकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । अर्थ मन्त्रालयका उपसचिव अविनाथ राईले मन्त्रिपरिषद्ले स्विकृति दिएपछि नेपाल सरकार र एडीबीबीच ऋण सम्झौतामा हस्ताक्षर हुने जानकारी दिए ।

एडिबीले ६ करोड ९५ लाख डलरमध्ये ६ करोड ५० लाख डलर -४ अर्ब ७४ लाख ४५ हजार) ऋण र ४५ लाख डलर -३२ करोड ८५ लाख) अनुदान प्रस्ताव गरेको छ । ९ करोड ३६ लाख डलर – ६ अर्ब ८३ करोड २८ लाख)को ऊर्जा पहुँच तथा दक्षता सुधार आयोजनाको बाँकी २ करोड ४१ लाख डलर भने नेपाल सरकारले व्यहोर्नेछ । एडिबीले दिने ऋण तथा अनुदान सहयोग ऊर्जामा पहुँच, स्वच्छ ऊर्जा तथा दक्षता अभिवृद्धिलगायतका कार्यक्रममा खर्च हुनेछ ।

यही सहयोग रकममध्ये जर्मन सरकारले नेपालको आर्थिक विकासका लागि दिएको ९५ करोड अनुदानमध्ये ८५ करोड ४५ लाख सौर्यऊर्जा परियोजनामा खर्च गर्न लागेको हो । यसैगरी, बत्तीमा ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत देशभरि १० लाख सिएफएल चिम वितरण गरिने लक्ष्य राखिएको छ । ऊर्जा खपत कम गर्नका लागि प्राधिकरणले अहिले देशका केही भागमा सिएफएल वितरण अभियान सञ्चालन गरिरहेको छ ।

सिएफएल चिमले साधारण चिमभन्दा ५ गुणा बढी उज्यालो दिने बताइन्छ । ऊर्जामा पहुँच कार्यक्रमअन्तर्गत काठमाडांैको चपलीमा सबस्टेसन निर्माण र मातातीर्थमा सबस्टेसनको विस्तार गरिने प्रस्ताव गरिएको छ । एडिबीले प्रस्ताव गरेको आयोजना सन् २०१४ सम्म चल्नेछ । यसैबीच विश्व बैंकले त्रिदेशीय प्रसारण लाइनमार्फत् विद्युत् सञ्जाल विस्तार गनर्ेे प्रस्ताव नेपाललाई राखेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: